सुनिन्छ, यो समयमा संसारमा बाल बालिकाको बहुमत छ र यसको आधारमा नेपालमा पनि निश्चय बाल बालिकाको संख्या कम छैन किनकि हाम्रो देशमा धेरै बाल बालिका ५ बर्षो उमेर नपुग्दै मृत्यु हुनेको संख्या कम छैन। यसकारण दुर्इमात्र भन्ने कुरा साह्रैकमले मात्र ब्यवहारमा ल्याएका छन्।
अब इर्साई समाजको बाल बालिकप्रति जिम्मेवारी के? हामी चर्चको बाल संगतीमा धेरै बाल बालिकाहरु देख्छौं तर तिनीहरु सबै युवा संगतीमा आउँछन्? यदि आउँदैनन् भने हामी अविभावक, बाल संगतीका गुरु गुरुमाहरु, चर्चका अगुवाहरु र नागरिक समाजले केटाकेटीहरुप्रति गर्नुपर्ने वास्ता गरेका छैनौं। विज्ञहरुको अनुसन्धानमा बाल बालिकालाई प्रभु येशुको बारेमा सिकाउनु पर्ने समयको वास्ता गरेनौं।
बाल बालिकाको खुला मन हुने सुनौलो उमेर समूह ४-१४ बर्षनै हो। यही उमेर समूहमा हामीले बाल बालिकाहरुलाई प्रभुप्रति आकषिर्त गराउनु पर्छ । यो उमेर काटेपछि अरु कुराहरुले नै उनीहरुको मन भरिसकेको हुनेछ।
बाल बालिकाहरुलाई हामी दोस्रो दर्जामा राख्छौ, यो हाम्रो सारै ठूलो भूल हो। सधैं प्रथम स्थान दिनु पर्ने रहेछ, मैले पनि भरखरमा बुझ्दैछु। किन प्रभु येशुले भन्नुभएको छ “साना बाल बालिकाहरुलाई मकहाँ आउन देओ, तिनीहरुलाई नरोक किनकि परमेश्वरको राज्य यस्तैहरुको हो।”यही उमेरमा प्रभु चिनाउनु पर्छ, नत्र ढिला हुनेछ र पछुतो मात्र पर्नेछ किनकि आजको युगले बाल बालिका र युवा पुस्तालाई कता डोर्याएको छ तपाईले देख्नु र अनुभव गर्नु भएकै छ । यो काम गर्ने परमेश्वरको शत्रु पनि आफ्नो राज्यमा लान चाहन्छ । जस्तो गीतहरु, पत्र पत्रिका र समानहरुमा भएका विज्ञापनहरु, इन्टरनेटमा भएका फोटाहरुले हाम्रा बाल बालिकाहरुलाई सजिलैसँग भर्माइ दिन्छ।
यसकारण समयमै ब्यवस्ता विवरण ५: ५-७ यो परमेश्वरले कडा आज्ञाको दिनु भएको छ। यो हामीले आफ्ना छोरा छोरीलाई समय मै सिकाउँदै आफूले पनि त्यसै अनुसारको जीवन जीउनु आवश्यक छ। परमेश्वरको प्रेमको बारेमा हामीले उनीहरुलाई सिकाउनु र अर्ति दिनु अत्यावश्यक छ।
हामीले ठीक समयमा बाल बालिकालाई सिकाउन सकेनौ र उनीहरु बाहिरका वातावरण प्रति आकषिर्त भए जस्तो फलस्वरुप यूवावस्थामा पुगेपछि उनीलाई चर्च जान मन नलाग्ने अरु बढि संसारिक कुराहरुप्रति आकषिर्त हुन्छन्। जसले गर्दा आज चर्चमा युवाहरुको संख्या कम भएको छ। मैले सुनेको छु पश्चिमी देशहरुमा हजारौं जना अटाउने चर्च भवनहरु छन् तर चर्चमा संगती गर्ने ब्यक्तिहरु सय पनि पुग्दैनन्, उनीहरु पनि बुढा बुढीहरु मात्र हुन्छन्, परमेश्वरको आराधना गर्ने परमेश्वरप्रति आस्था भएका कहाँ गए युवा र बाल बालिकाहरु? किनकि हामीले उनीहरुलाई समयमा सिकाउन सकेनौं। बुवा आमाको बेमेल, कामको ब्यास्तता, भौतिक प्रशस्तता र उच्च मनोरञ्जनले नै भएको हो। यसकारण हामीहरुले जिम्मेवारी पूरा गरिरहेका छौं त? यी घटनाहरुले हामी नेपाली अभिभावक, बाल संगतीका गुरु गुरुमाहरु र चर्चका अगुवाहरुले समयमा होशियारी पगर्वक नानीहरुलाई सिकाएनौं भने पश्चिमी देश जस्तै नेपालको इर्साई जगत पनि हुदैन कसरी भन्नेर जस्तो;
१ स्तनपान नगराउने आमाहरु २ आमा बुवा नचिन्दै वालगृह बोर्डर्स् गराएर स्वतन्त्र हुन चाँहने अविभावकहरु ३ वाल वालिकालाई दोस्रो दर्जामा राख्ने चर्च अगुवाहरु।
परमेश्वरको सारै डरलाग्दो “जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ। तर जसले ममाथि विश्वास गर्ने यी सानाहरुमध्ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिन असल हुन्छ । मत्ती १८ ५ र ६ ।”
उहाँको प्रेममा,
टेक भण्डारी गोरखाः हाल ललितपूर
Republished in new layout 5/30/2013
Discussion about this post