बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि प्रदर्शनको आयोजना गरिएको छ ।
मुस्लिमहरुको धर्मग्रन्थ कुरानलाई अपमान गरेको भन्दै बंगलादेशको राजधानी ढाकामा लगातार मुस्लिमहरुले दोस्रो दिन पनि प्रदर्शनको आयोजना गरिएको हो । प्रदर्शनमा उनीहरुले इस्लामका दुश्मनहरुलाई सजाय दिन र दोषीलाई झुण्डाउन माग गर्दै नाराबाजी गरेका थिए ।
देशका विभिन्न स्थानमा मन्दिरहरूमाथि तोडफोड र हिन्दुहरुमाथि आक्रमण भइरहेका छन् । हिन्दुहरुमाथि आक्रमण बढेपछि हिन्दु समुदायका करिब १ हजार जनाले पनि प्रदर्शन गरेका हुन् ।
शनिबार करिब १० हजार प्रदर्शनकारीहरु इस्लामिक राजनीतिक दलहरुको झण्डा बोकेर ढाकाको सडकमा उत्रिएका थिए । शुक्रबार सोही स्थानमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो ।
यता, बीबीसीका अनुसार बंगलादेशका सूचना एवम् प्रशारण मन्त्री हसन महमूदले कोमिल्लामा कुरानको कथित अपमानलाई लिएर भएको हिंसामा बंगलादेशको नेशनलिस्ट पार्टीलाई जिम्मेवार बताएका छन् ।
द गार्जियानका अनुसार पछिल्लो हिंसामा कम्तिामा ७ जनाले ज्यान गुमाइसकेका छन् । बंगलादेशमा कूल जनसंख्याको करिब ९ प्रतिशत हिन्दु रहेका छन् ।
Discussion about this post