काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२५८ रहेको छ भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ । भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ ।
हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ । हालसम्म संक्रमित निको हुने दर ९४.७ प्रतिशत रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।
नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख १८ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,५८२ पुगेको छ । कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको तथ्यांक छ ।
सङ्क्रमितमध्ये अहिले ५६४ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १५५ जना भेन्टिलेटरमा छन् । अहिले पुष्टि गरिएका सङ्क्रमितमध्ये ३३० जना काठमाण्डूमा, १८४ जना सुनसरीमा, १६० जना कास्कीमा फेला परेका हुन् । सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै देखिन्छ ।
Discussion about this post