• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

असल छिमेकी नेपालद्वारा चौथो विद्यालय हस्तान्तरण

by NC Reporter
May 28, 2018
in News & Events

श्रीनाथकोट गोरखा
जेठ ७ गते श्रीनाथकोटमा जनकल्याण माविको १६ कोठे पक्की भवन पुनिर्निर्माण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पोखरेली ख्रीष्टिय समुदायको सामाजिक अंग असल छिमेकी नेपालले गोरखा पुनिर्निर्माणको क्रममा श्रीनाथकोटमा निर्माण गरेको यो चौथो विद्यालय हो । असल छिमेकी नेपाल यस्तो संस्था हो जसले राहत वितरण तथा पुननिर्माणको काममा सुरुदेखि नै सरकारको एकद्वार नीति अवलम्बन गर्दै सरकार र लक्षित वर्गसँग काँधमा काँध मिलाएर काम गरिरहेको छ ।

विद्यालयको मुख्य शिलालेख अनावरण तथा विद्यालय भवनको उद्घाटन प्रमुख अतिथि प्रदेश ४ का भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेत तथा केएचडब्लू ग्लोबल केयर जर्मनीका प्रतिनिधिबाट सम्पन्न भयो । विद्यालय ब्लकको शिलालेख अनावरण प्रदेश ४ का सांसद प्रकाशचन्द्र दुवाडी, जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदी, सिरानचोक गाउँपालकिाका अध्यक्ष राजु गुरुङले गरेका थिए । मुख्य दाता संस्था केएचडब्लू ग्लोबल केयरका प्रतिनिधि तथा पोखरेली ख्रीष्टिय समुदायका अध्यक्षबाट भवनको चावी हस्तान्तरण गरिएको थियो । केएचडब्लू ग्लोबल केयरका प्रतिनिधि, असल छिमेकी नेपाल बोर्ड र बाल सेवा नेपालका अध्यक्ष रामचन्द्र तिमोथीद्वारा पुस्तकालय कक्षको उद्घाटन गरिएको थियो । कार्यक्रममा विद्यालयलाई फर्निचर तथा विद्यार्र्थीहरुलाई स्कुल ब्याग पनि प्रदान गरिएको थियो ।

दातृसंस्थाबाट केएचडब्लू ग्लोबल केयर जर्मनीका अध्यक्ष जोर्ज फ्राङ्क (Mr. George Frank), सोही संस्थाकी प्रबन्ध निर्देशक बिट थोम (Miss. Beate Thome), केएचडब्लूकै एसिया निर्देशक जेपी सिंह, बालसेवा नेपालका अध्यक्ष रामचन्द्र तिमोथका साथै एडीएच जर्मनी, बी ब्राउन जर्मनका प्रतिनिधिहरु थिए ।

मन्त्री रामशरण बस्नेतले पटक पटक असल छिमेकी नेपालको मुक्तकण्ठले प्रशंसा गर्दै दाताहरुलाई हृदयदेखि नै धन्यवाद दिए । उनले असल छिमेकी नेपाललाई सबै गैरसरकारी संस्था उस्तै हुँदैनन् भन्ने सन्देश प्रवाह गर्न सफल भएकोमा बधाई पनि दिए । दाताहरुले बढी भएर होइन, दिने हृदय भएर हामीले पाएका छौं भन्दै नेपाल र नेपालीहरुप्रतिको उनीहरुको प्रेमप्रति नतमस्तक भएको बताए । उनले अब हामी पनि समृद्धिको मार्गमा अग्रसर भई लिने मात्र होइन दिन सक्ने देश बन्नतर्फ अग्रसर हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रमका सबै वक्ताहरुले असल छिमेकी नेपाललाई धन्यवाद दिँदै नवनिर्मित पूर्वाधारहरुको संरक्षणमा स्थानीयहरु गम्भीर हुन आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष अशोक गुरुङ, समाज कल्याण परिषद्का उपनिर्देशक रामराज भट्टराई जिल्लास्तरीय परियोजना कार्यान्वय युनिट प्रमुख रामप्रसाद आचार्य, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, पोखरेली ख्रीस्टिय समुदायका अध्यक्ष भवीन्द्र राना, असल छिमेकी नेपालका अध्यक्ष भरत गुरुङ, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङका साथै सिरानचोक वडा नं. ७ का अध्यक्ष सुरज ढकाल लगायत अतिथिहरुको उपस्थिति थियो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक प्रदीप ढकाल, विद्यालय व्यवस्थापना समितिका पूर्व अध्यक्ष प्रेम गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम ढकाल लगायत तथा स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य दिँदै विद्यालयका प्राचार्य कमल ढकालले श्रीनाथकोटको डाँडोमा यति सुन्दर पक्की भवन विद्यालयले पाएकोमा असल छिमेकी नेपाल र दाताहरुप्रति हार्दिक आभार प्रकट गरे ।


असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले संस्थाको परिचय र गतिविधिबारे संक्षिप्तमा प्रकाश पारेका थिए । पोखरेली ख्रीस्टिय समुदायले गरी आएका सामाजिक सेवाका कामहरुलाई संस्थागत रुपमा अगाडि बढाउन २०५९ सालमा स्थापित असल छिमेकी नेपालले जीविकोपार्जन तथा सशक्तीकरण कार्यक्रम, स्वास्थ्य सचेतना कार्यक्रम र नवजीवन उपचार तथा पुनस्थापना कार्यक्रम सञ्चालन गर्दै आएको छ । निर्देशक अधिकारीले जनकल्याण मावि भवन निर्माणको लागि करिब ४ करोड रुपयाँ खर्च भएको बताए ।
निर्देशक अधिकारीले पोखरेली ख्रीस्टिय समुदाय र असल छिमेकी नेपालले भूकम्पपछि केकसरी प्रभावितहरुका माझ गएर काम गरे, केकसरी स्रोतसाधन जुटाए, हालसम्म केकति कामहरु भए र केकति खर्च भयो भन्ने बारेमा उल्लेख गरे । साथै उनले सरकारी निकाय तथा सरोकारवालाहरुसँग समन्वय गरेर काम गर्दा सहज भएको बताए । उनका अनुसार गोरखा जिल्लामा भूकम्प पीडितहरुका लागि राहत र पुनर्निर्माणमा हुने खर्च करिब ३१ करोड रुपैयाँ पुग्नेछ । आफूसँग भएको आर्थिक तथा मानवीय स्रोतसाधन र उपलब्ध बाह्य सहयोग परिचालन गरी सरकारी तथा सम्बन्धित गैरसरकारी निकायसँगको निकट समन्वयमा सम्पूर्ण कार्यक्रमहरु सञ्चालन गरिएको छ ।
परियोजना संयोजक विजय श्रेष्ठले असल छिमेकी नेपालले गोरखाकै श्रीनाथकोट, आँपपीपल, घ्यालचोक, घैरुङ र भुम्लीचोकमा अत्याधुनिक प्रविधिबाट स्वास्थ्यचौकी निर्माण गरी समुदायमा हस्तान्तरण गरिसकेको र श्रीनाथकोटमै यसअघि ३ वटा विद्यालय पुननिर्माण तथा हस्तान्तरण गरिसकेको जानकारी दिए । संस्थाले गोरखाकै श्रीनाथकोटमा गाउँपालिका भवन (साबिक गाविस भवन) पुनर्निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

असल छिमेकी नेपाल पोखरेली ख्रीस्टिय समुदायको पहलमा सामाजिक सेवाको माध्यमबाट सर्वाङ्गीण विकास गर्ने उद्देश्यले स्थापना भएको एक विश्वासमा आधारित (फेथ बेस्ड) गैरसरकारी संस्था हो । आफ्ना छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू भन्ने बाइबल धर्मशास्त्रको शिक्षाले असल छिमेकी नेपाल अभिप्रेरित छ । भूकम्प प्रभावित जिल्ला गोरखालाई केन्द्र बनाएर पुनर्निर्माणको काम गरिरहेको पोखरेली ख्रीस्टिय समुदायको सामाजिक अङ्ग असल छिमेकी नेपाललाई जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले एक कार्यक्रम गरी सम्मान तथा कदरपत्र प्रदान गरेको छ ।

कमल पोखरेली

पोखरा

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In