नेपालमा शुक्रबार २ हजार ७ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ३७ जनामा गरिएको परीक्षणबाट २ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये आरटी पीसीआर विधिबाट ७ हजार ५ सय ६९ र एन्टिजेन विधीबाट ५ हजार ४ सय ६८ जनाको परीक्षण गरिएको थियो।
पीसीआर गरिएका मध्ये १९६३ र एन्टिजेन परीक्षण मार्फत ८०५ जनामा गरि कुल २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यस्तै शुक्रबार थप ४ हजार २० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच लाख ४९ हजार ६ सय ८२ पुगेको छ ।
थप ४४ जना कोरोना सङ्क्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । यो समेत गरि नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ६ सय ४१ पुगेको छ ।
Discussion about this post