डिल्लीराम पौडेल / पत्रकार, लेखक एवंम सामाजिक अभियान्ता
२ वैशाख, काठमाण्डौँ । विगतका वर्षहरुमा झै यो वर्ष पनि ख्रीष्टियन विश्वास र संसारको इतिहासमा यो हप्ता ठुलो परिवर्तन आएको समय हो । आदीमा नै परमेश्वरको अस्तित्व त थियो नै तर मानिसहरु परमेश्वरको सम्बन्धमा नभएको कारण येशु ख्रीष्ट मानिसको रुपमा कन्या मरियमको कोखबाट दाउदको वंशबाट गालील निवासी मरियमको कोखबाट २०० वर्ष पहिले यस संसारमा जन्मनुभयो ।
३३ वर्ष सम्म असल नागरीक भएर जीवनको अन्त्यमा पानीको वप्तिष्मा लिएर सेवाको काम गर्नुभयो , मानिसहरु निको पार्नुभयो, शिक्षा दिनुभयो, खुवाउनुभयो, मरेका मानिसलाई व्युताउनुभयो, चेला बनाउनुभयो र सबै मानिसको पापको लागि क्रुसमा मर्नुभयो उहाँले रगत बगाउनुभयो र पापीहरुका पाप क्षमा गर्नुभयो, चिहानमा गाडिनुभयो र मरेको ३ दिन पछि वौरी उठनुभयो भन्ने विश्वासका साथ संसार भरिका येशु ख्रीष्टमा विश्वास गर्नेहरु विहिवारको दिन येश ख्रीष्टको प्रार्थना र प्रभु भोजको सम्झना, शुक्रवार ख्रीष्ट येशुले दुःख भोगेर क्रुसमा मर्नुभयो, शनिवार चिहानमा गाडिनुभयो, आइतबार वौरी उठनुभयो भनेर विश्वासका साथ विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
आइतबारका दिन नेपालका विभिन्न स्थानमा प्रार्थना, उपवास, प्रेम भोज, प्रभु भोज, प्रार्थना, -याली र आराधना सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ ।
Discussion about this post