काठमाडौं- मिति २०७५ फागुन १० गते शुक्रवारका दिन उपत्यकाका आदरणिय पाष्टर तथा अगुवाज्युहरू बेथशालोम मण्डली पुतली सडकमा रेभ.पा. डा.सिमोन पाण्डे ज्युको संयोजकत्वमा भेला भएको थियो। रेभ.पा.डा.सुन्दर थापाज्यु द्वारा शुरूको प्रार्थाना गरिएको थियो। यसपालिको पुनरूत्थान महाेत्सव भव्यताका साथ काठमाण्डौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा मनाउने सर्वसहमतिबाट निर्णय गरिएको छ। उपत्यकामा रहेका सम्पूर्ण मण्डलीहरू सदस्य रहने गरि तीनवटै जिल्लाको समिति गठन पनि आज नै गरिएको छ। सबै समितिको एउटा मूल समिति हुने उक्त मूल समितिको अध्यक्ष रेभ.पा. डा.सिमोन पाण्डे ज्युलाई आज नै सर्वसहमतिबाट पारित गरिएको छ । उक्त मूल समिति पुर्ण गर्नका लागि फेरि अध्यक्षले तीनै जिल्लाका समितिबाट समाबेस गराई मूल समिति गठन गरिने जानकारि पनि दिनुभएको छ। आजको बैठक पा. सामुएल कार्थक ज्यु द्वारा प्रार्थना गरि समापन गरिएको थियो।
-पास्टर पदम पराजुली, ललितपुर।
Discussion about this post