चर्चको नेतृत्व र निर्णायक भूमिका र शासन प्रशासन कसले गर्छ, वा गर्नुपर्छ ? एक सर्वोच्च धर्माधिकारीले जसबाट सम्पूर्ण अख्ितयार तल बग्दछ, वा चुनिएका धर्माधिकारीले जो अाफूलाइ चुन्न एल्डर बोर्डप्रति उत्तरदायी हुन्छन्, वा सम्पूर्ण चर्च समुदायले मत बहुमतका अाधारमा ? यो प्रश्न इतिहासदेखि नै विभिन्न रूप उत्तरित हुँदै अाएको छ । झट्ट हेर्दा दर्जन जति प्रशासन र नेतृत्वका रूप देखिए तापनि, सारमा ती यी तीनमध्ये स्पष्ट रूपमै कुनै एक वा कम्तिमा एकको बाहुल्यता रहने पद्दतिमा पर्दछन् भन्ने मान्यता बहुधा प्रचलित छ ।
खासगरी, अाज नेपालका चर्चहरूका अगुवाहरूको गुनासो कि चर्चका सदस्यहरू चर्चको हित र वृद्धा ध्यान दिँदैनन् वा खासै चास राख्दैनन्ः यो या त उक्त अगुवाले अाफूलाइ चर्चको एक मात्र सर्वेसर्वा वा चर्चको शिक्षाभन्दा बढी अार्थिक भाैतिकसमेतको जिम्मेवार वा पुस्ता हस्तान्तरणसम्म सोच्न भ्याइसकेकाले हुनसक्छ, भने अर्कोतिर अाम चर्च परिवारले पनि यसलाइ एक पास्टर वा उनको परिवारको पारिवारिक एन्टरप्राइजका रूपमा नै देखेकाले हुनसक्छ । यसका बारेमा बहसका लागि नभएर, चर्चकै सुरक्षाका लागि, व्यक्तिको अनावश्यक बोझ हटाउनका लागि , अनि बाइबलीय शिक्षा संरचनाअनुरूप बन्नका लागि केही अध्ययन अावश्यक हुन्छ । यस्तो बहस चलाउने हो कि ?
चर्च प्रशासानका बारेमा समग्रमा तीनवटा मत रहेका मान्न सकिन्छः जटिल माथितल संरचना हुने एपिस्कोपल पद्दति, चर्चले चुनेर पठाएका र अख्ितयार दिएका तर चर्च कमिटी र अन्त्यमा समग्र चर्च समुदायप्रति उत्तरदायी प्रेस्बिटेरियन पद्दति, वा सम्पूर्ण चर्च नै मतदान अादिद्वारा प्रत्यक्षरूपमा सहभागी हुने कन्ग्रिगेसनल पद्दति ।
माथि दुइ जना अगुवाहरूको रोचक सम्वाद सुन्नुहोस् । एल्डरहरूको अख्तियार उनीहरू अाफैमा छैन, वचनबाट, वचनमा छ, यसकारण वचनबिनाको एल्डरको कल्पना न.क.मा छैन । एल्डरहरूको समूह विधायिका होइन जसले अाफैँले नीतिनियम बनाअाेस्, तर न्याय परिषद् हो जसले दिइसकिएको नियम सम्विधानअनुसार व्याख्या गरेर निर्णय गरोस् । भन्नाले चर्च लोकतन्त्र वा बहुलवाद होइन, न ता इश्वरको नाममा राज गर्ने एक व्यक्तिको शासन हो । यो त सम्विधानअनुसार शासन गर्ने केन्द्रित पद्दति होः व्यक्तिको होइन, नता समुदायको संख्याको बलमा, तर नियम कानुन विधान सम्विधानका अाधारमा । अर्थात् यो कताकता अदालत वा योग्य ठानी चुनिएका र सोहीअनुरूप अख्तियार दिइएका दक्ष न्यायधीशहरूको समूहको नेतृत्व जस्तो हो । चुनाैती भनेको चाहिँ के एल्डर समूह वा समग्र चर्च परिवार त्यो विवधान सम्विधानमा साक्षर छ ? बाइबल पढ्न र व्याख्या गर्न सक्षम छ त ?, भन्ने मात्रै हो ।
शिक्षा दिनेहरूको लागि माथिल्लो स्तरमा न्याय छ, हो । तर यसको अर्थ उनीहरू सबै थोकका लागि जिम्मेवार बनाइन्छन् भन्ने छैन । कसैले सही सत्य शिक्षा पाएर पनि पालन गर्दैनन भने, नेतृत्व त्यसका लागि दोषी बनाइन सकिँदैन । अनि नेतृत्व नै हरेकको अात्माको मूल गोठालो होइन, मुल गोठालो मुनिका गोठाला मात्रै हुन् ।
Discussion about this post