संसारको अन्त तथा येशूको दोस्रो आगमनको बारेमा चेलाहरुले मत्ती २४:३मा गरेका प्रश्नको उत्तर स्वरुप येशूले केही विवरणात्मक शिक्षा दिनुहुन्छ । आउनेवाला र हुनलागेका घटनाक्रमप्रति तिनीहरुलाई उहा“ले गम्भिर रुपमा सिकाउनुभएको छ ।
येशूको नाम लिई भ्रममा पार्न र धोका दिन आउने धेरैकोबारेमा मत्ती २४ अध्यायको पद ४,५मा उहा“ले पहिले भन्नुहुन्छ । विगत केही दशकहरुमा हामीले यस्ता धेरैको बारेमा सुनेका छौं र कसैलाई देखेका पनि छौं जसले येशूको नाममा चङ्गाई, अचम्मका कामहरु, आगो झार्ने आदि इत्यादि अनौठो कामहरु गर्दै आफैलाई येशूको अवतार वा प्रत्यक्ष्ँीकरण भन्दै प्रचार गर्दै प्रकट भएका छन् । तिनीहरु पश्चिम तथा पूर्वका मुलूकहरुबाट निस्केका छन् कोही आफ्रिकाबाट पनि । कसै कसैले असल र ठीक तरीका र शिक्षा लिएर शुरु भए तापनि क्रमशः तिनीहरुले बाइबलस“ग मेल नखाने, बाइबलमा नभएका र आफैले प्रतिपादन गरेको नया“ विचार, सिद्धान्त र तवर तरीकाहरुमा मानिसहरुलँई बा“ध्न थाल्छन् । पूर्वेली धर्म र सम्प्रदायका कोही गुरुहरुले पनि आफैमा येशू भगवान समेत रहेको भन्दै प्रचार गर्ने कुःसाहस गरेका छन् । परमेश्वरको आत्माको सहायता, नियंत्रण र अगुवाईमा परमेश्वरको वचन अनुरुप परमेश्वरको राज्यको जीवन जिउन खोज्नुभन्दा पनि यस्ता झूठाहरुका पछि शारीरिक, मनोवैज्ञानिक, आवेगात्मक र भौतिक फाइदाको निम्ति धेरै मानिसहरुले लागि परेका छन् । तिनहिरुले खोजेका कुराहरु सजिलरी भेटाउने आशामा तिनीहरु यस्ताहरुप्रति आकर्सित भएका हुन्छन् ।
प्राकृतिक प्रकोप तथा राजनैतिक, सामाजिक र आर्थिक रुपमा उथलपुथल हुने एक हल्लिने संसारकोबारेमा येशूले पद ६–८ मा चेताउनी दिनुहुन्छ । त्यो अन्त नभए पनि त्यसले आउनेवाला बढ्दै जाने दुःखकोबारेमा सूचना दिन्छ । यही काम आज संसारको राष्ट्रहरुमा प्रकट हु“दैछ । एक तर्फ तिनीहरु आइपर्ने आपत्तिहरु, प्रकोपहरु र लडाईहरुप्रति दुःख, सहानुभूती र समवेदना प्रकट गर्छन तर भित्रा भित्रै हात हतियारको होडबाजी, बिक्रि वितरण तथा अतंकवाद तथा अन्यायी व्यापारलाई फस्टाउ“छन् । आणविक र रासायनिक हात हातियार थुपारेर विकसित देशहरुले यही काम गरीराखेका छन् ।
पद ९ र १०मा ख्रीष्टियनहरुमाथि हुने सांधातिक र व्यवस्थित सतावटको उल्लेख गर्नुभएको छ । स्वतन्त्रता, मानव अधिकार र धर्म निरपेक्षताको नाममा अभुतपूर्व रुपमा राष्ट्रहरुले बनाइराखेका अधार्मिक तथा असामाजिक नियम कानूनहरुको निर्माण र कार्यन्वयन यसको शुरुवात हो। साथै धर्माधिष्टित राष्ट्रहरमा सामाजिक र सरकारी रुपमा नागरिकहरुलाई धर्म र जातको नाममा भेदभाव र हेपाई भइराखेको छ । धर्म र विचारको नाममा मानिसलाई घृणा गर्ने काम आधुनिक विश्वको मुखैटा बन्न थालेका छ ।
ख्रीष्टियनहरुमा पनि परमेश्वरस“गको सम्बन्धमा चिसोपना तथा मण्डलीभित्रै झूठो शिक्षाको बढी प्रभाव पद ११,१२को विषय हो । नामधारी र धार्मक वा कार्मिक ख्रीष्टियनहरु मण्डलीहरुमा निकै लोकप्रिय हु“दैछन् र तिनीहरुले नै स्थान, मान र पदहरु ओगेट्दैछन् । हृदयको सत्यता र बाइबलीय सिद्धान्तहरुमा भन्दा पनि रीतरिवाज, तवर तरीका, परम्परा, वेशभुसा आदिमा बढि महत्व दिन थालेको छ । विश्वास, समर्पण र सुहाउ“दो जीवनशैलि बिनाको आराधना शैली, स“गीत, आराधना उत्सव, नाच गान, वाध्यवादन र अन्थ त्यस्ता भावुक भक्तिको तवर तरीकाहरुले वास्तविक सेवा र आराधनाको स्थान लिन्दैछ । यो सबै जायज छन् तर विश्वास, समर्पण र सुहाउ“दो जीवनशैलिको साथ । वचन सुन्न र गर्नभन्दा पनि भावुक भएर परमेश्वरलाई रिझाउन खोज्दैछन् (हिब्रू ११:६) मानिसहरु ।
परमेश्वरको राज्यमा प्रवेश र पूर्ण उद्धार सुनिश्चित पार्न अन्तसम्म समर्पित र स्थिर रुपमा विश्वासलाई थामी राख्नुपर्ने चुनौति पद १३मा येशूले चेलाहरुलाई दिनुहुन्छ । परमेश्वरको वा स्वर्ग राज्यको बारेमा बताउनुभएका धेरै दृष्टान्तहरुमा उहा“ले यही कुरा तिनीहरुलाई सिकाउनुभएको थियो । तदानुसार आफैलाई ख्रीष्टियन भनाउनेहरु, केही समयको निम्ति मिशन र परमेश्वरको काममा व्यस्त हुनेहरु, आत्मिक सेवा, प्रचार तथा मण्डलीका कामहरुमा संलग्न भई येशूको नाममा अचम्मका काम समेत गर्नेहरु सबै अन्तमा परमेश्वरको राज्यमा प्रवेश नपाउन पनि सक्छन् । समर्पित र स्थिर रुपमा विश्वासलाई थामी राख्ने यो जरुरी काम हाम्रो मानवीय शक्ति र अठोटले मात्र सम्भव छैन बरु हामीमा कार्यरत परमेश्वरको अनुग्रह र हामीमा बास बस्ने पवित्र आत्माको अधीनतालाई दैनिक रुपमा स्वीकार गरी उहा“मा भर परेर जिउनेबाट मात्र सम्भव हुन्छ । यो हामीलाई नम्र पार्ने महान सत्य हो, ‘म होइन ख्रीष्ट’ (गला २:२०) भने समर्पण र हाममिा उहा“को कार्य (फिलि १:६) बाट नै यो सम्भव हुन्छ । सारा आदर, धन्यवाद र महिमा उहा“लाई नै होस् ।
मण्डलीलाई विशेष कामको जिम्मेवारी सहित पद १४मा येशूले अन्तको केही चिन्ह दिनुहुन्छ । मण्डलीको उपस्थिति र साक्षीबाट उद्धारको सन्देश र उहा“को जीवित उपस्थिति तथा शक्तिको प्रदर्शन सारा संसारमा हुनु छ । उहा“माथि विश्वास गरी जिउने विश्वासी समूहबाट नै यो काम पूरा हुन्छ । तसर्थ सबै स्थान र ठाउ“मा मण्डली (विश्वासीहरुको जीवित समूह) खडा हुनुपर्छ, त्यो सानो वा नगण्य किन नहोस् । सबै मानिसहरुको माझमा येशूको सुबासना फैलिनु छ र उहा“को जीवित उपस्थितिको आभास पाउनु छ । विश्वास गर्नु वा नगर्नु तिनहिरुको छनौटको कुरा हो तर हाम्रो काम मौका उपलब्ध गराउनु हो । हरेक गाउ“, हरेक मानव समुदाय र प्रत्येक स्थानमा साक्षीको खातिर मण्डली खडा हुन आवश्यक छ । ख्रीष्टिय समुदाय खडा गर्नु र बलियो पार्नु भन्दा पनि नून र ज्योति भई उपस्थित हुनु नै मण्डलीको महान मिशन र दायित्व हो जसले येशूको आगमनलाई सहज तुल्याउ“छ र अनन्तको योजनाहरुलाई उत्कर्ष र पराकाष्टामा ल्याउ“छ ।
यसको निम्ति नै प्रत्येक खं्रीष्टियनलाई शक्तिले अभिषेक गर्नुभएको छ (प्रेरित १:८)। मण्डलीहरुले प्रत्येक सदश्यहरुलाई तिनीहरु कार्यरत प्रत्येक स्थान र अवस्थामा सक्रिय साक्षीहरु हुन तालिम दिई उत्साहित पार्नुपर्छ, यही नै मण्डलीको महान कार्य हो । यो खेतमा, पसलमा, आफीसमा, स्कूल र कालेजमा, यात्रामा वा बजारमा हुन सक्छ तर जहा“ भए पनि शब्दले होस् वा जीवनले वा रवैयाले, मौका छोप्नु छ र येशूको साक्षी भई उहा“को उपस्थिति जनाउनु छ । तिनहिरुले आफ्नो बत्ति घाटमुनि लुकाउनु पाउ“दैनन् तर चम्किनु नै छ । यो मिशनरी र सेवकहरुको काम नभई येशूलाई प्रभु मान्ने प्रत्येक ख्रीष्टियनको महान दायित्व र अधिकार हो । यसमा प्रत्येकलाई सुसज्जित र कुशल बनाउने काम चाहि“ सेवकहरुको हो (२ तिमो ३:१६,१७)।
त्यस पश्चात २४:१५ देखि २५ अध्याय भरीमा येशूले हुन आउने केही घटनाहरु, त्यसका प्रभाव आदिबारे व्याख्या गरी यो मिशन पूरा गर्नमा हामी कसरी तयार हुने भने बारेमा सिकाउनुभएको छ । तोडाहरु, कन्याहरु आदिका उखानहरुद्वारा हुन सक्ने भविष्यत र अन्तिम न्यायबारे चेताउनी दिनुहुन्छ । येशूले पूरा गर्नुभएको कामको आधारमा प्रत्येक ख्रीष्टियनलाई परमेश्वरले आफ्नो मिशनमा बोलाउनुभएको छ । त्यसमा भएको संलग्नता र विश्वासयोग्यतको आधारमा नै हाम्रो अन्तिम न्याय येशूको सिंहासन अघि हुनेछ । यो मौका साथै चुनौति हो र चेतउनीको ख्याल राखेर जिउनु र पूरा गर्नु छ ।
Discussion about this post