काठमाडौं– नेपालमा थप २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ७ हजार ४६१ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ९५३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ९१० जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ८१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८९४ पुगेको छ।
Discussion about this post