येशू प्रभुमा विश्वासद्वारा उद्धार पाएकाहरुले पाप कर्महरुबाटको क्षमाको बन्दोबस्त तथा पाप स्वभावबाटको छुट्कारा परमेश्वरको अनुग्रहमा सित्तैमा प्राप्त गरेका हुन्छन् । यही नै हामीलाई ख्रीष्टमा धर्मी बनाउने नया“ जन्मको काम हो । पाप नगरी जिउने खूबी पवित्र आत्माको उपस्थितिबाट हामीले पाएका र्छौ तर आत्माका जागरण, मनको बदलाउ र शरीरको अनुशासनबाट यो धार्मिकता व्यवहारमा उतार्न समय लाग्छ र यो चुनौतिपूर्ण जीवन लामो प्र्रक्रिया हो ।
हाम्रो दैनिक जीवनमा हामी पाप गरिराखेका हुन्र्छौ । हामीमा भएको पाप गर्ने बानी र हाम्रो शरीरमा बास बस्ने पापको लालसाले नै यही अवस्थामा हामीलाई पु¥याउ“छौं । हर किसिमको पाप परमेश्वरको विरुद्धको हुन्छ तर हाम्रो दृष्टिमा कुनै पाप आफ्नो विवेकको र शरीरको विरुद्धको हुन्छ भने कुनै अरु र समाजको विरुद्धको हुन्छ । अक्सर हामी पापलाई ठूलो, सानो भनी छुट्ट्याउ“छौं र त्यसबाट उम्कन केही उपाय गर्छौं । लुक्नु, लुकाउनु, डाकछोप गर्नृ, बहाना बनाउनु, अरुको र परिस्थितिलाई दोष लगाउनु, प्रतिवाद गर्नु, भाग्नु, आदि विभिन्न तरीकाहरु सहज रुपमा प्रयोग गर्छन् । तर यसले दैनिक जीवनमा क्षमाको अनुभव गर्न दि“दैन । यही कुरा युहन्नाले १ युह १ः५–१०मा उल्लेख गरेको छ । पापलाई त्यसको लालसा र जरा समेतको वास्तविकतामा स्वीकार गरी आत्माको सहायतामा त्यसको प्रभाव र उत्तेजनाबाट उम्कनु तथा मन र शरीरमा त्यस अनुसारको अनुशासन ल्याउनु नै क्षमा प्राप्ति अनुभव गर्ने उपाय हो । यो समय लाग्ने प्रक्रिया हुन सक्छ र धीरजी भई लाग्नुपर्ने हुन्छ ।
पाप क्षमाको अर्को पक्ष आफ्नो विवेक तथा अरुको सामु मिलापमा आउनु हो । मानिसमा स्मरण शक्ति भएको हुनाले हामी आफै पनि हाम्रा पापहरु बिर्सन सक्दैर्नौ र आफैलाई क्षमा दिन अप्टेरोे पर्छ । अरुले पनि अक्सर त्यही गर्र्छ र त्यही पापी अवस्थाको आधारमा नै व्यवहार र मूल्याङ्कन गर्छ । यसले क्षमा पाएको वास्तविकताको अनुभव हुन दि“दैन र शैतानले त्यसलाई प्रयोग गरी निराशा र हरेशको अवस्थामा रहन बाध्य बनाउ“छ । अक्सर ख्रीष्टिय समाज र अरुले क्षमा र मिलापको अनुभव भन्दा दोषी अवस्थामा नै जिउन कर लगाउ“छ जसले गर्दा पाप स्वीकार गरी क्षमा पाउने भन्दा पनि ढाकछोप गरी लुक्न, लुकाउने जीवन जिउन बाध्य बनाउ“छ ता कि अरु को सामु ठीक देखोेस् । यसले अझै पाप गरीरहने र नक्कली धार्मिकता र भक्ति देखाउने पद्धतिको विकास गर्छ र येशूमा भएको क्षमाको वास्तविकतालाई इन्कार गर्छ ।
येशूले पापीहरुलाई कसरी स्वीकार्नु भयो ? बाइबलको केही खण्डहरुमा हामी हेरौं ।
यूहन्ना ८ अध्यायको शुरुमा हामीले त्यो वेलाको धर्मी समाजले एक जना स्त्रीलाई व्यभिचारको काममा पक्रेर येशूको सामु ल्याएको पाउ“छौं । तिनीहरुको नियत जेसुकै भए पनि घटना घटेकै हो र त्यो स्त्री दोषी भएकै हो । तिनीहरुको माग पनि व्यवस्था अनुसार ठीक थियो । येशूले पहिले तिनीहरुको मागको बास्ता राख्नुभएन तर जब कर लाग्यो तब भन्नुभयो, “तिमीहरुमा जो पापरहित छ, त्यसैले त्यस स्त्रीलाई पहिले ढु¨ा हानोस्” । ढु¨ा हान्नै पर्ने तर कसले ? त्यस वेला येशूले पापको दोष र दण्डबाट छुट्कारा दिन खोज्नुभएन तर दण्ड दिने अधिकार र योग्यतामाथि प्रश्न खडा गर्नुभयो । वास्तवमा त्यहा“ पापरहित येशू मात्र हुनुहुन्थ्यो र उहा“ मात्र दण्ड दिन योग्यको हुनुहुन्थ्यो । उहा“ले दण्ड भन्दा पनि महान र ठूलो काम गर्न तयार हुनुहुन्थ्यो र पर्खनुभयो । सबै गए पछि त्यो स्त्रीलाई पनि स्वाभाविक रुपमा भाग्न र लुक्न सजिलो थियो होला तर उ भागिन । त्यस पश्चात येशूले “कसैले तिमीलाई दण्ड दिएन ?” भनी सोध्नुहु“दा उसले भनी, “प्रभु कसैले दिएन” । यसले उ आफ्नो पाप प्रति पश्चातापी भई दण्ड भोग्न तयार रहेकि सत्यतालाई प्रष्ट पार्छ । अब येशूको पालो आयो र उहा“ले भन्नुभयो, “(मैले तिमीलाई दण्ड दिन योग्यको भए पनि) म पनि तिमीलाई दण्ड दिन्न“ (बरु त्यो भन्दा ठूलो कुरा दिन्छु, क्षमा र नया“ जीवनको मौका) जाऊ, अनि फेरी पाप नगर” । दण्ड भन्दा ठूलो कुरा अर्थात पापको क्षमा र नया“ जीवन दान दिन येशू आउनुभएकोे थियो । उहा“लाई दण्ड नै दिन लगाउने तिनीहरुको रहर थियो तर उहा“ले त्यो स्वीकार्नु भएन । अब सोच्नुपर्ने कुरा यो हो कि त्यो स्त्री कहा“ गयिन् होला ? समाज र घरले उसलाई स्वीकार्न सजिलो छैन तर त्यसले येशूको साथमा रहेका दिदी बहिनीहरुको स“गतमा उ रहेको र त्यस अनुसारको स्वीकृति र मान पाएको हुनुपर्छ । पापबाट क्षमा पाउनेहरुलाई सुरक्षा तथा इज्जतसाथको जीवनको व्यवस्था उहा“ले प्रदान गर्नुहुन्छ ।
लूका ७ अध्यायमा (पद ३६–५०) अर्को घटना हामी पाउ“छौं । एक अनौटो स्थान र समयमा (फारिसीको घरमा र भोजको वेला) एक पापी चिनिने स्त्रीको उपस्थिति र व्यवहार सबैको निम्ति सह्य भएन । तिनीहरुको प्रतिक्रिया स्वाभाविक र जायज थियो । येशूस“गको उसको सामीप्यताले येशूको हैसियतमाथि पनि प्रश्न खडा गरेको छ । तर येशूले प्रथमतः त्यसलाई येशूप्रतिको ह्दयको सम्बन्ध र येशूलाई दिने मूल्य र मान्यताको बारेमा सचेत बनाउने मौकाको रुपमा चलाउनुभयो । भोज तयार गरेको शिमोनको नियत र येशूप्रतिको धारणाको बारेमा उहा“ले चुनौति समेत दिनुभयो । र त्यो स्त्रीलाई बेइज्जत हुनबाट बचाउनुभएको मात्र होइन शिमोनको कपटीपनलाई सबै सामु उदा¨ पार्नुभयो । अन्तमा त्यो स्त्रीलाई पाप क्षमाको घोषणा गरी त्यसको विश्वासको कामलाई (पद ३८मा पश्चाताप र येशूमाथि क्षमा पाउने आशामा त्यसले गरेको काम) सराहना गर्नुभयो । अब त्यो स्त्री कहा“ छ ? येशूको दलमा मग्दलनी मरियमको नाममा । उहा“ले क्षमा दिने मात्र नभई पुनःस्थापित गर्ने काम पनि गर्नुहुन्छ ।
यूहन्ना ४ मा हामी अर्को रोचक घटना पाउ“छौं । समाजबाट तिरस्कृत एक स्त्रीस“ग सामाजिक रुपमा अमान्य स“वाद येशूले गर्नुहुन्छ । चेलाहरुलाई समेत स्वीकार्न नसकिने (पद २७,३३) यो स“वादले त्यो स्त्रीलाई आफ्नो जीवनको वास्तविकता स्वीकार्न (पद १५,२९), त्यो भन्दा उत्तम कुरा खोज्न (पद १९,२०) र त्यसप्रति अग्रसर हुने (पद २८,२९) मौका प्रदान गर्छ । अन्तमा समाजमा स्थान भएको येशूको एक साक्ष्ँीको रुपमा त्यो स्त्री प्रस्तुत हुन्छे (पद ३९–४२) ।
यही कुरा लूका १९मा जक्कैको जीवनबाट पनि येशूले प्रस्तुत गर्नुहुन्छ । समाजबाट हेपिएका, र पापी कहलिएका (पद २,७) जक्कैलाई येशूले खोज्नुहुन्छ (पद ५,१०) र सामाजमा अमान्य रुपमा उसको घरमा पसी भोजन गर्नुृहुन्छ । अरुलाई चित्त नबुझ्ने यो कामले जक्कैलाई आफ्नो जीवनको पतित अवस्था पहिल्याउन, त्यसमा परिवर्तन ल्याउन (पद ८) र येशूप्रति आस्थावान हुने मौका दिन्छ । अन्तमा येशूले उसलाई समाजमा पुनःस्थापित गर्नुहुन्छ (पद ९) र नया“ शैलीको जीवन जिउन उत्प्रेरत गर्छ । अब उसले धनको निम्ति र धनको भरमा होइन येशूमा भएको विश्वासमा जिउ“छ ।
मण्डलीमा क्षमाको पद्धतिलाई येशूले मत्ती १८ः१५–२०मा प्रस्तुत गर्नुहुन्छ । प्रेरित पावलले यही सत्यलाई महसुस गरी गलाती ६ः१ र २मा मण्डलीहरुलाई सल्लाह दिन्छन् । याकूबले पनि यही कुरा व्यावहारिक रुपमा ५ः१३–१६मा प्रस्तुत गर्नुहुन्छ ।
Discussion about this post