• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, December 25, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाल ख्रीष्टियन समाजद्धारा सरकारको ध्यानाकर्षण – ख्रीष्टियनहरूलाई नडराउन आह्वान (ज्ञापन पत्रसहित)

by NC Reporter
April 25, 2018
in News & Events

पछिल्लो समयमा विकसित परिस्थितिलाई मध्यनजर गर्दै नेपाल ख्रीष्टियन समाजको एक प्रतिनिधिमण्डलले उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री शेरबहादुर तामाङलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ । धर्मनिरपेक्ष राष्ट्रमा ख्रीष्टियनहरू लगायत सबैलाई स्वतन्त्ररूपमा धार्मिक अभ्यास गर्न दिइनुपर्ने माग राख्दै प्रतिनिधिमण्डल उच्चपदस्थहरू कहाँ पुगेको थियो ।

नेपाल ख्रीष्टियन समाजका उपाध्यक्ष कुबेर गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा समाजका महासचिव डिल्लीराम पौडेल, सचिव मुकुन्द शर्मा, विपी खनाल, राम देवकोटा, अशोक प्रधान, अधिवक्ता गणेश श्रेष्ठ तथा संचारकर्मी कुमारसिंह विष्ट र जगदिश पोखरेल हुनुहुन्थ्यो ।

प्रतिनिधिमण्डलले डेबिट तामाङको नाममा आएको झुटो विज्ञप्तिको बारेमा गृहमन्त्री थापाको गम्भीर ध्यानाकर्षण गराएको छ । अफवाह फैलाएर ख्रीष्टियनहरूलाई अपराधी सावित गर्दै धार्मिक हिंसा भड्काउने उद्देश्यका साथ आएको यस्तो विज्ञप्ति लेख्ने मान्छेलाई यथासिघ्र कानुनको दायरामा ल्याउन पनि प्रतिनिधिमण्डलले नेपाल सरकारसमक्ष माग गरेको छ ।

यसका साथै पूर्वको विराटनगरमा घटेको गोलीकाण्डलाई लिएर सुनियोजित तरिकाले ख्रीष्टियनहरूलाई दोष लगाउने काम भएको प्रति पनि नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षणपछि गृहमन्त्री थापाले नेपालमा रहेका ख्रीष्टियनहरूलाई नडराउन आग्रह गर्नुभएको छ ।

गृहमन्त्री थापाका साथै कानुनमन्त्री शेरबहादुर तामाङले पनि यी सबै विषयका साथै प्रतिनिधिमण्डलले पेश गरेको असमान कानुन संशोधनको मागलाई गम्भीरताका साथ लिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कानुनमन्त्री तामाङले कानुनकै कारण नेपालका ख्रीष्टियनहरू तर्सनु जरुरी नरहेको बताउनुभयो । उहाँले मिलाउनुपर्ने ठाउँमा क्रमशः संशोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिमण्डलको ध्यानाकर्षण पत्र बुझ्दै आफू कार्यकारी भूमिकामा नभए पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिज्ञा गर्नुभयो । त्यस्तै सभामुख कृष्णबहादर महराले आफू अल्पसंख्यकहरूको अधिकारको पक्षमा रहेका कारण प्रतिनिधिमण्डलले राखेका मागलाई सरकारसम्म पुर्याउन पहल गर्ने आश्वासन दिनुभयो ।

समाजका उपाध्यक्ष कुबेर गुरुङले राज्यका उच्चपदस्थ पदाधिकारीहरू यसरी ख्रीष्टियनहरूका मुद्दामा सकारात्मक हुनुलाई असल खबरको रूपमा लिनुपर्ने बताउनुभएको छ । गुरुङले आउने दिनहरुमा पनि आफ्ना मागहरू राख्ने क्रम नरोकिने बताउनुभयो ।

 

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In