पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ७९ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ७ हजार ७०, एन्टीजेन विधीबाट ३ हजार ८ सय ५० जनाम परिक्षण गर्दा ६ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ११ हजार १ सय ६४ पुगेको छ । आज थप १४ सय ५ जना डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको सँख्या ७ लाख ६९ हजार २ सय २४ रहेको छ ।
नेपालमा हाल सक्रिय संक्रमित सँख्या १६ हजार ८ सय ४ रहेको छ ।
Discussion about this post