• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

असफल अन्त हुने अगुवाहरु

by Tek Bhandari
June 2, 2013
in Articles

बाइबलका केही व्यक्ति जीवनको अन्त असफल भोग्ने अगुवाहरु जसलाई परमेश्वरले मन पराएर उनीहरुलाई प्रशस्त आशिष दिनु भएको थियो। तर उनीहरुले जीवनको मोडहरुमा परमेश्वरलाई बिर्सेर उहाँको आज्ञालाई पालन गरेनन् वा हुनु पर्ने भन्दा खुल्ला भए जसको कारण उनीहरुको अन्त सुखद भएको देखिएन। कोही चाँही मेरो जीवनभरी ठिक छ मेरो शेस पछि जे सुकै होस् भन्ने छन् भने कोही सम्झाउँदा पनि नमाने पछि अथाक भएर जसको पछि लाग्ने इच्छा छ लाग भनी मरे।

यसलाई पनि सफल भन्न सकिएन। मोशा जसलाई परमेश्वरले आफ्ना प्रजालाई दासत्वको मुलुक मिश्रदेशबाट निकाल्नलाई ४० बर्ष मिद्यान देशमा तालिम दिएर बोलाउनु भएको थियो र उनको धेरै जसो कार्य सफल भयो। किनकी “मोशाचाहिँ पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए।” (गन्ती १२:३)। यस्तो व्यक्तिको पनि अन्त चाहिँ असफल भयो। जुन प्रतिज्ञाको मुलुक आँखाले मात्र देख्यो तर आफु जान पाएन। जस्तो परमेश्वरले भन्नुभयो। “तब परमप्रभुले तिनलाई भन्नुभयो, तेरा भावी सन्तानलाई दिनेछु, भनी मैले अब्राहाम, इसहाक र याकुबसित शपथ खाएर प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई यो तेरै आँखाले हेर्न दिएँ, तर तँ त्यहाँ जान पाउनेछैनस्।” (व्यवस्था ३४:४)। हाम्रो दृष्टिकोणमा एकदम सानो गल्ती जस्तो लाग्छ तर परमेश्वरले त्यसलाई सानो भनी दिनु भएन। चट्टानलाई हुकुम गर भन्दा, मोशाले परमेश्वरले भने जस्तै हुकुम गरेन तर हिर्काए। जसको कारणले उनीहरुलाई प्रतिज्ञाको देशमा पुर्याउन पाउनेछैनौ भनी दिनुभयो, (गन्ती २०:८,११,१२)।

अर्का व्यक्ति यहोशू जसलाई मोशाको पछि नियुक्त गरिएको अगुवा हुन्। जो पुर्णरुपले परमप्रभुमाथि भरोसा गर्ने अगुवा थिए। र भन्नुभयो, “व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नु, र तेरा सबै मार्गहरुमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।” (यहोशू १:८)। यस व्यक्तिले कति कुरा सफल गरायो तर जीवनको अन्तमा दिएको सन्देशमा भने, “तर यदि परमप्रभुको सेवा गर्न तिमीहरुलाई मन पर्दैन भनेता तिमीहरुले कसको सेवा गर्ने आजै तिमीहरुले रोज, कि तिम्रा पिता पुर्खाहरुले यूफ्रेटिस नदी पारि पुजेका देवताहरु कि तिमीहरु अहिले बसेको देशका एमोरीहरुका देवताहरु। तर म र मेरा घरानाले परमप्रभुकै सेवा गर्नेछौ।” (यहोशू २४:१५)।एउटा अगुवाले आफ्ना जनहरुलाई तिमीहरु जता जान्छौं जायो तर म र मेरा परिवारले परमप्रभुको नै सेवा गछौर्ं भन्नु सफल अगुवाको कु्रा भएन। आफुले शुरुदेखि विस्वास र भरोसा गरेको परमेश्वरलाई उनलाई परमेश्वरले दिएको जिम्मेवारी सबै पुरा गर्न सकेन अझ अन्तिम समयमा परमेश्वरका जनहरुले उहाँलाई छोडेर अन्य देबी देवताको पछि लागे। तिनीहरुलाई फर्काउन सकेनन् र एउटा नैरास्यपूर्ण उपदेश दिए।

अर्को व्यक्ति हुन् शिमशोन जसले आफ्नो शक्ति के मा छ? र म कसरी जिउनपर्छ भनी जानेर पनि बेवास्ता गरेको कारण वा घमण्डले हो, आफ्नो गुप्त कुरा बताएको कारण जीवन कष्टकर पिडा दायिक भएर अन्त भयो। यसकारण आफ्नो गुप्त कुरा तिनले त्यसलाई भनिदिए। तिनले भने, “मेरो कपालमा कहिल्यै छुरा लागेको छैन, किनभने जन्मैदेखि परमेश्वरको निम्ति अलग गरिएको म एक नाजिरी हुँ । यदि मेरो कपाल खौरियो भने मेरो बल मबाट गइहाल्नेछ, र म अरु मानिसजस्तै निर्बल हुनेछु।” (न्यायकर्ता १६:१७) यसकारण उनको यहि कुराको कारण, “तब पलिश्तीहरुले तिनलाई पक्रे, र तिनका आँखा निकालिदिए, र गाजामा ल्याए। त्यहाँ उनीहरुले तिनलाई काँसाका साङ्लाहरुले बाँधे, र झयालखानमा जाँतो पिँध्न लाए।” (न्यायकर्ता १६:२१) एकजना महिलाको प्रेममा फसेर पाएको कष्ट थियो यो। परमेश्वरले उनलाई उहाँका जनतालाई तिनीहरुका शत्रुहरुका पञ्जाबाट छुटकारा दिलाउन भनि नियुक्त गर्नु भएको अगुवा थिए शिमशोन। शिमशोन बीस बर्षम्म इस्रायलका अगुवा भए। “तिनले आफ्ना हात मन्दिरलाई थामेका ती दुइ बीचका मूल खम्बामा लगाए, अनि दाहिने हात एउटामा र देब्रे हात अर्कोमा बलियो गरी राखेर, तिनले भने, “मलाई  पलिश्तीहरुसँगै मर्न दिनुहोस्।” तब शिमशोनले आफ्नो सम्पूर्ण शक्ति लगाएर ठेले, र  मुखियाहरु र त्यसमा भएका सबै मानिसहरुमाथि मन्दिर ढल्यो। यसरी तिनले आफु मर्दा बाँचेको समयभन्दा धेरै मानिसहरुलाई मारे।” (न्यायकर्ता १६:२९,३०) यसरी तिनले आत्माहत्या गरी मरे। अर्को महिलाहरुको पछि लागेर आफ्नो जीवनको अन्तिम समयमा परमेश्वरलाई त्यागेको देखिन्छ जो हुन सोलोमन राजा, जो राजा नियुक्त भए पछि परमेश्वरसँग भने, “अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईको यो ठूलो प्रजालाई शासन गर्न को सक्छ र? ” (२ इतिहास १:१०) भनि बिन्ति गरे तर परमेश्वरले “बुद्धि र ज्ञान तँलाई दिइनेछन्। अनि म तँलाई यस्तो धन सम्पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्।” (२ इतिहास १:१२) उनले धेरै ज्ञानी राजा थिए जसले हितोपदेश, उपदेशक जस्ता पुस्तकहरु लेखेर आफ्नो ज्ञानको प्रतिभा देखाएँ जुन परमेश्वरले तिनलाई दिनुभएको थियो। तर उनको जीवनको अन्तिम समयमा सोलोमन राजाले धेरै विदेशी स्त्रीहरु, मोआबी, अम्मोनी, एदोमी, सीदोनी र हित्ती स्त्रीहरुसित प्रेम गरे। तिनीहरु ती जाति जातिहरुका थिए, जसका विषयमा परमप्रभुले इस्राएलीहरुलाई भन्नुभएको थियो, “तिमीहरुले तिनीहरुसित पारस्परिक विवाह गर्नुहुँदैन, किनभने तिनीहरुले निश्चय नै तिमीहरुका हृदय तिनीहरुकै देवताहरुतिर बहकाउनेछन्।” तर पनि सोलोमन तिनीहरुप्रति प्रेममा ज्यादै मोहित भए। तिनका सात सय राजकुमारी पत्नी र तीन सय उपपत्नीहरु थिए, र तिनीहरुले तिनको हृययलाई बहकाइदिए। सोलोमन बृद्ध हुँदा तिनका पत्नीहरुले तिनको मन अरु देवताहरु तर्फफर्काइदिए, र तिनका आफ्ना पिता दाऊद झैं सम्पूर्ण रुपले परमप्रभु आफ्ना परमेश्वरका भक्त भएनन्। तिनी अश्तोरेत देवी, मोलोख देवता, कमोश देवता र डाँडामा पूजा गर्ने थान बनाएर पूजा गरे। यसरी सोलोमन राजाले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो, त्यही गरे। (१ इतिहास ११:१-८)

अर्का व्यक्ति हुन्, हिजकिया राजा उनले पनि जीवनमा राजा भएपछि धेरै सुधारको काम गरे। सबै अन्य देवी देवताका मुर्तीहरु पूरै हटाएर परमप्रभुको मात्र सेवा गर्नुपर्छ भने। आफे विरामी हुँदा यसरी परमप्रभुलाई प्रार्थना चढाए। “हे परमप्रभु, सम्झना राख्नुहोस्, म तपाईको सामुन्ने कस्तो विश्वास र सम्पूर्ण हृदयको भक्तिसाथ हिँडेको छु, र तपाईको दृष्टिमा जे असल छ त्यो गरेको छु।” अनि हिजकिया धुरुधुरु रोए। (२ इतिहास २०:३) यस्तो भन्न सक्ने राजाले आफ्नो सम्पूर्ण कुरा बेबिलोनका राजदूतहरुलाई देखाए। यशैया अगमवक्ताले सोधे, “उनीहरुले तपाईको राजमहलमा के के देखे त हिजकियाले भने, “उनीहरुले मेरो राजमहलमा सबै कुरा देखे। मेरा भण्डारमा भएको मैले उनीहरुलाइ नदेखाएको कुनै पनि थोक छैन।”तब यशैयाले हिजकियालाई भने, “परमप्रभुको वचन सुन्नुहोस्, समय निश्चय नै आउनेछ, जब तेरो घरमा भएका सबै थोक, र आजको दिनसम्म तेरा पिता पुर्खाहरुले थुपारेका सबै कुरा बेबिलोनमा लगिनेछन्। एउटै कुरा पनि छोडिने छैन, परमप्रभु भन्नुहुन्छ। तेरा केही सन्तानहरु, तेरै हाड र मासु, जो तँबाट जन्मनेछन्, तिनीहरु लगिनेछन्। अनि बेबिलोनका राजाको राजमहलमा तिनीहरु नपुंसक बनाइनेछन्।” हिजकियाले भने, “तपाईले भन्नुभएको परमप्रभुको बचन असलै छ।” किनभने तिनले बिचार गरे, के मेरो जीवनभरि त शान्ति र सुरक्षा हुनेछैन र” (२ राजा २०:१५-१९) राजा हिजकिया स्वार्थी भएको देखिन्छ, किनभने उनले मेरो जीवनभरि शान्ति सुरक्षा हुने नै छ। मेरो शेसपछि जे सुकै होस् भनिएको देखिन्छ। एक असल अगुवाले असल बाटो देखाएर छोड्नु पर्दथ्यो। तर आफ्नो जीवनकालमा ठिक भए पछि जे सुकै होस् भन्नु हुँदैन एक अगुवाले।

धन्यवाद

टेक भण्डारी

गोरखा हाल ललितपुर कुपण्डोल

पो वा नं. ३१५५

काठमाडौ, नेपाल।

  Republished in new layout 5/28/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In