काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १४ हजार ३ सय ७४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ३३ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयलका अनुसार सोही अवधिमा थप २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ।
Discussion about this post