काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विपद्मा परेर बेपत्ता भएका व्यक्तिहरुका परिवारलाई पनि राहत वितरण गर्ने भएको छ ।
बैमाैसमी बाढी पहिरोमा परि बेपत्ता भएका मानिसहरुका आफन्तलाई सरकारले प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले बाह्रखरीलाई सो कुराको जानकारी दिएका हुन् । बेपत्ता भएकाका परिवारलाई पनि राहत दिने निर्णय भएको उनले जानकारी गराए ।
Discussion about this post