-भुवन देवकोटा
मण्डलीलाई परमेश्वरको घरानाको रूपमा पवित्रशास्त्रले चित्रित गरेको छ । मण्डलीमा भएका परिवारहरूलाई मण्डलीको एकाइको रूपमा मान्दा कुनै आपत्ति होवोइन । ती परिवारहरूको बृहत् संरचना मण्डली परिवार हो । त्यसकारण मण्डली बलियो हुने हो भने मण्डलीको एकाइ बलियो हुनुपर्छ ।
मण्डलीको संवृद्धिको लागि परिवारलाई बलियो बनाउनुपर्छ, बाइबलीय शिक्षा र त्यसको अभ्यासमा । हरेक परिवारमा धर्मशास्त्रीय शिक्षा र त्यसको व्यावहारिक अभ्यासले मात्रै मण्डलीलाई चौतर्फी सक्षम बनाउँछ । परिवारमा एकता हुनु मण्डलीको एकताको लागि महत्वपूर्ण पक्ष हो ।
प्रविधि र संचारको विकासका असल पक्षहरू हुँदाहुँदै यसले पारिवारिक समय र संचारलाई विस्थापित गरिरहेको छ । यो कुरा पक्कै पनि असल सङ्केत होइन । परिवारमा छोराछोरीलाई बाइबलअनुसार र असल शिक्षामा तालिम दिने कार्य बुबाआमाको हो । तर त्यसको लागि उनीहरूको जीवन नै असल उदाहरण हुनु मुख्य कुरा हो ।
परिवर्तन भइरहेको संसारको नमुना हेरेर धेरैजना आफ्ना जीवनसाथीप्रति विश्वासयोग्य छैनन् । मर्दकी दशवटी हुन्छन् भन्ने टुक्कालाई हामी येशूको रगतमा नया“ भएका विश्वासीहरूले पनि बिर्सेका छैनौं र कति पटक त्यसै गर्ने प्रयास पनि भएको छ । यसरी परमेश्वरको व्यवस्थालाई लत्याउँदा क्षणिक आनन्द भए पनि त्यसले हामीलाई परमेश्वरको प्रेमबाट अलग गराउने मात्रै गर्दैन, त्यसको कारणले धेरैले दुःख पाउनुपर्छ । आफ्नो जीवनसाथीको जीवन पीडादायी हुन्छ भने लालाबालाले पनि दुःख पाउ“छन् ।
परिवारमा परमेश्वरकै नेतृत्वमा बाइबलीय संरचनामा रहनु ख्रीष्टलाई उचाल्ने कदम हो । त्यसो नगरेसम्म ख्रीष्टको सुसमाचार परिवारबाट आउँदैन र मण्डली, समाज र देशमा आशिष् पनि आउँदैन । पुस्तान्तर अर्को ठूलो समस्या बनेर उभिएको छ भने शैतान, शरीर र संसार ख्रीष्टियान परिवारलाई बिगारेर येशूको महिमा हटाउन गर्जने सिंहझैं लागि परेको छ ।
“यसकारण एउटाले अर्कालाई प्रोत्साहन देओ र … बलियो पार्ने काम गर” (१ थेसलोनिकी ५:११) ।
Discussion about this post