१२ जेठ , ललितपुर । प्रशस्त जीवन मण्डली, कुसुन्ति, ललितपुरमा हिमालयन बाइबल ट्रेनिङ सेन्टरद्वारा सञ्चालित दुइ दिने “नेतृत्व विकास सेमिनार” सफलताको साथ आज समापन भएको छ ।
स्थानीय मण्डलीका अगुवा तथा विश्वासीहरुलाई नेतृत्वमा सशक्त बनाउने लक्ष्य राखी सञ्चचलन गरीएको उक्त समहारो एलबेथल चर्चका पाष्टर शमुएल सोदेम्बाले, “समसामयिक ख्रीष्टियन अगुवाहरुसँग बाइबलिय सम्बन्ध” को विषयमा वचन प्रश्तुत गरी उदघाटन गरेका थिए। त्यस्तै एचबिटीसी ललितपुरका प्रध्यापक जेम्स तामाङले “अगुवापन के हो?” शिर्षकमा आफ्नो मन्तव्य प्रश्तुत गर्नुभएको थियो। सोे समहारोमा अरु वक्ताहरुले “अगुवाहरु र तिनीहरुको आराधनाको जीवन”, “जे गर्नुछ युवा आवस्थामानै गर्नु”, “अगुवाको आन्तिरिक संघर्षहरु”, “ख्रीष्टमा हाम्रो पहिचान” र “प्रतिरोधात्मक अगुवापन” जस्ता विषयहरुमा शिक्षा दिनुभएको थियो भने प्रशस्त जीवन मण्डली कुसुन्तिका पाष्टर सरोज क्षेत्रीले यस समहारोलाई अगुवाई गर्नुभएको थियो। समहोरमा दिल बहादुर तामाङद्वारा लेखित पुस्तक “प्रभावकारी ख्रीष्टियन अगुवापन” र ज्वयस मेयरको “ आफ्नो आशालाई अझ उच्च बनाउनुहोस” नामक पुस्तक वितरण गरिएको थियो । यस समाहोरमा ९ मण्डलीहरुको ५० भन्दा बढी विश्वासी तथा अगुवाहरु, अनि ६ जना पाष्टरको उपस्थिति र सहभागीता थियो ।
Discussion about this post