हालै देशमा गएको महाभुकम्पमा परेका पिडितहरुको लागि नेपाल क्याथोलिक समुदायको समाजिक हाँगाको रुपमा रहेको कारितास नेपालले यसको विश्वव्यापी संजालको सहयोगमा पहिलो एक महिनाको अबधिमा करिब एक लाख तीस हजार भन्दा बढि व्यक्तिहरुलाई राहात समाग्री प्रदान गरिसकेको छ ।
कारितासले काठमाण्डौं उपत्यका लगाएत अति प्रभावित जिल्लाहरु गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, धादिङ्ग, लमजुङ्ग, रसुवा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गाका विभिन्न गाविसहरुमा सरकार संगको समन्वयवनमा त्रिपाल, प्लाष्टिक म्याट, कम्बल जस्ता अस्थायी बसोबासका समाग्रीहरु तथा दाल, चामल, नुन तेल जस्ता खाद्य समाग्रीहरु र स्वास्थ्य सरसफाईका समाग्रीहरु वितरण गरेको हो ।
कारितासका नेपाल विश्वमै मानवीय सहायताको लागि दोस्रो ठुलो संजालको रुपमा रहेको भ्याटिकन स्थित “कारितास इन्टरनेसनालिस” को एक राष्ट्रिय स्तिरको समाजिक संस्था हो ।
कारितासले प्रेमलाई कार्यमा रुपान्तरण गर्दै भुकम्प प्रभावित जनसमुदायसमाझ आफ्नो सेवालाई विस्तार गर्दे लगेको कुरा कारितास नेपालका संरक्षक विशप पाउल सिमिकले भन्नुभयो । “भुकम्पबाट क्षतविक्षत भएकाहरुको जीवन बचाउन र आम नेपाली समुदायमाझ आशा जगाउन हामी उपस्थित भएका छौँ” — उहाँले थप्नुभयो ।
त्यसै गरी कारितासले सिन्धुपाल्चोक र गोरखाका उपल्ला क्षेत्रहरुमा २ दिन सम्मको पैदल यात्रा गरी स्वाथ्य सेवा पनि प्रदान गरेको कुरा कारितास नेपालका कर्मचारी प्रकाश खड्काले जानकारी गराउनु भयो । खड्काका अनुनसार हाल सम्म करिब दुई हजार क्विटल खाद्य समाग्रीहरु, करिब असी हजारको हाराहारीमा त्रिपाल, टेन्ट तथा कम्बलहरु वितरण गरिसकेको र बाकी रहेका ठाउहरुका वितरण कार्य जारी रहेको छ ।
गत हप्ता (जेठ ९ गते) मात्र नयाँ दिल्ली स्थित नेपालका लागि भ्याटिकनका राजदुत नुन्सियो साल्भाटोर पिनान्ससियोले प्रधानमत्री सुसिल कोइराला संग भेट गरी विपदको यस घडिमा आपलकालीन सहयोगको लागि कारितासको प्रतिबद्धता जाहेर गर्नु भएको थियो । उक्त छलफललाई उघृत गदै कारितासका कार्यकारी निर्देशक फादर पायस पेरुमानाले भन्नु भयो — “हामीले प्रधानमन्त्री समक्ष कारितास नेपालको दिर्घकालीन योजना र प्रतिबद्धता जनाई सकेका छौं”, हामी सामान्य राहत वितरण गरेर र्फकदैनौ, हामी लामो समयसम्म पुननिमार्णको कार्यमा लाग्नेछौं ।
स्रोतका अनुसार कारितासले कम्तिमा एकलाख पचहत्तर हजार व्यक्तिहरु लाई पहिलो दुई महिना भित्र तत्कालीन राहात प्रदान गर्ने लक्ष्य लिएको छ भने पुर्न निमार्णको योजना पनि चाडैनै सुरु हुनेछ ।
Introduction: International Needs Network Nepal (INNP) is a Non-Government Organization registered in district administration office, Lalitpur. It Implements different projects...
Discussion about this post