आशिष रिजाल, नवलपरासी, अभिषेक चर्च देवचुली १६ रजहर नवलपुरले यही मिति २०७५/१/१७ गते इष्टर कप इन्टर स्कुल फुटबल टुर्नामेन्ट हुने जानकारी पत्रकार सम्मेलनद्वारा गराएको छ। उक्त कार्यक्रमको अध्यक्षता अभिषेक चर्च रजहरका पा. श्री सुकलाल तामाङ ज्यूले गर्नुभएको थियो । यस सम्मेलनमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, चितवन भेट्रान क्लबका सह क्याप्टेन रवीन्द्र श्रेष्ठ तथा पत्रकार महासंघ चितवनका सभापति श्री दिपेन्द्र अधिकारी ज्यू अतिथि हुनुहुन्थ्यो ।
अध्यक्ष श्री सुकलाल तामाङ ज्यूले प्रतियोगिताको ट्रइसिट र्सार्वजनिक गर्दै १२ टीमको सहभागिता रहेको र खेल २०७५ बैशाख १८ गतेबाट सुरु हुने र बैशाख २९ गतेसम्म फाइनल हुने जानकारी दिनुभयो, साथै उहाँले विद्यालयस्तरमा लुकेर रहेको प्रतिभाहरूलाई खोजी निकाल्ने र तिनीहरुको व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्य सहित फुटबल प्रतियोगिता गर्न लागिएको बताउनुभयो । प्रतियोगिताको विजेतालाई रु. ५०,०००।- ट्रफी मेडल, प्रमाणपत्र, उपविजेतालाई रु. २५,०००।- ट्रफी मेडल, प्रमाणपत्र र सेमीफाइनलमा पुग्ने प्रत्येक टीमलाई रु. १०,०००।- का दरले प्रदान गरिने बताउनुभयो ।
Discussion about this post