३० जेठ, लालितपुर । नेपाल जागृति चर्च, जोरपाटीका पाष्टर भरत गिरीले, आमुल परिवर्तन मसिह पार्टीबाट हिजो (सोमबार) आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सम्पुर्ण पत्रकार तथा सञ्चार माध्यमलाई नकरात्मक र सकरात्मक समाचार सम्प्रेसन नगरी बरु सन्तुलित समाचार सम्प्रेसन गर्ने अनुरोध प्रस्तुत गर्नुभएको छ ।
आमुल परिवर्तन मसिह पार्टीको अध्यक्षको नाताले गिरी आफु राजनीतिमा लाग्नुको कुनै नकारात्मक उदेश्य नभई ख्रीष्टियन र अरु पिडित वर्गहरुको उत्थानको लागी पैरवी र भलाई गर्ने ईच्छा रहेको बताउनुभयो । नेपालमा गणतन्त्र र लोकतन्त्र जस्ता धर्मनिरपेक्ष फैलाउने राजनीतिक विधानहरुको विकास भए पनि नेपालमा राजतन्त्र र राणाशासन कालमा भएको ख्रीष्टियन सतावट अझै पनि कायम रहेको वास्तविकता सम्झाउनु भयो। राजनीतिको ख्रीष्टियन सतावट रोकावट अभियानमा जोड दिँदै गिरीले भने, “जसरी मोर्दकै र एस्तरले यहुदीहरुलाई दुश्ट हामानबाट बचाए त्यस्तैगरी ख्रीष्टियन राजनीतिज्ञले नेपाली ख्रीष्टियन सतावट विरुद्ध आवाज उठाउनुपर्छ।”
त्यसमाथि अरु विभिन्न राजनीतिक पार्टीहरु परमेश्वरले दिनुभएको दर्शनमा एक भई ख्रीष्टियन समाज बीचमा राम्रो गवाही र उदाहरण हुन नसकेकोमा गुनासो पोखाउनुभयो । सबै ख्रीष्टियन राजनीतिक पार्टीले इष्टर सण्डे, गुड फ्राईडे र चिहानको व्यवस्थाको लागी एक जुट भई ख्रीष्टियन समाजको हित हुने कार्य गर्नुपर्छ भनेर जोड दिनुभयो । उपस्थित सञ्चारकर्मी र पत्रकारहरुले एक जुट भई गिरीलाई ख्रीष्टियन राजनीतिले कुन मोड लिईरको छ त्यसै अनुसार नकारात्मक, सकारात्मक वा सन्तुलित समाचार सम्प्रेसन हुनेछ भनेर चेतावनी तथा सल्लाह दिएका थिए ।
ख्रीष्टियन पाष्टरहरु आफ्नो सेवकाई भन्दा पनि उता राजनीतितिर बढी खिचिएको सत्यता अपच भएको खुला रुपमा जानकारी गराउँदै विवाद तथा विभाजनमा रहेका सम्पुर्ण राजनीतिक पार्टीलाई परमेश्वरको दर्शनमा एक जुट हुन सल्लाह र सुझाव दिए ।
Discussion about this post