भाषाको संरक्षण भन्ने कुरा त राम्रै हो, तर चुनौती भने उत्तिकै छ, पहिलो चुनौती त के हो भने हाम्रो मनको इच्छा नै हो। इतिहाँसको कुरो बुझ्ने जानकारहरूले गरेको अवलोकनले के भन्छरे भने भाषा परिवर्तनशिल छ । हामी बोल्ने (प्राय सबै) भाषाहरू हरेक पुस्ताले कुनै शब्दहरू छोड्दै र नयाँ शब्दहरू बिकाश गर्दै, सापटी लिंदै र प्रयोग गर्दै जाँदा परिवर्तन र बिकाश भएकै छन्। अर्कोतिर फर्केर हेर्दा, हाम्रा बाबा बाजेहरू केवल (केहि पण्डितहरू बाहेक) मौखिक शिक्षा तथा संचारको प्रणाली मा निर्भर थिए, पछिल्ल्लो समय त्यो परिवर्तन भै, मैखिक मात्र भएन, लिखित पनि हुन गयो। अहिले त झन् लिखित मात्रै होइन सूचना प्रबिधिको छुट्टै आयाम थपिएको डिजिटल (लेखाई, श्रब्य र दृश्य) छ। कता कता भाषाको बिकाश र परिवर्तन हाम्रो पुस्तालाई लतार्ने गरि भएको हो कि जस्तो भान पनि भएको छ । पहिले मौखिक शिक्षा र संचार प्रणाली हुँदा पनि भाषा परिवर्तन निकै छिट्टै नै हुन्थ्यो, पछिल्लो समयमा शाक्षरताको बिकाशले बरु भाषालाई धेरै हद सम्म स्थिर गराएको मान्नु पर्छ जस्तो लाग्छ ।
भाषा संरक्षण भएन भनेर गफ गर्ने,लेखलेख्ने, ठूलाठूला सभा गरेर समय समयमा चेतना फैलाउने पनि नराम्रो त होइन, तर यो भाषा जोगाउँ र आफ्नै भाषाको बिकाश गरौँ भनि बर्तमान परिवेशमा गफ मात्रै गरेर कुनै योगदान नदिनेहरू पनि धेरै छन् ।
एक अर्का थरि मानिसहरू छन्, जसले आफ्नो भाषामा जति सक्यो समय र मिहिनेत दिएरै सामग्रीहरू उत्पादन गर्न सुरू सुरू काम गर्छन । जस्तै: आफ्नो भाषामा बाइबल उल्था गर्ने, तालिमका सामग्रीहरू आफ्नै भाषामा उपलब्ध गराउने, आधुनिक प्रविधिको प्ल्याटफर्मको निम्ति चाहिने सामग्रीहरू आफ्नै भाषामालेख्छन, जस्तै नेपाली युनिकोड किबोर्डको बिकाश, कार्टून / टि.भी. कार्यक्रमहरू, बाल बाइबल एप, आराधनामा प्रयोग हुने मौलिक नेपाली भाषाका भजन रकोरसहरू, बालगीतहरू, एक दुइवटा भएपनि बाइबल समन्धित टिपणी र शब्दकोषहरू, आदि धेरै उदाहरणहरू छन् । त्यसैले कुरा भन्दा काम धेरै गर्नेहरूलाई सम्मान छ।
कला र साहित्य को क्षेत्रमा पनि धेरै नभएपनि, केहि कला कृतिहरू, संगीतहरू सृजना भएका छन्, सबै प्रयासहरू हेर्दा केहि गर्दै नगरेको भन्न मिल्दैन ।
अन्य उदहारणहरू पनि छन्, जस्तै: ITEEN, ICC जस्ता संस्थाहरूले सुरुगरेका अध्यन पाठ्यक्रमहरू नेपाली भाषामा नै शुरूदेखि नेपाल र नेपाल बाहिर हुने नेपालीभाषीहरूले अध्यन गरिरहेका छन् । वाईवाईमले यूनिभर्सीटि अफ द नेसन अन्तर्गत चलाउने डिप्लोमा लेवल सम्मका तालिमहरू नेपाल र भारतमा नेपाली भाषामानै गर्न सक्ने सुबिधाहरू उपलब्ध छन्, यस्तै अन्य संस्थाहरूले पनि कोशिषहरू त गर्दै छन्होला, तर धेरै जसो बाइबल स्कूल र कलेजहरू अंग्रेजी भाषामै पठनपाठन गराउने गर्छन् ।
नेपालमा लगभग ७० बर्ष लामो (सुसमाचार प्रचार गर्ने) नेपाली चर्चहरूको इतिहाँस छ, तर खासै कुनैपनि कलेज र बाइबल स्कुलहरूले नेपाली भाषामानै ब्याचलर सम्म अध्यन गराउन नेपाली भाषामा ईश्वरशास्त्रीय शिक्षाको सामग्रीहरू तयार गर्न सकिरहेका छैनन् । जुन एकदमै दु:ख लाग्दो कुरा हो । कतिपयलेखकलेलेखेका र अन्य व्यक्तित्वहरूले भाषा समन्धी टिपणी गर्दा धेरै देशका उधाहरण दिंदा फलाना र फलाना देशमा यस्तो राम्रो भाषा छ र उनीहरूका आफ्नै भाषामा शिक्षा हुन्छ भनेको पढियो, त्यो राम्रो कुराहो । त्यतिमात्र नभएर के पनि हेर्न जरूरी छ भने उहाँहरूले आफ्नो देशमा आफ्नै भाषाका सामग्री तयार पारि शिक्षा दिन कति मेहेनेत र बलिदान गर्नुभएको होला भनेर के हामीले सोचेका छौं?
अंग्रेजी भाषामा ज्ञान दिनु हुदैन भन्ने कुरा उचित होइन, तर नेपाली भाषा बुझ्ने तर अंग्रेजी भाषाको ज्ञान खासै त्यति राम्रो नभएका बिद्यार्थीहरूलाई नेपाली भाषा राम्रै बोल्न जान्ने तर अंग्रेजी त्यति राम्रो नजान्नेले सिकाउने कक्षामा कस्तो परिणाम आउँछहोला ? सोच्न जरूरी छ । समग्रमा हेर्दा नेपाली भाषा अहिलेको पुस्ता संग राम्रैसंग बुझ्न र उक्त भाषामा सिकाइएका कुराहरू सजिलै सिक्न सक्ने क्षमता देखिन्छ । तर अंग्रेजी भाषामा गहिरो गरि सिक्न सक्ने र र सिकाउन सक्ने नेपाली निकै नगन्ने मात्रामै थोरै छन्, तर डिप्लोमा स्तर सम्म पनि पूर्ण रूपमा नेपाली भाषामा शिक्षादिन सक्ने ब्यबस्था नहुनु के नेपाली भाषी चर्चहरूको लागि राम्रो कुरो होलार? अवस्यनै होइन।
नेपाली भाषी चर्चको पहिचान का प्रमुख तिन खम्बाहरू हून: १. नेपाली भाषामा बाइबल, २. नेपाली भाषामा बाइबलीय शिक्षा र ३. नेपाली चर्चको आफ्नै साँस्कृति- सान्धर्बिक बाइबलीय थियोलोजिको उपलब्धता र प्रयोग।
ल अब भाषाको मायाँ लागेकाहरूले सोचौं, हाम्रै भाषामा हाम्रो बाइबलिय शिक्षा उपलब्ध गराऔं! सामग्रीहरू तयार गर्ने सेवामा उदार भएर दिने काम गरौँ र काम गर्नेहरूलाई हौसला दिऔं, भाषामा काम गर्न सहज हुने गरि सामग्रीहरू बिकाश गर्नेहरूलाई कदर गरौँ, नेपाली भाषामै थिओलोजीकल शिक्षा उपलब्ध गराऔं!!
कोरियन, रसियन, फ्रान्सेली, स्प्यानिस, अंग्रेजी, चाइनिज, जापानिज र अन्य भाषामा कसरि सामग्रीहरू उनीहरूकै मानिसहरूले तयार पारे र उपलब्ध गराए, हामीले पनि मेहेनतका साथ् त्यस्तै गरौँ अनि हाम्रो भाषामा धेरै सहजता हुनेछ । उच्च शिक्षाको निम्ति दिएरै खर्च गरेर धेरै बाहिर जाने कुरा त के, चर्चहरूले गहिरा गहिरा ज्ञानको भण्डारहरू खोतलेर आफ्नै नेपाली बिस्वासीद्वारा आफ्ना नयाँ पुस्तालाई चेला बनाउने, तालिमहरू, र अगुवा निर्माण गर्ने उच्च शिक्षाका कार्यक्रमहरू पनि नेपाली भाषामा उपलब्ध हुनेछन।
स्मरण रहोस ! नेपाली बाइबल, नेपाली भाषामा बाइबलीय शिक्षा, र नेपाली संकृतिमा सान्धर्बिक थियोलोजीकल प्रयोग बिना नेपाली ख्रीष्टियन् चर्चको पहिचान बलियो हुनेछैन। नेपाली चर्च का पहिचानका यी तिनै खुट्टाहरू बलियो पार्न नेपाली भाषा नभईनहुने एकमात्र चाबी हो । यसको संरक्षण गरौँ ।
Discussion about this post