काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेका छन् । अहिले कायम रहेका ४ जना मन्त्रीलाई बाँकी रहेको मन्त्रालय बाँडफाँड गरेको हो।
प्रधानमन्त्री ओलीले परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर प्रधानमन्त्री ओलीले अन्य मन्त्रालय मन्त्रीहरूलाई दिएका हुन्। जसअनुसार एकै मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन्। उपप्रधानमन्त्री बिष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन्।
Discussion about this post