• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सिर्जनशील बालविकास कार्यक्रम (सी.सी.डी.पी.) को छैटौं वार्षिक साधारणसभा

by NC Reporter
September 24, 2018
in News & Events

 पोखरा १५, टुटुंगा

यही असोज ३ गते टुटुंगास्थित सिर्जनशील बालविकास कार्यक्रम (सी.सि.डि.पी.) को छैटौं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अष्टेलियन नागरिक रोविन मार्क कम्बेल, कास्की जिल्ला बाल कल्याण केन्द्रीय समितिका सदस्य डा. राजेन्द्र गौतम, संस्थाका अध्यक्ष धनु गिरी, प्रमुख अतिथि वडा नं. १५ का वडाध्यक्ष प्रकाश पौडेलले बोलेका थिए। डा. राजेन्द्र गौतमले बालबालिकाको क्षेत्रमा सी.सी.डी.पी. ले गरेको पारदर्शी र जवाफदेही कामबाट आफू निकै प्रभावित भएको बताए। विधवा, अनाथ, गरिब अनि बेसहाराहरुको सेवा गर भन्ने आस्थाको निर्देशनअनुसार संस्था चल्न सकेकोमा खुसी व्यक्त गरे। त्यस्तै वडाध्यक्ष प्रकाश पौडेलले सिर्जनशील बालविकास कार्यक्रमलाई आफूले नजिकबाट देखेको बताउँदै यस संस्थालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे।

सिर्जनशील बालविकास कार्यक्रमका संस्थापक निर्देशक शंकर पन्थले संस्थाको परचिय दिँदै संस्थाको उद्देश्य गरिबीको कारण अफ्नो घर परिवारले पढ्न पठाउन नसकेका बालबालिकाहरुलाई औपचारिक शिक्षा आर्जन गर्न सहायता पुर्याउनु भएको बताए। संस्थाको उद्देश्यमाथि थप प्रकाश पार्दै उनले भने— “स्थापना कालदेखि नै संस्थाको उद्देश्य आर्थिक विपन्नताको कारणले वा अन्य कारणले घरमा रहेर स्कूल जानको लागि आवश्यक शैक्षिक सामग्री, विद्यालय पोशाक र अन्य शैक्षिक शुल्क उपलब्ध गराई पढ्न जान अभिप्रेरित गर्ने र परिवारले संरक्षण दिन नसकेका र परिवार भएर पनि स्कुल पढ्न जान नसक्ने बालबालिकाहरुलाई आवासीय सहायता उपलब्ध गराई शिक्षा आर्जन गर्न सहायता पुर्याउने उद्देश्यबाट प्ररिति भएर हामी काम गरिरहेका छौं।” संस्थाकी कार्यालय व्यवस्थापक विष्णु पन्थका अनुसार यस संस्थाले स्थापना कालदेखि हालसम्म देशका विभिन्न २१ वटा जिल्लामा २५१ जना बालबालिकाहरुलाई शिक्षा आर्जनको लागि सहयोग पुर्याएको छ जसमध्ये ३२ जना बालबालिकाहरुले आवासीय सहायता पाउन सकेका छन् र ८ जना बालबालिकाहरुले एस.ई.ई.÷एस.एल.सी. सकेर उच्च तहको शिक्षा हासिल गर्ने क्रममा रहेका छन्। केही भने आफ्नो खुट्टामा उभिएर जीवन सञ्चालन गर्ने भइसकेका छन्।

सिर्जनशील बालविकास कार्यक्रमको स्थापना अनौपचारिक रुपमा सन् १९९९ अर्थात् २०५६ सालमा ३ जना आर्थिक विपन्न परिवारका बालबालिकाहरुलाई पढ्नका लागि आंशिक छात्रवृत्ति प्रदान गरेर सुरु गरिएको थियो। औपचारिक रुपमा २०६९ साल चैत्र १८ गते विधिवत रुपमा दर्ता कार्य पूरा गरी आफ्नो लक्ष्यमा अगाडि बढिरहेको छ। संस्थाको बालगृहमा हाल १६ जना बालबालिकाहरु कक्षा ३ देखि प्लस टु सम्मको अध्ययनमा छन्।

कमल पोखरेली

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In