११ वैशाख ०७६, ललितपुर।
नेपाल ख्रीष्टियन समाजले आज एक विज्ञप्ति जारी गर्दै महासचिव पौडेल लगायत गिरफ्तार गरिएका सबैलाई बिनाशर्त रिहाइ गर्न माग गरेको छ। विगत केही महिनादेखि देशभरि नै अल्पसंख्यक धार्मिक समुदाय, खासगरी नेपाली ख्रीष्टियन समुदायविरुद्ध सुनियोजित ढंगले विभिन्न पक्षबाट आक्रामक गतिविधिहरू भैरहेको र सोप्रति राज्य बेखबर बसिरहेको कुरामा ध्यानाकर्णण गराउँदै हिजो मिति बैशाख १० गते मंगलबार बिहान ७ बजे दाङ जिल्लाको घोराही बजारमा रहेको डोको होटेलमा बसेका यस समाजका महासचिव डिल्लीराम पौडेल लगायत गौरव श्रीवास्तव (भारतीय नागरिक), लिएन्ना सिन्क्वान्टा (अमेरिकीनागरिक), कुन्साङ तामाङ र सवारी चालकप्रमोद काफ्लेसमेत ५ जनालाई दाङ जिल्ला प्रहरी कार्यालयका एस.पी. बेलबहादुर पाण्डे स्वयम्को पहलमा पूर्वाग्रही ढंगले पक्राउ गर्नुपर्ने उचित कारण नजनाई (पक्राउपुर्जा नदिई) गैरन्यायिक थुनामा लिई अनावश्यक दुःख दिँदै व्यक्तिको धर्म तथाआस्थाको स्वतन्त्रतामाथि सोझो हस्तक्षेप गरेको घटनाले हामीलाई मर्माहत तुल्याएको छ। यस घटनाले अल्पसंख्यक धर्मावलम्बीका रूपमा रहेका हामी ख्रीष्टियनहरू समक्ष अत्यन्तै गम्भीर परिस्थिति सिर्जना भएको हुँदा सरोकारवाला सबै व्यक्ति, समुहतथा संस्था समक्ष ध्यानाकर्षण गराउन चाहन्छौँ। जारी विज्ञप्ति उल्लेख छ।
वि.पी. खनाल/धर्म तथा आस्थाको स्वतन्त्रताका लागि सांसदहरुको अन्तरराष्ट्रिय मञ्चका राष्ट्रिय संयोजक तथा धार्मिक स्वतन्त्रताका अभियान्ता प्रहरीले मानवअधिकारका न्यूनतम प्रावधानलाई कुल्चिएर प्रक्राउ पूर्जी नदिई धार्मिक समुदायको आपसी सद्भावमाथि आँच पु-याउने नियतले पूर्वाग्रही पूर्वक गैरन्यायिक थुनामा लिएको र व्यक्तिको धर्म तथा आस्थाको स्वतन्त्र अभ्यास गर्न पाउने न्यूनतम मानवअधिकारको हनन भएको धर्म तथा आस्थाको स्वतन्त्रताका लागि सांसदहरुको अन्तरराष्ट्रिय मञ्चका राष्ट्रिय संयोजक तथा धार्मिक स्वतन्त्रताका अभियान्ता वि.पी. खनालले बताउँनुभएको छ। उहाँले विश्वव्यापी मानवधिकारको विपरित विदेशी नागरिकलाई आफनो धर्म मान्ने समुदायको विचमा संलग्न भएकै आधारमा देश निकाला गर्ने सम्मको प्रयासलाई मानवअधिकारको उल्लङघनको भएको बताउँनुभयो।
निरोज तोलाङे
Discussion about this post