लामाचौर, कास्की
एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन यही फागुन २३ र २४ गते लामाचौर, पोखरास्थित लामाचौर चर्चमा सम्पन्न भएको छ ।
सम्मेलनमा प्रमुख अतिथि पोखरेली ख्रीष्टिय समुदायका महासचिव एल्डर रामप्रसाद शर्मा हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष एल्डर प्रकाश श्रेष्ठ, एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय कोषाध्यक्ष पा. हरिराम घिमिरे, एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय सल्लाहकार अ.पा. मुक्ति ढकाल तथा पोखरा ख्रीष्टियन विश्रामस्थलका अध्यक्ष एल्डर भरतबहादुर गुरुङ हुनुहुन्थ्यो ।
कार्यक्रममा बिएमएल नेपाल तथा ग्रेस चर्च काठमाडौंका पास्टर किरण दास हुनुहुन्थ्यो । उहाँले जवानहरुको विषयमा २ तिमोथी २ः२२ बाट शिक्षा दिनुभएको थियो ।
अधिवेशनले सर्वसम्मत नयाँ कार्य समिति चुनेको छ । जसमा अध्यक्ष शेरबहादुर घर्ती (सन्दीप थापा) प्रशंसादीप चर्च पोखरा; उपाध्यक्ष सञ्जय घले, तानसेन चर्च पाल्पा; सचिव विमला गुरुङ, डुम्रे विनय चर्च तनहुँ; सहसचिव सारा श्रेष्ठ, अभिषेक मुडाबास चर्च नवलपरासी; कोषाध्यक्ष कोपिला खाती, लामाचौर चर्च पोखरा; र सदस्यहरुमा सचिन गौतम, बुटवल ज्योति चर्च बुटवल; र बाबु परियार, पुनस्र्थापना एक्लेसिया चर्च गोरखाबाट हुनुहुन्छ ।
सम्मेलनमा पोखरालगायत पश्चिमाञ्चल क्षेत्रका जिल्लाका चर्चहरुबाट १०० भन्दा बढी जवान प्रतिनिधिहरुको उपस्थिति थियो ।
Discussion about this post