मिति २०७३ जेठ १७ देखि १९ गतेसम्मको नेपाल ख्रीष्टियन समाजको २०औ वार्षिकोत्सव तथा १५औं महासभामा केही महत्वपूर्ण विषयहरूमा प्रशिक्षणहरू भएका थिए। बाइबलिय दृष्टिकोणमा आफूलाई जाँच्ने र जिउन अभ्यास गर्न उत्साहित बनाएका थिए। पछिल्लो समयमा बढ्दो प्रविधिको विकास, उच्चस्तरका शिक्षा, सिप, अनुभव र राजनैतिक प्रभाव वा पदले मानिसहरूलाई अथवा ख्रीष्टियानहरूलाई नैतिक सवालहरूमा बाइबलिय दृष्टिकोणबाट हेर्न आवश्यक देखिन्छ। यसै सन्दर्भमा पास्टर प्रकाश सुब्बाले प्रशिक्षण गर्नुभएको विषय ” इसाई नैतिक सवालहरूमा बाइबलीय दृष्टिकोण ” विषयलाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ।
बाइबलका शिक्षा मानव जीवनको लागि अति आवश्यक आत्मिक शिक्षाले पूर्ण पुस्तकको रुपमा विश्वव्यापी रुपमा स्वीकार गरिन्छ। बाइबललाई आत्मिक शिक्षा दिने र लिने पुस्तकका रुपमा सिमित पारिन्छ भने यो पुस्तकको प्रभाव मानव जीवनको सम्पूर्ण क्रियाकलाप र सम्पूर्ण आयाममा कसरी सम्बन्धित छ, र यसले के अर्थ राख्छ र हामीलाई परिवर्तनको चुनौतिको माग गर्छ भन्ने कुरामा हामी चुक्नैछौं। यसरी हाम्रो आत्मिक जीवनको परावर्तन रुप नै नैतिक शिक्षा एवम व्यवहार हो। बाइबलबाट सिकिएका आत्मिक शिक्षा/निर्देशनलाई मानव जीवनको भलाई र समाजलाई फाइदा हुने कुरालाई व्यवहारमा ल्याउँदा प्रभाव पार्ने हाम्रा निर्णयहरु कुन सिद्धान्तमा आधारित छन् भन्ने कुराले मूख्य भूमिका खेल्दछ। कति कुराहरुको निर्णयगर्दा हामी प्रत्येकलाई व्यक्तिगत रुपमा कति फाइदा हुन्छ त्यसैमा बढी ध्यान दिन्छौं। त्यसपछि आत्मिक मानिसले हो भने अरुहरुलाई कत्तिको बेफाइदा वा फाइदा दिन्छौं भनेर हामीले निर्णयगर्र्छौं। कति कुराहरु यस्ता छन् जसको निर्णयलिँदा फाइदा र बेफाइदालाई भन्दा पनि परमेश्वरको इच्छामा मेरो वा समाजको लागि कस्तो र कुन नैतिक निर्णयलिने भन्ने कुराहरु पनि धेरै हुन्छन्।
बर्तमान नेपाली इसाई समाजलाई नियालेर अध्ययन गर्ने हो भने, अधिकांस इसाईहरुले लिने निर्णयरु आफ्नो फाइदा र बेफाइदाको हिसाबकिताब अनुसार लिने गर्छन्। आत्मिक मानिसले आफ्नो फाइदा मात्रै हेर्दैनन्। परमेश्वरको नैतिक मापदण्डलाई अंगिकार गर्दा व्यक्तिगत बेफाइदा पनि हुनसक्छ। यसकारण परमेश्वरको व्यवस्था (नियम) लाई राम्ररी बुझेको हुनुपर्छ र सकेसम्म परमेश्वरको आज्ञा (स्पष्ट), सिद्धान्त (स्पष्ट नभएका विषयमा) वा निर्देशनलाई तत्कालको परिस्थितिमा बुझन आवश्यक छ। कति यस्ता सवालहरु (मुद्दाहरु) छन् जुन नितान्त आत्मिक नभएर भौतिक हुन सक्छन्। हामी भौतिक संसारमा छौं यसकारण भौतिक (प्राकृतिक) नियम (व्यवस्था) लाई बुझन जरुरी छ र त्यस नियमलाई पनि आफ्नो परिस्थितिमा त्यसका सिद्धान्तलाई प्रयोग गर्न सक्छौं यदि त्यो सिद्धान्तले परमेश्वरको सिद्धान्त वा नियमलाई बाधा पार्दैन भने। यी दुबै नियम (नैतिक) बाहेक राज्यको नियम (व्यवस्था, कानुन, ऐन) पनि नैतिक नियम भित्र नै पर्छन्। राज्यको नियम राज्यलाई शान्तिपूर्वक, सुरक्षित रुपमा र हरेक नागरिकलाई फाइदा हुने (बाधा नहुने) कुरामा विशेष ध्यान दिई कानुनको निर्माण गर्दछ। यी कानुन पालन गरेमा देशको उन्नति र नागरिकको भलो (सुरक्षा) आदी हुन्छ। प्राकृतिक (भौतिक) र राज्यका नैतिक नियम पालन गरेमा आफैलाई फाइदा हुन्छ र नगरेमा बेफाइदा हुन सक्छ। तर परमेश्वरको नैतिक नियमलाई पालन गर्दा भौतिक फाइदा नै हुन्छ भन्ने कुरो छैन। किनकि यो चरित्र र आत्मिक जीवनसँग पनि सम्बन्धित छ। यसकारण हरेक मुद्दा वा सवालहरुमा हामीले के गर्दा राम्रो, के गर्दा नराम्रो अथवा के गर्दा असल वा के नगर्दा खराव आदी नैतिक कुराहरु निर्णयगर्दा परमेश्वरको वचनको सिद्धान्तलाई राम्ररी बुझेर त्यसअनुरुप (बाझिने हिसावले होइन) निर्णयगर्नुपर्ने हुन्छ।
हाम्रा सामु विशेष गरेर नेपालका मण्डलीहरुको सामु चुनौतिको रुपमा आएका जल्दाबल्दा मुद्दा (सवाल) हरुमा मण्डलीको धारणा के हो त भन्ने कुरामा कम्तिमा मण्डलीका अगुवाहरु स्पष्ट हुन जरुरी छ वा अगुवाहरु बिचमा एकरुपताको उत्तर (निष्कर्श) को निक्र्यौल हुनुपर्ने अवस्था छ।
१) पास्टरिय नैतिकता (Pastoral Ethics)
हाम्रो मान्यता र विश्वासका साथै बाइबलले यो पनि इंगित गरिदिएको छ कि सबै पास्टरहरु पास्टरिय सेवाकाईमा प्रभुबाट बोलावट पाएकाहरु हुनुपर्छ। सबै पास्टरहरु अरु विश्वासीहरुको तुलनामा केही आत्मिक उचाईमा प्रगति गरेको र अझै बढ्ने क्रममा छन् भनि बुझछौं। पास्टरहरुको प्राथमिक जिम्मेवारी आफ्नो मण्डलीको हेरचाह गर्ने आत्मिक गोठालोको काम हो। त्यो जिम्मेवारी प्राथमिकता र लगनशीलताको रुपमा लिएका छौं कि छैनौं यो एउटा गम्भीर सवाल र आजको चुनौति हो। के हामी एन.जी.ओ. पास्टर भएर काम गरिराखेका त छैनौं (आदी इत्यादीलाई ध्यानमा राखेर पास्टरिय नैतिकता आजको सर्न्दर्भमा के होला भनि छलफल र बहस गर्न आवश्यक छ।
२) परमेश्वरसँगको सम्बन्धमा इमानदारिताको (Integrity) नैतिकता
हाम्रो नैतिकता परमेश्वरसँगको सम्बन्ध र उहाँको वचनको आज्ञाकारितामा आधारित हुन्छ। तर त्यही परमेश्वरसँगको सम्बन्धले हाम्रो व्यक्तिगत जीवनको अरुसँगको सम्बन्धमा पनि सकारात्मक र नकरात्मक सम्बन्ध बन्छ। त्यही परमेश्वरसँगको सम्बन्धमा रहिरहन, विकास हुन र प्रगाढ गर्न हामी कत्तिको सजग र सम्बेदनशील छौं त? यो हाम्रो प्राथमिक नैतिकता भित्र पर्छ कि पर्दैन? किन हामी यसमा चुकिरहेका छौं? (मत्ती २३:३७-३९) आदी इत्यादी प्रश्नहरुको सहि उत्तरको निक्र्यौल गरी हाम्रो नैतिकताको मार्ग सोझो बनाउनु पर्ला कि?
३) धनसम्पत्ति प्रतिको नैतिकता
यस विषयका पनि मण्डलीका पास्टर/अगुवाहरुलाई बेलाबेलामा दोष नलागेको त होइन। यस दोषले गर्दा मण्डली पनि फुट्ने गरेका छन्। धनसम्पत्ति प्राप्त गर्नु पाप हो? परमेश्वरलाई इमानदार प्रकारले पछ्याउने व्यक्तिलाई परमेश्वरले मात्र दिने थोक मान, इज्जत र धनसम्पत्ति हुन्। के यो आशिष पाउँदा उ अनैतिक भयो? के Prosperity Theology बेठिक हो ? Prosperity Theology लाई हामीले कसरी बुझिरहेका छौं? लोभ खराव हो। गलत तरिकाले परमेश्वरले तोकिदिनुभएको सिमाबाहिर गएर लोभी भएर त्यसप्रति बढी मोह हुनु नैतिक सिद्धान्त भित्र कुन स्तरमा पर्छ ? आदी कुराको छलफल गरी गम्भीर भई यस मुद्दाको विषयमा राम्ररी बुझनु जरुरी भएको छ।
यसै गरी धेरै नैतिक सवालहरु हाम्रा माझ छन् जसले हाम्रो आत्मिक सम्बन्धसँग सिधै सम्बन्ध राख्दैनन् तर हाम्रो चरित्र, हाम्रो मनसायसँग निश्चय नै सम्बन्ध राख्छन्। तर कुनै सवालहरुले हाम्रो आत्मिक जीवनलाई प्रत्यक्ष प्रभाव पार्न सक्छन्। यसैकारण यी सवालहरुमा मण्डलीका अगुवा, पास्टरहरुका बिचमा छलफल गरी के गर्नै वा के नगर्ने, कसो गर्दा असल हुन्छ र कसो गर्दा खराव हुन्छ भनेर विचार गर्न र परमेश्वरको नैतिक क्तबलमबचम लाई बुझी हामी आफ्नो नैतिक जिम्मेवारी लिन आवश्यक छ।
आजका मण्डलीहरुले सामना गरिरहेका केही नैतिक मुद्दाहरुः
क) कामको नैतिकता (जागिर, सेवा) Work Ethics
ख) वाक नैतिकता (Speech Ethics)
ग) नारीवादी नैतिकता (Feminist Ethics)
मण्डली कतिसम्म नारीवादी भएर सेवा गर्न सक्छ ? मण्डलीको सिमा के हो ? संसारले के भन्छ भन्नेमा होइन, बाइबलले कतिसम्म जान सकिन्छ भनेको छ सो पहिल्याउनु पर्छ।
घ) समलैंगिकता? यौनिक नैतिकता
अहिले नै यी सबै मुद्दाहरुको छलफल र बहस गर्न सम्भव छैन तर पनि यो सवाललाई वेवास्ता गर्न भने सकिन्न। यी मुद्दाहरु कुनै न कुनै दिन तपाईंको मण्डली वा घरको ढोकामा ढक्ढक्याउन आउनेछन्। त्यतिबेला तपाईं के गर्नुहुन्छ ? तपाईंसँग उत्तर नै नभए कहाँ खोज्न जाने?
१ तितस १:१५ “शुद्धहरुलाई सबैथोक शुद्धै हुन्छन्, तर अशुद्ध र अविश्वासीहरुलाई चाहिँ केही कुरा पनि शुद्ध हुदैन।…..”
रोमी ३:८ “त्यसो भए, असल होस् भनेर खरावी नै चाहिँ किन नगर्ने त ……….”
यी माथिका सिद्धान्तहरु नैतिक सवालहरुका विषयमा गलत तरिकाले प्रयोग गरिएका छन्। हामी आत्मिकहरुले आत्मिक रुपमा नै यो वचनलाई बुझने कोशिश गरौं। परमेश्वरको वचनलाई आफ्नो दुनो सोझयाउने हिसाबले प्रयोग गर्न बन्द गरौं।
धन्यवाद।
Discussion about this post