जन्म तथा बृहत् कामको तयारी: १ देखि २० वर्षको उमेरसम्म
> जन्मः २४ अप्रिल १९३०, आमा सूर्यमती रोंगोंग र बुबा आथिङ जोसेफ रोंगोंगबाट दोस्रो सन्तानको रूपमा
> सानै हुँदा आमा सूर्यमतीले पास्टर राजेन्द्र रोंगोंगलाई नेपालको लागि अर्पण गर्नुभयो ।
> सानै हुँदा आमाले घरमा संचालन गर्ने बाइबल अध्ययनमा सहभागी हुनुभयो । सानैदेखि नेपाल आउने रहर उहाँमा थियो ।
> पास्टर राजेन्द्र रोंगोंग ९ वर्षको हुँदा दोस्रो विश्वयुद्ध सुरु भयो ।
> बुबाको जागिरको कारणले पास्टर राजेन्द्र रोंगोंग ७ कक्षासम्म पुग्दा १० वटा जति स्कुल फेर्नुभयो । उहाँ ९ वर्षको उमेरमा बुबासँग रेलमा दार्जिलिङबाट कलकत्ता जानुभयो ।
> १०–१५ वर्षको उमेरमा दार्जिलिङमा महेन्द्र प्रधानसँग दौंतरी भएर बस्नुभएको ।
> १९४५, अगस्त ९ मा अमेरिकाले हिरोसिमा र नागासाकीमा बम खसाल्ने समयमा दार्जिलिङबाट कालिङपोङ जाने तयारी, उहाँ आफ्नो परिवारसँग हिंडेरै जानुभयो ।
> उहाँ कक्षा ७ मा हुँदा सन् १९४२ मा स्काउट सुरु गर्नुभएको, सानैदेखि मण्डली गइरहने बानी उहाँको थियो । दार्जिलिङको सरकारी हाइ स्कुलबाट कक्षा ७–१० र म्याट्रिक्स उत्तीर्ण गर्नुभयो ।
> १९४७ मा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराले दार्जिलिङमा रु. १००।– बक्सिस दिएका ।
> १३ वर्षको उमेरमा बुबाआमासँग प्रहरी निवासमा सरेको । उहाँको काइँला भाइको सोही साल देहवसान ।
> उहाँले १९४७ मा म्याट्रिक पूरा गर्नुभएको, उहाँको व्याच अंग्रेज शासनको अन्तिम व्याच हो ।
> जोर्डन चन्नन् खाँले नयाँ जीवनका बारेमा बताउनुभएपछि १९४७, नोभेम्बर २५ मा प्रभु येशूलाई ग्रहण गर्नुभयो । सो दिन पास्टर राजेन्द्रको घरमा पास्टर रोबर्ट कार्थक, पास्टर दफ्तन सादा, प्रकाश राई, जरमित कार्थक मिलेर संगति राख्नुभएको थियो ।
> १९४७ मा मिस फ्य्रांकलिन बिहारबाट मिसिनरीको रूपमा कालिङपोङ आउनुभएको ।
> मिस फ्य्रांकलिनले कालिङपोङको कन्या मा.वि.मा काम गर्दा पास्टर राजेन्द्रकी आमासँग नेपाली भाषा सिक्न थाल्नुभयो ।
> मिस फ्य्रांकलिनले पास्टर राजेन्द्र, पास्टर रोबर्ट कार्थक, पा. दफ्तन सादा, प्रकाश राई, जरमित कार्थकको लागि बाइबल अध्ययन सुरु गर्नुभयो । मिस फ्य्रांकलिनले उहाँहरूलाई सुसमाचार प्रचारको लागि विभिन्न गाउँमा लानुहुन्थ्यो ।
> पास्टर राजेन्द्र रोंगोंगले १९४९ मा आई.ए. को परीक्षा दिएर द्वितीय श्रेणीमा उत्तीर्ण हुनुभयो ।
सेवकाइको तयारी र प्रभुको सेवामाः २१ देखि ४० वर्षको उमेरसम्म
> १९५० मा पास्टर राजेन्द्र रोंगोंग र पा. रोबर्ट कार्थक मिलेर कालिङपोङमा सुसमाचारीय सम्मेलन आयोजना ।
> उहाँको १९५२, सेप्टेम्बर २९ मा जरमित कार्थकसँग पवित्र विवाह भयो ।
> १९५२ मा पा. रोबर्ट कार्थक र पा. राजेन्द्र रोंगोंग रक्सौल हुँदै अमलेखगन्जसम्म आउनुभयो ।
> पा. राजेन्द्र रोंगोंगले आई.ए. सकेपछि घरको अघि खरको छाप्रो बनाएर पा. रोबर्ट कार्थक र अरू साथीहरूसँग मिलेर राति प्रार्थनामा बिताउनुहुन्थ्यो ।
> उहाँले १९४९–१९५५ सम्म SUMI मा शिक्षकको रूपमा सेवा गर्नुभयो ।
> १९५४ मा USAID बाट त्रैलोक्यनाथ उप्रेती र ह्युबी उड दार्जिलिङ गएर पा. राजेन्द्रलाई नेपाल आउने प्रेरणा दिएका ।
> १९५४, सेप्टेम्बर २ मा पहिलो सन्तानको रूपमा श्यारोन रोंगोंगको जन्म ।
> पा. राजेन्द्र रोंगोंग १९५६, फेब्रुअरी २९ मा हिमालयन प्रोस्बेटेरियन मण्डलीबाट ११ जनाको टोलीमा कालिङपोङबाट नेपाल आउन प्रस्थान गर्नुभयो ।
> सिमराबाट हनुमान भन्ने हवाइजहाजमा रु. १७ भाडा तिरेर ३५ मिनेटको यात्रा गरी १९५६ को मार्च ३ तारिख ११ जनाको टोलीमा नेपाल आइपुग्नुभयो ।
> सोही दिन भक्तपुरको न्यातपोतल नजिकै घरमा आएर बास बस्नुभएको । त्यो बेला श्री ५ महेन्द्रको राज्याभिषेक भएको कारण पास्टर राजेन्द्र रोंगोंग र उहाँको समूहले भक्तपुरमा सिन्दुरे जात्रा देख्ने मौका पाउनुभयो ।
> म इसाई हुँ भन्ने परिचय दिएको कारण पा. राजेन्द्र रोंगोंगलाई काम पाउन गाह्रो भएको ।
> उहाँहरू जुद्ध सडकको संगतिमा १९५६ तिर कहिलेकाहीं जानुहुन्थ्यो ।
> उहाँहरूले भक्तपुरमा घरको तल्लो तलामा गुन्द्री ओछ्याएर संगति गर्नुहुन्थ्यो ।
> उहाँले सन् १९५६ मा पा. रोबर्ट कार्थक र दानिएल सित्लिङसँग दाप्चामा सुसमाचारीय यात्रा गर्नुभएको ।
> उहाँ १९५६ को डिसेम्वरमा भक्तपुरबाट डिल्लीबजारमा सपरिवार डेरा सर्नुभएको ।
> १९५७, अगस्तको पहिलो आइतबार पास्टर रोबर्ट कार्थक र पा. राजेन्द्र रोंगोंगको पहलमा हालको नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) को स्थापना भएको हो ।
> प्राथमिक स्कुलको तालिम नर्मल स्कुलमा लिनुभयो । सो तालिमको समयमा राष्ट्रकवि माधव घिमिरेले पा. राजेन्द्रको लेखनको प्रशंसा गर्नुभएको । पछि तत्कालीन श्री ५ सरकारले उहाँलाई प्राथमिक स्कुलमा नियुक्त गरेको ।
> हाल र्याडिसन होटल भएको चेत भवनमा कलेज अफ एजुकेसनको पहिलो व्याचमा १६ जना भर्ना भए पनि उहाँले मात्र १९५८, अप्रिल १४ मा बीएड उत्तीर्ण गर्नुभयो, उहाँको ट्रान्स्क्रिप्टको ट्रान्स्क्रिप्ट नं. १, सिरियल नं. १, नेपालको पहिलो बी.एड. उहाँ हुनुहुन्छ । उहाँ विद्यार्थी हुँदा पाएको मासिक भत्ता रु.८० नेपालमा गर्नुभएको पहिलो कमाइ ।
> काम नपाएको कारण नेपालबाट फर्किने विचार गरिरहँदा पा. राजेन्द्रकी छेमा डा. फुलमणि प्रधानले चिठीमा ‘हलोमा हात राखेर पछाडि हेर्ने मान्छे परमेश्वरको कामको लागि योग्य हुँदैन’ भनेर लेखेको पढेपछि नफर्किने निर्णय गर्नुभयो ।
> उहाँलाई वि.सं. २०१६ मा तत्कालीन श्री ५ को सरकारले राजपत्रांकित तृतीय श्रेणीको अधिकृत बनायो ।
> पा. राजेन्द्र रोंगोंग वि.सं. २०१६, भदौ २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटालाई तत्कालीन शिक्षामन्त्री परशुनारायण चौधरीसँग एउटै छाता ओढेर आर्यघाटमा भेट्न जानुभएको ।
> वि.सं. २०१७ मा पञ्चायत सुरु हुनुभन्दा एक हप्तापहिले प्रेम प्रधानको रिहाइको लागि गृहमन्त्रालयमा मण्डलीका अगुवाहरूको टोलीलाई उहाँले लिएर जानुभएको ।
> १९५८ मा नेपाल स्काउटको राष्ट्रिय सहसचिव नियुक्त हुनुभयो ।
> १९५८ सेप्टेम्बरमा श्री ५ को सरकारले उहाँलाई पढ्नका लागि दिल्ली पठाएको । १९५९ मा रजगड विश्वविद्यालय दिल्लीबाट एम.एड. सक्नुभएको र श्री ५ को सरकारले उहाँलाई कलेज अफ एजुकेशनको लेक्चरर बनाएको ।
> उहाँले १९५९ सिद्धार्थ बनस्थलीमा ७ महिना शिक्षकको रूपमा सेवा गर्नुभएको र सोही साल छोरा पत्रुस रोंगोंगको जन्म ।
> सन् १९५९ मा लेबरोटरी स्कुलको शिक्षक हुनुभएको । वि.सं. २०२५ देखि ३ वर्ष ल्याबरोटेरी स्कुलमा प्रधानाध्यापकको रूपमा सेवा गर्नुभएको ।
> १९५९ मा पास्टर रोबर्ट कार्थक बाइबल अध्ययनको लागि बेलायत हुनुहुँदा पा. राजेन्द्र रोंगोंगले १ वर्ष मण्डलीको पास्टरको रूपमा सेवा गर्नुभएको ।
> १९५९ मा शिवकुमार थापाको बप्तिस्मा, जुन नेपाली इसाई मण्डलीमा भएको पहिलो बप्तिस्मा हो, सो बप्तिस्मा पा. राजेन्द्र रोंगोंगले दिनुभएको ।
> उहाँले १९६९, अगस्त १९ मा नेपाल स्काउटबाट श्री ५ वीरेन्द्रले हस्ताक्षर गर्नुभएको The Wood Badge पाउनुभयो ।
> नेपाल र नेपाली मण्डलीलाई आशिष् पु¥याउने काममाM ४१ देखि ६० वर्षको उमेरसम्म
> उहाँले १९७४, जुन ११ मा अमेरिकाको साउदर्न इलिनोइ युनिभर्सिटीबाट विद्यावारिधि गर्नुभएको हो ।
> उहाँ १९७४, जुन ११ मा त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय विकास सेवाको पहिलो निर्देशक हुनुभएको ।
> उहाँ १९७६ मा त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रको दोस्रो निर्देशक नियुक्त हुनुभयो ।
> उहाँ वि.सं. २०२८ मा श्री ५ महेन्द्रबाट प्रबल गोरखा दक्षिणबाहुले सम्मानित हुनुभएको । उहाँले श्री ५ वीरेन्द्रबाट वि.सं. २०३१ म शुभराज्याभिषेक पदक पाउनुभएको ।
> उहाँ १९८० मा त्रिभुवन विश्वविद्यालयको प्राध्यापकमा नियुक्त हुनुभएको ।
> १९८२ मा नेइम ज्ञानेश्वर चर्चको एल्डरको रूपमा नियुक्त हुनुभएको ।
> उहाँले वि.सं. २०४५ मा श्री ५ वीरेन्द्र दैवी प्रकोप पीडितोद्धार पदक प्राप्त गर्नुभयो ।
प्रभुको सेवा र अनन्त घर जाने तयारीः ६१ देखि ८८ वर्षको उमेरसम्म
> उहाँले १९९३ मा त्रिभुवन विश्वविद्यालयबाट उमेर हदका कारण अवकाश पाउनुभयो ।
> उहाँले श्री ५ वीरेन्द्रबाट गद्दी आरोहण रजत महोत्सव पदक–२०५३ प्राप्त गर्नुभयो ।
> सन् १९९७, मार्च २५ मा पास्टर रोबर्ट कार्थकसँग म्यानमार गएर त्यहाँका नेपाली मण्डलीहरूको भ्रमण गर्नुभयो ।
> सन् २००२, अप्रिलमा वीरेन्द्र–ऐश्वर्य सेवा पदकबाट विभुषित हुनुभयो ।
> २००२ मा नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) को मिसन विभाग स्थापना भएदेखि उहाँले विभागको अध्यक्षको रूपमा मण्डलीमा सेवा गर्नुभएको थियो । सोही सालदेखि नै उहाँले मण्डलीमा पूरा समय काम गर्ने सेवकहरूलाई नियमित कक्षा सञ्चालन गर्नुभएको थियो ।
> २००२ देखि नै उहाँ मेरी गुरुआमा स्मृति प्रतिष्ठानको अध्यक्षको रूपमा सेवारत हुनुहुन्थ्यो ।
> सन् २००५, अक्टोबर २१ मा पा. राजेन्द्र रोंगोंगकी धर्मपत्नी जरमित रोंगोंग स्वर्गारोहण हुनुभएको ।
> वि.सं. २०४८–२०६४ सम्म काठमाडौं शिक्षा क्याम्पसको सञ्चालक समितिको अध्यक्ष भएर सेवा गर्नुभएको र वि.सं. २०५८–२०६१ सम्म काठमाडौं शिक्षा क्याम्पसको प्रमुख भएर सेवा गर्नुभएको ।
> उहाँ ११ अप्रिल, २००९ मा नेइम (ललितपुर चर्च) को पास्टरमा अभिषेक हुनुभएको हो ।
> वि.सं. २०६४, साउन २८ गते प्रहरी प्रधान कार्यालयबाट दीपेन्द्र प्रहरी उ.मा.वि. साँगाको वरिष्ठ सल्लाहकारमा नियुक्त हुनुभयो ।
> उहाँले वि.सं. २०६८, फागुन १४ गते जी.बी. याक्थुम्बा सम्मान प्राप्त गर्नुभएको । वि.सं. २०७०, वैशाख ८ बी.पी. नेत्र प्रतिष्ठान भक्तपुरबाट सम्मानित हुनुभएको ।
> उहाँलाई २०७१, पुस २९ गते नेपाल शिक्षाशास्त्री समाजले गुरुहरूका गुरुको रूपमा सम्मान गरेको । वि.सं. २०७३, वैशाख २९ गते सगरमाथा प्रतिष्ठानले ‘नेपाल सम्मान २०७२’ प्रदान गरेको
> उहाँले नेपाल स्काउटबाट स्वर्णसेवा सम्मान वि.सं. २०७३, असार ३ गते पाउनुभएको ।
उहाँको स्वर्गारोहण २०१८, मे १६ तारिख भयो ।
पा. राजेन्द्र रोंगोंग विभिन्न संस्थाहरूमा आवद्धता भएर देश र मण्डलीको सेवामा खट्नुभएको थियोः
काठमाडौं शिक्षा क्याम्पस, ललितपुर नर्सिङ क्याम्पस, चर्च हिस्टोरी प्रोजेक्ट, आउटरीच नेपाल, टीच नेपाल, आगापे संगति, फस्र्ट लभ नेपाल, Friends of Myanmar, फोकस, ज्ञानोदय बालबाटिका– अध्यक्ष, नेपाल लेप्रोसी ट्रस्ट– उपाध्यक्ष, युनाइटेड मिसन टु नेपाल– Senior Education Consultant, नेपाल ख्रीष्टियन समाज, ख्रीष्टियन रिलिफ, एनबीसीबीएस – सल्लाहकार, Faculty of Education, National Trainers Training Team, त्रिभुवन विश्वविद्यालय, महेन्द्र भवन गल्र्स स्कुल, मार्टिन चौधरी– सदस्य, दृष्टिविहीन स्कुल– संस्थापक
उहाँका शिक्षा क्षेत्रमा अनुसंधानमुलक लेख, रचना, शोधपत्र गरी ४० वटा कृति प्रकाशित भएका छन् ।
(आदरणीय डा. रोगोंगसित लेखकले नजिकै बसेर धेरै कुरा सिक्ने मौका पाएको छ । आगामी लेखमा त्यसबारे पनि चर्चा गर्ने प्रयास हुनेछ ।)
Discussion about this post