मेरो जीवनका केहि रहश्य तपाई समक्ष ल्याउन खोजेको छु। प्रभु येशु ख्रीष्टलाई मेरो जीवनको प्रभु स्विकार गरेको ३६ बसन्त नाघे छन्। तर म उहाँलाई मन पर्ने जीवन जिए कि जिइन उहाँलाई नै थाह छ। साँसारिक रुपमा तपाईहरुले जतिले मसँग सँगत गर्नुभएकाहरुलाई अझ बढी थाह छ। झट्ट देख्दा अलि बढि खुलस्त (रिजर्ब) नभएको देख्नुर हुनेछ। निश्चय तपाईको मुल्याङ्कन ठीकै हो, जस्तो देख्यो त्यस्तै भन्ने हो।
यसका पनि कारण छन् बाइबलमा येशुले दिनुभएको उपदेशहरु मध्ये मेरो समझमा छिट्टै आउँने पद हो, मत्ती ७:१२ मानिसहरुले तिमीहरुसँग जस्तो व्यवहार गरुन् भन्ने तिमीहरु चाहन्छौ, तिमीहरुले पनि तिनीहरुसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो। यस्तो जाने पछि कसरी खुलस्त हुने? यस्तो कुराहरु जान्दा जान्दै पनि मैले चाहेर पनि गर्न सकि रहेको छैन। मलाई काठमाडौका चर्चहरुको सेवाकाई र वातावरण हेर्न चाहेको थिँए तर सकिन कारण मलाई साथ दिने मानिसको अभाव भयो। अर्को कुरा मेरो कारणले अरुलाई बाधा पुग्ने भएको महसुस गरें। मुख्य कुरा त चर्च भवनमा जान सकिने वातावरण छैन सहायता दिन्छन्। परमेश्वरलाई धन्यवाद होस् मलाई सहायता गर्ने मित्रहरु पाएको छु। तर कहिले काहिँ धेरै बेर पर्खनु पर्ने अवस्था भएको कारण मलाई बढी समस्या दिएँ जस्तो लाग्छ र फेरि त्यस ठाउँमा जान मन लाग्दैन। यसको मतलभ घमण्ड बिल्कुलै होईन। हुन त ऐले पनि मैले संगति गरिरहेको चर्चमा मेरो लागि उपयुक्त ठाउँ छैन। तर के गरुँ प्रभुका जनहरुसँगको संगति नगरी बस्दा पानी बाहिरको माछा जस्तो लाग्छ। कसैको घरमा जानु त झन् टाडाको कुरा भयो। सेवा सँगति, विवाह मृत्यु, बिरामीको समय वा कुनै पनि समयमा जान मन लागेर पनि जान सक्दिन। यसैकारण पनि मेरो घरमा किन मानिसहरु? साथी, चर्चका प्रभुका जन वा अफिसका मित्र) आएनन् भनी भन्दिन। एक मुख्य घटना भएको छ केहि बर्षअघि, हामीले प्रार्थनाको लागि एक प्रभुका आदारणीय जनहरु बोलायौं तुरुन्तै आउनु भएन, किन फेरि सोध्यौं फुर्सद नभएको कारण आउन पाउनु भएन रे। तर यसै बिचमा मै उहाँहरुलाई बाटोमा भेटें र सोधे कहाँजादै हुनुहुन्छ, त्यसै डुलिरहेको भन्नुभयो। हाम्रोमा घरमा प्रार्थनाको लागि आईदिनोस् भन्दा फुर्सद छैन तर त्यसै घुमफिर गर्न समय छ। तर पनि उहाँहरु आउनु भएन। त्यस पछि मैले घरमा बोलाउन सकिन। यस्तो घटना पछि कसरी बोलाउने? यसमा हामीले पक्षपात गरिरहेका त छैनौं? बोलाबाला भएको व्यक्तिकोलागि कुनै पनि समय तयार रहने साधारण विस्वासीकोमा जान बोध सम्झने हो भने,आफैलाई फेरि एकपल्ट हेर्नु पर्छ कि? यसमा मेरा पनि गल्ली छन् एक जनालाई त्यस्तो गरेकोमा सबैले गर्छन् भन्ने छैन तर गर्दैनन भन्ने पनि छैन। अगुल्ठाले हानेको कुकुर बिजुली चम्कदा पनि डराउँछ भन्ने उखान लागु भएको छ। मलाई झुट बोल्नेहरुसँग नराम्रो लाग्छ। प्रभुका जनले झुट बोल्नु हुँदैन भनी जति सेवा सँगतिमा चर्को स्वरमा कराएर उफ्रे पनि व्यवहारमा गरिएन भनी केहि मतलब हुँदैन। यसकारण संगति मार् इर्साईहरु सुस्ताएका हुन्। यस्ता घटनाहरु मेरो जीवनमा धेरै घटेका छन्, यसैकारण डर लाग्छ म पनि सुस्ताउने त होइन? यस्तो दिन मेरो जीवनमा नआओस् भनी प्रभुसँग प्रार्थना गर्दैछु। घरघरमा चर्च स्थापना गरेर मात्र पुग्दैन पाष्टर हुनु सजिलो छैन, गोठालो हुनु भनेको सानो काम होइन। मेरो आदरणीय मित्रहरु हामीले कसैको मन दुखाई रहेका त छैनौं, आफैलाई जाँचौं। ठूल ठूला सेवा सम्मेलनमा वक्ता बन्ने, सँघ सँस्थाहरुको समिति वा बोर्डमा बस्न रहर छ। तर आफ्नै चर्चका साधारण विश्वासीको समस्य बुझिदिई प्रार्थना गरी उत्साह दिने समय छैन। यसकारण हामी प्रभुको असल गोठाला होऊ, ज्यामी भएर आफैलाई धोका दिने काम नगरौं। म चाँहि कहाँ छु भनी सोच्ने समय भएन र? म एकजना अगुवालाई चिन्छु उहाँको संगतिमा जाने भाईले मलाई भन्नु भयो। एकदिन चर्च गईन भने अगुवा संगति पछि घरमा आई पुग्नु हुन्छ बिना कारण चर्च गइन भने उहाँलाई के भन्ने? भनी लगातार संगतिमा गएँ र यसरी म प्रभुमा बढ्दै गएको हुँ। के म त्यही अगुवा जस्तो छु र येशु प्रभुको दोस्रो आगमनमा कसरी उत्तर दिने? मत्ती २५:४१-४६ तिमीहरुले यी सानाहरुलाई जे जती गरेनौ मलाई नै गरेनौं भन्दा म नाजवाफ हुनेछु। यस्तो हुनबाट बच्न आजै प्रभुको आज्ञानुसारको सेवा गरौं र अनन्तको राज्यमा प्रबेस गरौं। आमिन।
टेक भण्डारी
गोरखा हाल ल पु कुपण्डोल
२०६७।०५.३०
// <![CDATA[
var prefix = ‘ma’ + ‘il’ + ‘to’;
var path = ‘hr’ + ‘ef’ + ‘=’;
var addy76165 = ‘tekneepal’ + ‘@’;
addy76165 = addy76165 + ‘hotmail’ + ‘.’ + ‘com’;
document.write( ‘‘ );
document.write( addy76165 );
document.write( ” );
//–>\n
// ]]>tekneepal@hotmail.com
Republished in new layout 5/29/2013
// <![CDATA[
R// // <![CDATA[
document.write( ” );
// ]]>
Discussion about this post