१४ बैशाख, काठमाण्डौँ । काठमाडौं आत्मिक मण्डलीका वरिष्ठ पास्टर तथा नेपाल इभानजलिकल होलिनेस चर्चका महासचिव समेत रहनुभएका रेभ. ईसुजंग कार्की वैशाख ११ गते नयाँ शक्ति पार्टी नेपालको संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौँमा बसेको विशेष राजनीतिक समितिको बैठकले आमन्त्रित कार्यकारी सदस्यमा मनोनयन हुनुभएको छ ।
उक्त बैठकले विभिन्न निर्णयहरु जानकारी एवंम कार्यान्वयनका लागि सम्पुर्ण केन्द्रिय कार्यकारी, आमन्त्रित सदस्य, केन्द्रिय परिषद सदस्य, प्रदेश, विभाग र जिल्लालाई परिपत्र समेत जारी गरेको थियो । २०७४ साल वैशाख महिना भरि प्रथम चरणमा स्थानीय तह निर्वाचन हुने प्रदेशहरुमा केन्द्रित भई पार्टीको पक्षमा चुनाव प्रचार प्रसारमा लाग्नुपर्ने निर्णय गरेको छ भने स्थानीय तह चुनावमा राज्यले पार्टीलाई चुनाव चिन्ह प्रदान नगरेको हुँदा समय भित्र रहेका निर्वाचन चिन्ह प्राप्त दलहरुसँग चुनावी मोर्चा बनाई तिनीहरुकै चुनाव चिन्हबाट आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय समेत गरेको छ ।
स्मरण रहोस की रेभ. ईसुजंग कार्की राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका पुर्व सह–अध्यक्ष, हाल अन्तर धार्मिक परिषदका केन्द्रिय सदस्य र आत्याधमिक सेवा संगति नेपालको अध्यक्ष समेत हनुहुन्छ हालै उहाँले जातिय विभेद अन्त्यको लागि जनचेतनामुलक कार्यमा महत्वपुर्ण भुमिका निवार्ह गरेवापत भारतको नयाँदिल्लीबाट डा. अम्मेडकर ब्रदरहुड अन्र्तराष्ट्रिय अर्वाड समेत प्रात गर्नुभएको छ । उहाँ विशेष गरि धार्मिक सदभाव र धार्मिक स्वतन्त्रतामा जोड दिने ख्रीष्टियन जगतकै विशेष व्यक्ति हुनुहुन्छ ।
Discussion about this post