• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 20, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जीवित परमेश्वरका पुत्र ख्रीष्ट

by Bhuvan Devkota
August 11, 2015
in Bible Study & Teaching
Bhuvan Devkota
Bhuvan Devkota

-भुवन देवकोटा,
जब येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले मेरो बारेमा के भन्दछन् ?” कतिले एलिया, कतिले अगमवक्ता, अरू विभिन्न कुराहरू येशूको बारेमा भन्छन् भन्ने कुरा चेलाहरूले भने । तर जब येशूले अझ गहिरिएर व्यक्तिगत प्रश्न सोध्नुभयो, “तिमीहरूचाहिं के भन्छौ ?” पत्रुसले तुरुन्तै जवाफ दिए, “तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ । अनन्त जीवनका वचनहरू तपाईंसँग छन् । हामी कहाँ जाने ?”
येशूले यस कुरालाई यसरी निश्चित गराउनुभयो र उहाँले पत्रुसलाई भन्नुभयो कि त्यो कुरा उनलाई परमेश्वरले प्रकट गर्नुभएको हो । उनी आफैंबाट आएको कुरा होइन । वास्तवमै हामीलाई थाहा छ, येशू प्रभु जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ । परमेश्वरले पठाउनुभएको एक मात्र मुक्तिदाता हुनुहुन्छ । उहाँलाई परमेश्वरले आफ्नो उद्देश्यअनुसार यस संसारमा पठाउनुभयो । आफ्नो योजनाअनुसार सारा मानिसको पापको लागि बलि हुनलाई यस संसारमा पठाउनुभयो । तर उहाँ बलि मात्रै हुनुभएन । उहाँ तीन दिनपछि बौरिउठ्नुभयो ।
पाप र दुष्टको सबैभन्दा ठूलो शक्ति मृत्युलाई उहाँले जित्नुभयो । अनि उहाँ सशरीर स्वर्ग प्रस्थान गर्नुभयो र अहिले परमेश्वरको दाहिने हाततर्फविराजमान हुनुहुन्छ किनभने उहाँ ख्रीष्ट हुनुहुन्छ । परमेश्वरले नियुक्त गर्नुभएको राजा हुनुहुन्छ । परमेश्वरले मानिसको लागि पठाउनुभएको एक मात्र सत्यको मार्ग हुनुहुन्छ । उहाँलाई पछ्याउने, उहाँलाई विश्वास गर्ने कोही पनि अन्धकारमा हिँड्नुपर्दैन किनभने उहाँ तिनीहरूका निम्ति जीवनको ज्योति हुनुहुन्छ ।
प्रसंग नेपालको नयाँ संविधान…
सायद यो लेख प्रकाशित भइसक्दासम्म हाम्रो देशमा बन्न लागेको नयाँ संविधानको लागि सुझाव लिनेदिने समय सक्किसकेको हुन्छ। अनि सायद धर्म निरपेक्षता अथवा हिन्दू राष्ट्र अथवा धार्मिक स्वतन्त्रता उल्लेख भएर नीति निर्माताहरूले संविधान निर्माणको कुरालाई मूर्त रूप दिने प्रक्रिया अगाडि बढाइसकेका हुन्छन् । नयाँ आउन लागेको देशको मूल कानुनमा सकेसम्म देशमा रहने सबै नागरिकको कर्तव्यको निश्चयता र अधिकारको रक्षा हुनुपर्दछ भन्ने सबै जनताको आशय हुन्छ ।
विभिन्न चरण र समयमा गरिएका विभिन्न आन्दोलन र युद्धका उपलब्धिहरू मानिएको यस संविधानसभाले जनताले चाहेको संविधान दिन सक्ने वा नसक्ने आफ्नो ठाउँमा छ । नयाँ संविधान आउँदा सबै पक्षलाई एकै पटकमा मान्य हुने कुरा असम्भव प्रायः छ । तर सकेसम्म अधिकतम् सहमति र अधिकतम् जनतालाई मान्य हुने कुरा आइदियो भने सायद त्यसपछि अरू कुराहरू बिस्तारै मिलाउँदै जान सजिलो हुन्छ ।
हामी ख्रीष्टियानहरूले, हामी चर्चहरूले प्रार्थना गर्ने गरेको विषयचाहिँ देश धर्मनिरपेक्ष भइदियो भने हामीलाई सहज हुनेछ । अहिले हामी दोस्रो दर्जाको नागरिकको रूपमा जिउन बाध्य छौं । देश धर्मनिरपेक्ष भयो भने हामीलाई त्यसबाट केही हलुका हुन्छ होला, केही स्वतन्त्रता हुन्छ होला । हामीले नयाँ आशाको किरण देख्न पाउँछौं होला । मण्डली र ख्रीष्टियान संघसंस्थाका सम्पत्तिको सुरक्षा हुँदा राम्रो हुन्छ होला । ख्रीष्टियानहरूले आफ्नो धार्मिक आस्थाको कारणले सरकारी निकायमा जाँदा आफ्नो शिर झुकेको अनि आफूलाई अपमानित भएको महसुस गर्दैनन् होला । त्यो अपेक्षा हामीमा छ ।
तर हामीलाई थाहा छ, नेपालको मण्डली तीस वर्षो, त्योभन्दा अझ लामो समयको सतावटमा परेर खारिएर आएको मण्डली हो । यस देशको राज्यव्यवस्थाले अहिलेसम्म येशूका अनुयायीहरूले गरेको देशप्रेमलाई बुझ्न सकेनन् । ख्रीष्टियानहरूले देशको विकास र उन्नतिको निम्ति शिक्षा, स्वास्थ्य र अन्य धेरै क्षेत्रमा योगदान दिए पनि त्यसलाई सरकारले बेवास्ता गर्दैआएको छ । देशका जनतालाई सेवा गर्न नेपालको मण्डली कहिल्यै पनि पछि परेको छैन । विभिन्न संस्था खोलेर विभिन्न असल कार्यहरू गरेर नेपालको चर्चले देशलाई, देशको सुमुन्नतिमा धेरै योगदान दिएको कुरा सबैलाई थाहा छ । तर जब अधिकारको कुरा आउँछ, तर जब ख्रीष्टियानहरूमाथि दबाब हुन्छ, प्रजातन्त्रमा पनि हामीले अपहेलना व्यहोर्नुपर्छ ।
अब मण्डलीको सर्न्दर्भमा कुरा गरौं । हामीलाई थाहा छ, येशू प्रभु संसारको मुक्तिदाता हुनुहुन्छ । येशू विभिन्न मार्ग, सत्यताहरू र जीवनहरूमध्ये एउटा हुनुहुन्न, तर उहाँ नै बाटो, सत्य र जीवन हुनुहुन्छ भन्ने कुरा जब हामीले विश्वास गर्दछौं, त्यही विश्वासले हामीलाई र हाम्रो इतिहासलाई सम्पन्न बनाएको छ । त्यही विश्वासले हामीलाई आत्मामा धन्य बनाएको छ ।
उहाँ नै जीवित परमेश्वरको पुत्र हुनुहुन्छ । जस्तोसुकै संविधान आए पनि हामी डराउनुपर्दैन, हामी आत्तिनुपर्दैन । संविधानको जुनसुकै बुँदामा जेजे लेखिए पनि हामीलाई यति कुरा थाहा छ, परमेश्वरको इच्छाबिना यस देशमा केही पनि हुँदैन । परमेश्वरले नचाहेसम्म यस देशमा कुनै पनि कुरा आउँदैन । किनभने नेपालको चर्चको लागि परमेश्वरको विशेष योजना छ । अचम्मको योजना छ । हामी कतिजनाले सोचेजस्तो संविधान आउला वा नआउला, त्यो आफ्नो ठाउँमा छ ।
हाम्रो प्रार्थना, हाम्रो प्रयासचाहिँ सकेसम्म धर्मनिरपेक्षता आओस् भन्ने हो तर आएन भने पनि हामीलाई यति थाहा छ, परमेश्वरले कुनै अभ्रि्रायले वा कुनै योजनाले त्यो कुरा हुन दिनुभएको हुन्छ । हामीले कति पल्ट बुझ्दैनौं होला । तर जब हामीले बुझ्दछौं, तब हामीले त्यो बेला परमेश्वरलाई धन्यवाद दिन सक्छौं । परमेश्वरले आफूले ठीक ठहराउनुभएर नै सबै कुरा हुन दिनुहुन्छ ।
परमेश्वरले अब्राहामलाई भन्नुभएजस्तै हामी धर्मी छौं भने परमेश्वरले हाम्रो देशलाई नाश हुन दिनुहुन्न । अनि हामीलाई थाहा छ, संविधानको धारा, उपधारामा जेसुकै लेखिए पनि येशू जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ । उहाँमा नै सबै कुरा उहाँद्वारा उहाँकै लागि नै सृष्टि गरिएको हो । सृष्टि गरिएको कुनै पनि थोक उहाँबिना सृष्टि गरिएन । त्यसकारण उहाँ ज्योति हुनुहुन्छ र हामी त्यही ज्योतिमा जिइरहनेछौं । नेपालको मण्डली आफ्नो जीवन येशूको ज्योतिमा जिइरहनेछ । संविधानले हामीलाई अधिकार दिए पनि नदिए पनि हामीलाई स्वर्गबाट अधिकार छ । हामीलाई स्वर्गबाट परमेश्वरको अनुग्रह छ । अनि त्यो अनुग्रह भयो भने नेपालको चर्च जस्तोसुकै परिस्थिति आए पनि, सुख वा दुःख जुनसुकै आए पनि खडा रहन सक्छ । …येशूमा जीवित रहन सक्छ ।

 

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In