ललितपुर, सिनोद बाइबल स्कूलको पहिलो दीक्षान्त समारोह सम्पन्न भएको छ। २०७६ असोज २९ गते (16 Oct 2019) मा लुभू ख्रीष्टिय मण्डलीको सभा हलमा सम्पन्न भएको सो स्कूलको पहिलो दीक्षान्त समारोहमा CTH कक्षाका विभिन्न मण्डलीका ३३ जना बिद्यार्थीहरू दीक्षित भएका छन्। सो एक वर्षे CTH कक्षा भारतको मद्रासमा रहेको SYNOD PENTICOSTAL CHURCHES बाट सम्बन्धन प्राप्त छन्। सो अवसरमा प्रमुख अतिथि तथा SYNOD PENTICOSTAL CHURCHES INDIA का डाइरेक्टर Rev. K.S Thambiraj ले दीक्षान्तित सबै विद्यार्थीहरूलाई प्रमाण पत्र वितरण गर्नुभयो। उक्त कार्यक्रमा नेपाली सुसमाचारीय मण्डलीका बरिष्ठ पाष्टर चन्द्र कृष्ण श्रेष्ठले पनि दीक्षान्तित सबै विद्यार्थीहरूलाई शुभकामना तथा हौसला दिंदै यो स्कूल नेपालमा निरन्तरता होस भन्नुभयो।
उक्त कार्यक्रम काठमाडौमा रहेका विभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरूको उपस्थितिमा सम्पन्न भएको थियो। सो दीक्षान्त समारोहमा सहभागी हुन भारतबाट Rev. Mattew, Rev. J.John, Rev. Surendra, Ps. M.K Peter पाल्नु भएको थियो। Heaven TV का डाइरेक्टर Rev. Mattew ले सो समारोहमा सबैलाई उत्साहित पार्नु भई दीक्षान्तित सबै विद्यार्थीहरूलाई शुभकामना दिनुभयो। सो कार्यक्रम SYNOD BIBLE SCHOOL NEPAL का अध्यक्ष पा.प्रेमकृष्ण महर्जनले संचालन गर्नु भएको थियो साथै उहाँले BTH कक्षा छिटै संचालन हुने पनि जानकारी गराउनु भएको छ। सो तीन वर्षे BTH पढ्न चाहनेले निम्न नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्नु भएको छ।
मोबाइल: 9841224240, 01-5580896
प्रेम महर्जन
Discussion about this post