काठमाडौं, बैशाख ४, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका कार्यालय सचिव सन्तोष खड्कामाथि आइतबार साँझ लगभग ७ बजे गोली प्रहार भएको छ। राष्ट्रिय ख्रीष्टियन महासंघका उपमहासचिव तथा प्रवक्ता सागर बैजुका अनुसार मानभवन जिल्ला प्रशासन कार्यालय नजिकै अज्ञात समूहद्वारा सन्तोष खडकामाथि गोलि प्रहार भएको छ। खड्काको कम्मर पछाडि गोलि लागेको र उपचार भैरहेको कुरा प्रवक्ता बैजुले बताउनु भएको छ। यही विषयमा भोली पुतलीसडक चर्चमा महासंघले प्रार्थना सभाको आयोजना गरेको छ। येशू ख्रीष्टमाथि विश्वास गर्नेहरूलाई सताउनेहरूको लागि निरन्तर प्रार्थना गरौं, खेदो गर्नेहरूले ख्रीष्टको शान्ति आनन्द पाउन सकून् भनेर मण्डलीले प्रार्थाना गरौं।
यस्ता दु:ख दिने सताउनेहरूले प्रभु येशूलाई छिट्टै राजधानीमै यसरी कुनै व्यक्तिमाथि गोलि प्रहार हुनुले राज्यको सुरक्षा निति ज्यादै कमजोर भएको मानिन्छ। जनताले सुरक्षाको अनुभूति महशुस गर्न पाउनुपर्छ। अपराधीहरूलाई राज्यले कुनै पनि हालतमा उम्कन दिनुहुँदैन।
Discussion about this post