निरोज तोलाङे १० फागुन, चितवन ।
नेपालमा शान्ति, सुव्यवस्था, मण्डलीहरुमा आत्मिक जागृति, एकता तथा विभिन्न रोगी विरामीहरुलाई प्रार्थना र उत्साह दिने उदेश्यका साथ राष्ट्रव्यापी प्रार्थना अभियानको १० जनाको टोली आज चितवन शक्तिखोरमा रहेको प्रभुको मण्डलीमा प्रार्थना सेवा सञ्चालन गर्दै छन् ।
फागुन ६ गते सिन्धुली देखि यात्रा सुरु गरेको प्रार्थना अभियान १२ गते विहिवार सकिदैछ । राष्ट्रव्यापी प्रार्थना अभियानले पुर्वी मोरङ, सुनसरी देखि महोत्तरी, मकवानपुर हुदैँ चितवन सम्म विभिन्न स्थानमा रहेका ४० वटा मण्डलीमा आत्मिक जागृति तथा प्रार्थना उत्साह दिईसकेको छ । प्रभुको मण्डलीका अगुवाहरु सहितको १० जना सम्मेलित संयुक्त प्रार्थना अभियानको टोलीबाट प्रतिव्यक्ति ३ हजार उठाएर उक्त अभियान सञ्चालन गरेको प्रार्थना अभियानका संयोजक तथा प्रभुको मण्डलीका अगुवा वि.पी. खनालले हामीलाई जानकारी दिनुभयो ।
Discussion about this post