उपत्यकामा निषेधाज्ञा थप भएको छ । संक्रमणको दर केही कम भएपनि जोखिम कायमै रहेकाले थप भएको हो । काठमाडौं, भक्तपुर र ललितपरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो । गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
थपिएको निषेधाज्ञाको केही मोडालिटी परिवर्तन भएको हो । थप गरिएको निषेधाज्ञाको मोडालिटी बमोजिम जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएका छन् । अब ११ बजेसम्म खुलाउन दिइने छ । विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढाउन दिइनेछ ।
बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय भएको छ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । सार्वजनिक सवारी साधनको हकमा पहिलाकै मोडालिटी रहेको छ । जसअनुसार जोरबिजोर प्रणाली तत्काल लागु हुने छैन । मास्क लगाएर यताउता हिँडडुुल गर्न दिइनेछ ।
व्यवासायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार पसल खुला गर्ने नयाँ नियम जारी गरिएको छ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरूका लागि समय तथा बार अनुसार खोल्न दिइने गरी तोकिएको छ ।
हेर्नुहोस आदेश
मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...
मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...
नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com
Copyright © 2021 Nepal Church. All rights reserved.
Discussion about this post