येशूले भन्नुभयो, “बालकहरुलाई मकहाँ आउन देओ, तिनीहरुलाई नरोक। किनभने र्स्वर्गको राज्य यस्तैहरुको हो।” मत्ती १९:१४ हरेक आमा बुवाले आफ्ना बालकहरु असल होऊन भन्ने चाहना सबैको हुन्छ यसैकारण मानिसहरुले येशूकहाँ ल्याएका हुन। तर चेलाहरुले रोके, किनकी उनीहरुको बिचारमा येशूलाई किन दुःख दिने भन्ने नै हो, चेलाहरुले येशूलाई चिनेनन वा बुझेनन्। हाम्रो नेपालको परिपेक्षमा हामी सवै आमा बुवाहरुले आफ्ना बालकहरुलाई असलै देख्ने चाहन्छौं, तर कसरी असल बाटोमा हिडाउने वास्ता गर्दैनौं।
चर्चहरुमा ससाना नानीहरु आमाहरुले ल्याउन हुन्छ, तर बाल संगतीमा लैजानु हुन्न, बालकहरु स्वभावैले जिद्दीवाल हुन्छन् तर उनीहरुलाई माया गरेर सिकाउने पहिलो शिक्षिका आमा नै हुन्। खानेकुरा कहिले र कहाँ ख्वाउने, नमाने पनि समयमा खान दिनु पर्छ। हुन त हामी बुवा आमाहरुलाई पनि आराधना संगतीमा बस्न मन त लाग्छ नै, तर आफ्ना छोराछोरीहरुको लागि बाल संगतीमा उनीलाई बानी लगाउन जानु पर्छ जस्तो लाग्छ मलाई, होईन र ? चर्चमा स्तुति प्रशंसा, प्रार्थना र वचन प्रचारको समयमा पनि नानीहरु यता र उता दगुर्दा पनि प्राय आमा बुवा उठेर नानीलाई समाएको कमै मात्र देखिन्न। आफुलाई दुःख नदिएको कारण यता उता दगुर्दा पनि वास्ता नगर्नु भएको हो कि? यस्तै हो भने हामीले आफ्ना नानीहरुको वानी विगार्दै छौं है। हामीले नानीहरुको नाप्कीन फेर्ने, दुध चुसाउने, खानेकुरा दिने समयमा सोचेर गर्यौं भने उनीहरुको बानी बस्छ अरु नानीहरुसँग मिल्छन् र हामीहरुलाई पनि सजिलो हुनेछ आराधना संगतीमा बस्न पाईन्छ। कपडाहरु बजारमा बिभिन्न किसिमका प्रसस्त पाईन्छन् हामी इसाईहरुलाई सुहाउने दिनु राम्रो होला। देखासिकी गर्ने हो भने अब नाङ्गै हिड्लान् भन्ने डर छ। अनि खेलौनाहरु आज बजारमा नक्कली भए पनि पेस्तोल जस्ता हतियार किनी दिनु राम्रो होइन। नानीहरुलाई बुझाउनु हामी आमा बुवाको नै जिम्मा हो।
झन् जब तेह्र (टिन यज) प्रबेस गर्छन् उनीहरुलाई सम्हाल्न झन् गाह्रो हुनेछ यदि सानैदेखि मायासाथ अनुशासनमा राख्न सकिएको छैन भने यो उमेरमा पुगेपछि झनै समस्य नै हुनेछ। मैले देखेको छु कति आमा बुवाहरुले मुखै भन्नुभएको छ, जब म सानो थिएँ, मैले खान, लगाउन, खेल्ने खेलौना चलाउन पाईन किनकी मेरा बुवा आमासंग पैसा थिएन। आज हामीसँग छ किन हाम्रा नानीहरुलाई उनीहरुकोर् इच्छा पुरा नगरी दिने ? चलाऊ, लगाऊ, जान मन लागेका ठाउँमा जाऊ आदि आदि …. । के यो कुराले नानीहरुलाई फायदा होला ? निश्चय भएको छैन आज यस्ता छोराछोरी कुबाटो लागेका छन् प्रभुबाट टाडा छन्। खराब साथीहरुको संतगले कुबाटो, कुलतमा, र अनुशासनहिन हुन सक्छन्। यसकारण हामी आमा बुबाको जिम्मेवारी आफ्ना छोराछोरी प्रति ठूलो छ। हाम्रो स्वभाव के छ भने अरुको भन्दा हाम्रो नानीलाई स्वतन्त्रमा छोड्ने, उनीहरुकोर् इच्छानुसार खान, पहिरन, जतापनि जान दिएमा आफैलाई ठूलो सम्झन्छौं। तर यस्तो गर्दैछौं भने, आफ्ना नानीहरुलाई थाह नपाइकन सुस्त बिष पियाउँदै छौ। यो माया होइन, तर नानीहरु प्रति धोका हुनेछ। अनुशासन भनेको कुरा हालको लागि मँजाको हुँदैन, तर यसले उनीहरुलाई सहि बाटोमा हिडाउँदछ। र हाम्रा छोराछोरी समाजमा सफल साक्षि भन्नेछन्। कति इसाई जवानहरुले बाटो विराएका छन् र बिशेषगरी पाष्टर, अगुवाका नानीहरुनै प्रतिसतमा धेरै पर्छन्। किन? किनभने उहाँहरुले विगार्न त होइन, सेवाको कारण परिवारीक जीवन सफल भएन, घर परिवार भन्दा चर्चबृद्धिको लागि दगुर्दा परिवार सफल हुँदोरहेछ। यसकारण प्रभुको सेवा गर्ने अगुवाहरुले आफ्नो घर राम्रो चलाएको र छोराछोरीलाई अनुशासित बनाएको हुनु पर्ने। अरु पछि……। धन्यवाद।
टेक भण्डारी
गोरखा, हाल ल. पु. कुपण्डोल ।
Republished in new layout 5/29/2013
Discussion about this post