प्रकाश घले
धादिङ- माघ १९-२०७४
नेपाली समाजमा छोरी मान्छे घरको चुलामा मात्र सिमित हुनुपर्ने चलन अझैसम्म पनि जिबितै छ, तर यसलाई चुनौती दिदै धादिङ्का इसाई आमा दिदिबहिनीहरुले हामी घरको काममा मात्र सिमित होइन, तर प्रभुको काममा खुलेर अघि बढी प्रशस्त आशिष दिन र लिन सक्छौ भन्दै, त्यो चलनलाइ चिरफार गरि एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन् । धादिङ्का आमा दिदी बहिनीहरुले यस कामको सुरुवात Bs 2067 साल देखी हिमालय त्रिएक दिदी बहिनी सङगती मार्फत गर्दै आएका छ्न । यस समूहको सक्रियाता बाट विभिन्न ठाउँमा दिदी बहिनिहरुको आत्मिक जागृती सगङती, प्रार्थना तथा चङ्गाइ कार्यक्रम गर्दै आएका छ्न । ..धादिङ जिल्लाका विभिन्न स्थानहरु- रिचेत, ताजिम्रङ, करङ, कुत्तल, सेर्तुङ, लापा, बिर्चेत, कुरि, सिङ्गाङ, झार्लाङ्को पतिचो,कलङ्म्रङ,मेयम,क्युङ,र अक्थली, सेमजोङ, गहिरा, धादिङ बेसि, खानी खोला, बेलकोट, चैनपुर..गोरखाको- छेपटार, गाइघुर, नुवाकोटको-किम्ताङ,भाल्छे, साल्मे तनहुको रम्घा मा गरि ४ जिल्लाका लगभग ३० स्थानमा आत्मिक जागृती कार्यक्रम सम्पन्न गराइ सकि थुप्रै आमा दिदिबहिनीहरु पहिलाको तुलनामा आत्मिक रुपमा बलियो बन्दै गएको छ । सवारी साधनको कम पहुँच साथै आत्मिक भोकका कारण ३/४ दिन हिडेर भए पनि उक्त कार्यक्रममा आइपुग्ने गर्दछ्न । यस त्रिएक दिदी बहिनी सेवामा अभिषेक बिर्चेत मण्डली का प्रेमिका तामाङ, सेतिमाया तामाङ, मैतिमाया घले र क्युङ मण्डलीका कान्छीमाया तामाङ वक्ता साथै सक्रिय भुमिकाको रुपमा रहदै आएका छन् । अध्यक्ष प्रेमिका तामाङ्का अनुसार एकै ठाउमा मात्र सिमित, आत्मिक रूपमा सेलाएका र प्रभुको काममा निष्क्रिय रुपमा रहेका आमा दिदी बहिनीहरु यस सङती मार्फत सक्रिय भइ आत्मिक र भौतिक रुपमा धेरै आशिष भएको बताउनुहुन्छ । .. प्रमुख सल्लाहकारको रुपमा रहनुभएका एल्डर नर ब घलेका अनुसार अझै पनि यो थुप्रै मण्डलीहरुमा यस सम्मेलनको माग हुँदै आएको बताउनु हुन्छ । हालै पनि उक्त सङती समुह द्वारा नुवाकोट किस्पाङ गा पा का साल्मेमा माघ १४-१५ गते पनि लगभग ४०० जना दिदिबहिनीहरुको सहभागीतामा जागृती सम्मेलन सम्पन्न भएको छ । वक्ताहरूले चङगाइ, प्रेम तथा दिनु जस्ता विषयलाई आधार मानी बोलिएको यस्ता कार्यक्रममा श्रोत जुटाउने काम स्थानीय मण्डली आफैले गर्दछ्न ।
Discussion about this post