• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सि. सि. बि. एन. एन द्वारा अायाेजित गैरसरकारी संस्थाहरूको सम्मेलन सम्पन्न

by NC Reporter
June 28, 2018
in News & Events

असार १२,  मंगलबार,

ललितपुर

सरकारी निकायमा चर्चको सम्पत्ति दर्ता गर्दाका लभा तथा जोखिमहरू विषयक एक दिने अन्तरकृयात्मक गोष्ठी यही असार १२ गते मंगलबार ललितपुर खरिबोट स्थित हान कुक इनमा सम्पन्न भएको छ । नयाँ नेपाल निर्माणमा ख्रिष्टियन प्रतिबद्धता नामक अभियानको अयोजना गरेको उक्त गोष्ठीमा मुख्यत राजधानी लगायत देशका विभिन्न भागबाट मुख्य डिनोमिनेसन तथा अभियानहरूका अगुवाहरू, पास्टरहरू तथा दिग्गज व्यक्तित्ववहरूको सक्रिय सहभागित रहको उक्त कार्यक्रममा समसामयिक कतिपय विषयहरूको समेत चर्चा भए तापिन, मुख्य रूपमा निर्धारित मुद्दामै गहन अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको बारेमा संयोजक डा. महेन्द्र भट्टराइले संक्षिप्त कार्यक्रमको संरचना र उदेश्यको बारेमा परिचयसहित सहभागीहरूलाई स्वागत गर्नुभयो भने समर्पणको प्रार्थना डा. सिमोन पाण्डेले गर्नुभयो ।

त्यसपछि पा. डा. मंगलमान महर्जनले रोमी १३:१-७ बाट अख्तियारवाला र शासकहरू सबैको भलाइ सुरक्षाका लागि परमेश्वरबाट नियुक्त गरिएका हुन्, तर उनीहरूले सबैलाई न्यायोचित रूपमा व्यवहार नगर्दा इसाइ समुदायलाई गाह्रो भएको हो, भनी स्पष्ट पार्नुभयो । त्यसैगरी १ तिमोथी २:१-५ बाट पनि शासकहरूका लागि प्रार्थना गर्नु हाम्रो कर्तव्य हो । वास्तवमा अदालत प्रहरी प्रशासन त अन्याय, गलत काम गर्नेहरू निम्ति हुन्, असल मानिसहरूका लागि होइन । तर सरकारले अन्यायी वा परमेश्वरको धर्मी व्यवस्थाको विरूद्धमा कानुन बनायो भने, त्यसको पालन गर्न हामी बाध्य छैनौँ । खराबी गरेर होइन तर असल गर्दागर्दै पनि दुःख पाउनु रमाहटको कुरा हो । सरकारलाई कर तिर्नुपर्ने भएमा, कर तिर्नुपर्छ, परमेश्वरको आज्ञाको विपरित नगएसम्म सरकारी व्यवस्था पालन गर्नपर्छ भनी बताउनुभयो ।

डा. बालकृष्ण शर्माले कार्यपत्र प्रस्तुत गर्नुभयो भने प्रेस्बिटेरियन अलाएन्सका पा. एन. बि. क्षेत्रीले अफ्नो डिनोमिनेसनमा चर्चको सम्पत्ति व्यवस्थापनको अनुभव राख्नुहुँदै, सरकारको शरणमा परेर ढुक्क हुन नसकिने कुरा बताउनुभयो । त्यसपछि नेपाल मेथोडिस्ट काउन्सिलका अध्यक्ष पा. खड्ग मगरले व्यक्तिगत रूपमा संस्था र चर्चको सम्पति राख्दा जोखिम हुने ठानी २०५८ देखि नै संस्था, स्कुल दर्ता गर्दा समस्या नभएको, हाम्रो व्यक्तिगत एप्रोचमा भर पर्छ भनी बताउनुभयो ।

एफएनसिएनका महासचिव पा. पदम पराजुलीले तीनवटा संस्थाको क्रमश इतिहास चर्चा गर्दै, हाम्रो माझमा एकता नभएर सरकारले हाम्रो कमजोरी थाहा पाएर यो समस्या उत्पन्न भएको हो भनी महासंघ इसाइ जगतको हक हितका लागि महासंघ काम गर्छ भनी एकताको विषयलाइ जोड दिनुभयो । तर उहाँको आशय र जोड अलि विषयान्तर भयो कि भन्ने सहभागीहरूका प्रश्न र प्रतिकृयाले जनाउँथ्यो ।

इभान्जेलिकल होलिनेस चर्चबाट पा. इशुजंग कार्कीले अफ्नो संस्था र चर्चको अनुभव बाँड्दै, संस्थागत रूपमा सम्पत्ति राखिएको, चर्चको सम्बन्धमा व्यक्तहरूका माझमा समझदारी पत्रतयार गरेर राखिएको, तर कतिपय ठाउँमा समस्या विवाद उत्पन्न भएको बताउनुभयो । उहाँले आफू एक सरकारी सुझाव समितिमा रहँदा गुठी,  चर्च वा धार्मिक आयोग वा समिति गठन हुनुपर्छ अनि समाधीस्थल, बाइबल कलेज, र चर्चको सम्पत्तिका बारेमा पनि सुझाव दिएको बताउनुभयो । चर्चको सम्पत्ति सामूहिक सम्पति ठानेर पहल गरौँ । हामीले खास चाहेको के हो, त्यो सरकारलाइ भनैँ ।  पास्टर अगुवाले व्यक्तिगत यो हो, चर्चको सम्पति यो हो भनी सरकार, स्थानीय निकाय, वडामा जानकारी दिउँ, उहाँको सल्लाह थियो ।

एनसिएफएनका अध्यक्ष पा. हनोक तामाङले एनसिएफएन तथा अफ्नो आराधना चर्च पनि एनजियोको रूपमा दर्ता भइ, सबै अडिट दुरूस्त राखी बुझाउँदा कुनै समस्या नभएको कुरा बताउनुभयो । साथमा एनसिएफएनका पूर्वअध्यक्ष डा. सिमोन पाण्डेले पनि एनसिएफएन दर्ता गर्दाको समय साथै अगिपछिको इतिहास संस्मरण गर्दै, अनुकूल प्रावधान अएहुन्थ्यो भनी आशा राख्नुभयो ।

एनसिएफएनका पूर्वमहासचिव पा. डा. नारायण महर्जनले देश सेक्युलर भइसक्दा पनि चर्चको सम्पति निजी स्वामित्वमै रहँदा चित बुझेको छैन, खिलराज रेग्मीको प्रधान मन्त्रित्वको पालामा धार्मिक कानुनको माग गर्यैँ । मुनाफा वितरण नगर्ने कम्पनी अन्तरगत पनि चर्च दर्ता गर्न सकिन्छ भनी बताउनुभयो । एनजियो भन्दा बढी सान्दर्भिक, तर किन चर्चले यो विधि नअपनाउने त ? उहाँको प्रश्न थियो ।

पा मुकुन्द शर्माले गुठी, गुठी संस्थान तथा पछिल्लो समयमा आएको गुठी सम्बन्धी कानुको बारेमा प्रकशा पार्नुभयो भने अन्त्यमा सरकारी निकायमा चर्चको सम्पत्ति दर्ता गर्ने बारेमा विकल्पहरूको सारांश प्रस्तुत गर्दै, एकभोकेट्स फर द नेशनका संस्थापक अधिवक्ता गणेश श्रेष्ठले  अहिलेका तीनवटै विकल्पका आआफ्नै सरलता र जटिलता छन् भन्ने कुरा स्पष्ट पार्नुभयो ।

अन्त्यमा, यतिका अगुवा र विशेषज्ञहरूको भेलाबाट अब यस विषयलाई निष्कर्षमा लैजानुपर्छ, तर सिसिबिएन त अभियान मात्रै हो, संगठन होइन, यसकारण एउटा कार्य समितिको खाँचो महसुस गरिएको हुँदा सोहीअनुरूप अगि बढ्ने निर्णयसहित केही बुँदागत घोषणा जारी गर्दै उक्त एक दिने सम्मेलन समापन भयो । स्मरण रहोस्,  सिसिबिएनका लागि डा. महेन्द्र भट्टराईले उक्त सम्मेलनको सञ्चालन र सहजीकरण गर्नुभएको थियो भने, विभिन्न अगुवाहरूबाट विचार तथा कार्यपत्र प्रस्तुत गरिँदा हरेकको लागि एक एक जना अगुवाले मोडरेसनको काम गर्नुभयो भने प्रस्तुत विचारको टिपोट पनि लिने काम भएको थियो । समग्रमा, चर्चका समायिक विषयलाइ उठान गरिएको उक्त सम्मेलन अत्यन्तै सकारात्मक, उपलब्धीमूलक तथा अन्तरकृयात्मक रहेको टिप्पणी देशका विभिन्न भागबाट आउनुभएका अगुवा तथा सहभागीहरूको रहेको थियो ।

विदुर अधिकारी

 

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In