विपक्षीदल सहितका १४६ जना सांसदले दर्ता गरेको प्रतिनिधिसभा विघटन खारेजी लगायतका माग सहितको रिट माथि आज सुनुवाई नहुने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल सहित विघटित प्रतिनिधिसभाका १४६ सदस्यले परमादेश लगायतका विभिन्न आदेश माग्दै रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतमा आज दुईटामात्र इजलास तोकिएका छन् । दुवैमा सोमवार दायर भएका प्रतिनिधिसभा विघटन, संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित २८ वटा रिटको पेसी तोकिएको छैन ।
आज तोकिएका दुई इजलासमध्ये दीपक कार्की र सपना प्रधान मल्लको इजलासमा वन्दी प्रत्यक्षीकरण लगायतका ४ वटा मुद्दा छन् भने आनन्द मोहन भट्टराईको इजलासमा एउटा मुद्दा छ ।
Discussion about this post