३१ चैत्र , पोखरा । एन.सि.एफ.एन. पश्चिमाञ्चलको हिजो भएको क्षेत्रिय अधिवेशनबाट नयाँगाँउ चर्चका एल्डर प्रकाश श्रेष्ठको नेतृत्वमा सात सदस्य क्षेत्रिय समिति सर्वसहमतिबाट निर्बिरोध निर्वाचित भएका छन् ।
निर्वाचन हुनेहरुमा अध्यक्ष एल्डर प्रकाश श्रेष्ठ, उपाध्यक्ष पा. डि.बि. थापा, सचिव पा. खगेश्वर पाण्डे कोषाध्यक्ष पाष्टर हरीराम घिमिरे सदस्यहरु पा. दिपक पा. नाराणण पौडेल र पाष्टर परियार रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष एल्डर प्रकाश श्रेष्ठले आफुलाई विश्वास गरेर एन.सि.एफ.एन.को क्षेत्रिय अध्यक्ष जस्तो गरिमामय पदमा सेवा गर्ने अवसर दिनुभएकोमा सम्पुर्ण प्रतिनिधिहरुलाई धन्यवाद दिदै आफ्नो टिमसँग सहकार्य गदै एन.सि.एफ.एन. मण्डलीहरुको उन्नतिको लागि समर्पित भई अघि बढ्न प्रयत्नशील रहने वताउनु भयो । अधिवेशनको दोस्रो दिन अध्यक्ष पाष्टर मुक्ति ढकालले आफ्नो कार्यकालसम्म सम्पुर्ण पक्षबाट साथ दिनुहुने आफ्ना पदधिकारी सहकर्मीहरु एवं सल्लाहकारहरुलाई धन्यवाद दिदै कदर पत्र प्रदान गरि कार्यसमिति विगठन भएको घोषणा गर्नु भएको थियो ।
अधिवेशनको बन्दसत्रमा प्रवेश गरि बाँकी सम्पुर्ण निर्वाचन कार्यविधि अगाडी बढाउनको लागि निर्वाचन आयुक्तहरुलाई समय दिनुभएको थियो। निर्वाचन आयुक्तमा केन्द्रिय उपाध्यक्ष रेभ. बि.बि. कार्की, केन्द्रिय सल्लाहकार डा. सिमोन पाण्डे, नि. महासचिव डा. कर्ण बहादुर तामाङ् रहनु भएको थियो भने निर्वाचन प्रतिनिधिहरुमा एन.सि.एफ. एन. केन्द्रिय कार्यालयका रेडियो संयोजक रुद्र विक, प्रयवेक्षकको रुपमा पाष्टर गृष्म पराजुली पाष्टर मुक्ति ढकाल रहनु भएको थियो । अधिवेशनमा निर्वाचन विधिभित्रै रहि सर्वसहमतिबाट प्रस्तावित पदधिकिारीहरु निर्वाचित भएका हुन् । निर्वाचित पदधिकारीहरुलाई निर्वाचन आयुक्त डा. सिमोन पाण्डे र आयुक्त तथा केन्द्रिय उपाध्यक्ष रेभ. वि.वि. कार्कीको बाहुलीबाट निर्वाचनको प्रमाणपत्र वितरण गरिएको थियो । यसैक्रममा एन.सि.एफ.एन. केन्द्रिय सल्लहाकार डा. सिमोन पाण्डेद्धारा निर्वाचित पदाधिकारीहरुलाई आफ्नो कार्यकालसम्म परमेश्वरको भयमा रहि इमारनदारीताको साथ एन.सि.एफ. एन.को हितको लागि आफुले पाएको पदको जिम्मेवारलाई वफादार पुर्वक बहन गर्ने प्रतिवद्धताको सपथ ग्रहण गराईएको थियो ।
अन्त्यमा निवर्तामान अध्यक्ष पाष्टर मुक्ति ढकालले अधिवेशनमा सहभागी सम्पुर्ण प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गदै अधिवेशनका प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुलाई आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरि नवनिर्वाचित पदाधिकारीलाई शुभकामान दिदै कार्यक्रम समापन गरिएको थियो । विगत लामो समयदेखि यस पश्चिमाञ्चल क्षेत्रिय अधिवेशनहरुमा सर्वसहमतिबाटै पदधिकारीहरु चयन गरिएकाले हालसम्मको क्षेत्रिय अधिवेशनमा मतदानमा जानुपर्ने अवस्था भने देखिएको छैन् ।
Discussion about this post