काठमाडाैं । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको साफ च्याम्पियनसिपमा सात पटकको विजेता भारतसँग नेपाल ३–० गोलले पराजित भएको छ ।
पहिलो हाफमा नेपालले सुरुवातमा नै गोलको अवसर गुमाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै नेपालले दुई गोल खान पुग्यो ।
कप्तान सुनिल सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाए । पहिलो गोल खाएको एक मिनेटमै भारतले दोस्रो गोल ग-यो । सुरेश सिंह वाङजमले एक मिनेटपछि नै भारतको अग्रता दोब्बर बनाए ।
खेलको इन्जुरी समयमा सहाल अब्दुद समादले अर्को गोल गर्दै भारतलाई सहज जीत दिलाए । सुजल श्रेष्ठको क्रसलाई नवयुग श्रेष्ठले जाली चुमाउन सकेनन् । उता, भारतको निरन्तर आक्रमणलाई गोलकिपर किरण चेम्जोङले बचाऊ गरेका थिए ।
Discussion about this post