• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, May 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सुकेका हाडहरुको बेंसी

by NepalChurch.com
May 15, 2013
in Articles, News & Events

Resham Kumar Sunuwarइजकिएल अगमवक्ता अनि पुजहारी थिए। इजकिएलको पुस्तक लेख्ने पनि यिनै बुजीको छोरा इजकिएल थिए।इ. पू. ५९७ को दोस्रो कैदको बेलामा इजकिएल बेबिलोन लगिएका थिए। त्यसको ४ वर्षछि उनले अगमवक्ताको काम शुरु गरेर २२ वर्षम्म जारी राखे भन्ने वाइवल विद्धानहरुको धाराणा छ।

इजकिएलको नाउँको अर्थ “परमेश्वरले बलियो तुल्याउनुहुन्छ” अथवा “परमेश्वरले कठोर बनाउनुहुन्छ” भन्ने हो।इस्राएलीहरु बेबिलोनको कैदमा रहेको अवस्था थियो। यहूदा राज्य अथवा इस्राएलीहरु बेबिलोनको शासक नवुकदनेसरको समयमा कैदमा रहेको अवस्थामा इजकिएलले यो पुस्तक लेखेका थिए। यहूदाको पापका कारण परमेश्वरको वचनको वेवास्ता गरेको कारण आज निर्वासनको जीवन व्यातित गरीरहेका यहूदाका मानिसहरुको लागि इजकिएलले आगमवाणीको सेवाद्धारा परमेश्वरको वचनको प्रकाश र सन्देश ल्याई नै राखेका थिए।

इजकिएल अगमवक्ता अनि प्रचारक थिए। इजकिएललाई यहाँ परमेश्वरले आत्मामा सुकेको हाड भएको बेंसीमा लानुभयो। यहाँ विभिन्न प्रकारका प्रश्नहरु उठ्न सक्दछन्। एउटा अभिषिक्त अगमवक्ता अनि प्रचारकलाई यस्तो सुकेको हाड भएको बेंसी भएको ठाउँमा किन लैजानुभएको होला? किन राम्रो मानिसहरु, विश्वासीहरु अथवा सुसमाचार सुनाउनु पर्ने ठाउँमा नलानुभएको होला ? यहाँ थुप्रै प्रश्नं.हरु उठ्न सक्दछन्। तर परमेश्वरले इजकिएललाई एउटा महान शिक्षा दिन लाग्नुभएको थियो। बेंसीको सुकेको हाडहरु जीवित भएका कुराले यही कुराको संकेत गर्दछ कि तपाईको आत्मिक जीवनमा सुख्खा र मृत अवस्थामा भएको महसूस गर्नुभएको छ भने पनि परमेश्वरमा तपाईको निम्ति महान आशा छ भन्ने कुरा देखाउँदछ।

इजकिएल ३७:१ परमप्रभुको हात ममाथि पर्यो, अनि उहाँले मलाई परमप्रभुको आत्माद्धारा ल्याउनुभई हाडै-हाड भएको बेंसीमा राख्नु१भयो।

परमेश्वरले इजकिएललाई एउटा सुन्दर ठाउँ देखाउन सक्नुहुन्थ्यो तर यहाँ उसलाई सुकेको हाड भएको बेंसी देखाउनुभयो। उनले ती हाडहरु सुकेका र एकदमै खङ्ग्र परेको देखे। यहाँ एउटा आशारहित एउटा निराशाजनक परिस्थितिको प्रतिनिधित्व गरेको अवस्थाको संकेत गरीरहेको थियो। यहाँ परमेश्वरल इस्राएलीहरुको अवस्थाको प्रतिविम्वित गर्राईरहनुभएको थियो। बेबिलोनको कैदमा रहेका अवस्था अनि आत्मिक र उनीहरुको आफ्नो मौलिक हक अधिकार र राष्टियता गुमाएका अवस्था थियो। तनाव, निराशा र पींडाहरुको थाक तिनीहरुमा थुप्रिएको थियो। इजकिएललाई परमेश्वरले हाडै-हाड भएका बेंसीमा उहाँको आत्माद्धारा लैजानुभयो। अनि परमेश्वरले उहाँको काम र प्रतिज्ञालाई ताजा बनाउने कुरामा उहाँ सदैब प्रतिवद्धता हुनुहुन्छ भन्ने कुरा इजकिएललाई देखाउदै हुनुहुन्थ्यो। शाररिक बल बुद्धिमा र संसारिक धन सम्पत्तिको तुजुकमा होईन तर परमेश्वरको आत्माद्धारा हामी चल्नुपर्छ, हिंड्नुपर्छ भन्ने पनि हो।

इजकिएल ३७:२,३ उहाँले मलाई ती हाडहरु भरिएको बीचमा तल-माथि लानुभयो। र मैले त्यस बेसीको जमीनमा थुप्रै हाडहरु देखें। ती हाडहरु असाध्य सुकेका थिए। उहाँले मलाई सोध्नुभयो। हे मानिसको छोरो के यी हाडहरु फेरी जीवित हुन सक्छन् ? मैले जवाफ दिएँ, हे परमप्रभु परमेश्वर यो केवल तपाईले मात्र जान्नुहुन्छ।”

यहाँ इजकिएलको आशारहित, यो सुकेको हाड भएको बेंसीमा जहाँ मृत कुरा देखेर निराशा भएको कुराको हामी कल्पना गर्न सक्दछौं। परमेश्वरले इजकिएललाई सुकेको हाडहरु देखाएर प्रश्नं. सोध्नुभयो। के यो हाडहरु जीवित हुन सक्दछन्? तिम्रो  बिचार के हो? के हाम्रो सुख्खा बेसीमा जीवन आउन सक्छ? जागृति आउन सक्छ र? र इजकिएलले भन्छन्, “प्रभु तपाईले मात्र जान्नुहुन्छ।” निश्चय पनि हामी यस्तो जागृतिको निम्ति परमेश्वरमा मात्रै भर पर्न सक्दछौं। हाम्रो दृष्टि परमेश्वरमा हुनुपर्दछ हाम्रो आफ्नो नाजुक परिस्थितिमा होईन। इजकिएललाई परमेश्वरले सोध्नुभएको थियो कि हे मानिसको पुत्र के यी हाडहरु जीवित हुन सक्दछन्? इजकिएलले त्यहाँ भएको बेसीका सुकेका हाडहरु जीवित हुन सक्छन् कि सक्दैनन भन्ने कुरा उसको आफ्नो क्षमताभित्रको कुरा थिएन। एउटा मानिस भएको नाताले उसको आफ्नो मानवीय बिचारअनुसार यो हाडहरु कसरी जीवित हुन सक्छन् भन्ने प्रश्नं. आउन सक्थ्यो। यद्यपि उनले भने, “हे परमप्रभु परमेश्वर यो त केवल तपाईले मात्रै जान्नुहुन्छ।” कति कुरा हाम्रो निम्ति कठीन छन्। कति कुरा के हुन्छ भनेर हामी ठयाक्कै भन्न सक्दैनौं। तर परमेश्वरले जान्नुहुन्छ। निराशामय अवस्था परिवर्तन भएर आशा आउन सक्छ कि सक्दैन? यो कठीन समस्या हट्न सक्छ कि सक्दैन? यो रोग निको हुन सक्छ कि सक्दैन? परमेश्वर तपाई जान्नुहुन्छ। उहाँ सबै परिस्थिति र अवस्थाभन्दा माथि हुनुहुन्छ। कति प्रश्नंको उत्तर र जवाफ आज मानिसमा छैन। यदि सबै कुराको उत्तर र जवाफ मानिसमा भएको भए आज मानिस दुःखी, निराशा बनेर जिउँदैन थिए। मानिसको ज्ञान र त्यसको क्षमता सीमित घेरामा बाँधिएको छ। तर परमेश्वर त र्सवव्यापी हुनुहुन्छ। र्सवशक्तिमान हुनुहुन्छ। र्सबज्ञानी हुनुहुन्छ। उहाँ सबै कुरा जान्नुहुन्छ। भूत, वर्तमान र भविष्यको सबै कुरा उहाँ जान्नुहुन्छ। सबै कुराको उत्तर पनि उहाँमा नै छ।

इजकिएल ३७:४ तव उहाँले मलाई भन्नुभयो, यी हाडहरुलाई आगमबाणी कहेर भन्। हे सुकेका हाड हो, परमप्रभुको वचन सुन्।

लेखिएको वचन सिकाउन र प्रचार गर्नलाई अति महत्वपूर्ण हुन्छ। तर आगमवाणिक वचन पवित्र आत्माको काममा चलायमान हुन्छ। अभिषेकयुक्त वचन मानिसको बुद्धिबाट आउने कुरा होईन। परमेश्वरले इजकिएललाई सुकेको बेंसीको हाडहरुलाई आगमवाणी गर्नलाई आदेश दिनुभयो। यो काम मूर्ख जस्तो भए तापनि यो गर्नु आवश्यक थियो। इजकिएलको काम अब यहाँ ती बेंसीको सुकेको हाडहरुलाई परमेश्वरको वचन प्रचार गर्नु थियो। ती सुकेको हाडहरुको निम्ति परमेश्वरको वचनको खाँचो थियो। जहाँ परमश्वरको वचन हुँदैन त्यहाँ सुख्खा र उजाड हुन्छ। जहाँ परमेश्वरको वचन सुनिन्छ। जहाँ परमेश्वरको वचन पालन गरिन्छ। त्यस्तो प्रकारको मानिस “खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ। जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओईलाउँदैन। त्यसले जे पनि गर्छ त्यो त्यसमा सफल हुन्छ।” भजनसंग्रह १:३। इजकिएललाई दिइएको काम सुकेका हाडहरु परमेश्वरको वचन सुनाउनु भनेर भनिएको थियो। उनको काम सुकेका हाडहरुलाई परमेश्वरको वचन सुनाउनु थियो। जीवित मानिसलाई पो परमेश्वरको वचन सुनाउनु ! यो सुकेको हाडहरुलाई के को परमेश्वरको वचन सुनाउनु – भनेर इजकिएल सटुक्कै आफ्नो बाटो लाग्न पनि सक्थे। तर इजकिएलले परमेश्वरको वचन ती सुकेका हाडहरुलाई प्रचार गरे। हामी जे गर्र्छौ त्यो परमेश्वरको आज्ञापालन गछौं र त्यस अनुसारको जीवनशैली जिउँछौ भने परमेश्वरले काम गर्नुहुन्छ। हामी केवल माध्यम र उहाँको आदेशको परिपालाना गर्ने हौं तर कामचाहिं परमेवरले गर्नुहुन्छ। यहाँ इजकिएल मूर्ख जस्तो देखिए तापनि परमेश्वरको आदेशलाई शिरोपर गरेका छन्।

इजकिएल ३७:५,६ यी हाडहरुलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, म तिमीहरुमा सास हालीदिनेछु र तिमीहरु जीवित हुनेछौं। म तिमीहरुमा नसाहरु टाँसीदिनेछु, र तिमीहरुमा मासु वढाईदिनेछु, र छालाले म ढाकीदिनेछु, र तिमीहरुमा सास हालीदिनेछु, र तिमीहरु जीवित हुनेछौ। तब तिमीहरुले म नै परमप्रभु हो भनी जान्नेछौ।”

सासको अर्थ ह्रि्रुमा हावा अथवा आत्मा भनेर बुझिन्छ। आत्मामा नयाँगरी जन्मनुपर्ने कुरामा जोड दिईएको छ। पवित्र आत्माले भरिनु भन्ने कुरामा जोड दिईएको छ। आत्मिक रुपमा परिवर्तन हुनु जरुरी छ भन्ने कुराको संकेत गरेको छ। इजकिएलले सुकेका हाडहरुलाइ बोलेका छन्। आगबाणी गरेका छन्। ए सुकेका हाडहरु हो, परमेश्वरले यसो भन्नुहुन्छ, तिमीहरुलाई सास हाल्नुहुनेछ। उहाँले तिमीहरुलाई जीवित पार्नुहुनेछ। नसाहरु, मासु, छाला हालेर तिमीहरुलाई जीवित पार्नुहुनेछ। अनि म नै परमेश्वर पमप्रभु हो भनेर जान्नेछौ। परमेश्वरले इजकिएललाई बोल्नको लागि दिइएको कुरालाई उनले बोली पठाए। प्रचार गर्ने कामलाई उनले थाँती राखेनन्। जब परमेश्वरले हामीलाई केही गर्नलाई आदेश दिनुहुन्छ हामी त्यसलाई गर्नुपर्छ। किन ? के ? कसरी ? जस्ता प्रश्नंहरु तेसाएर अनि शंका गरेर यस्तो मूर्ख काम के गर्नु भनेर बाठो हुने कोशिस गर्नु हुँदैन। परमेश्वरलाई हामीले सिकाउने होईन कि हामीले परमेश्वरबाट सिक्नु पर्दछ। कतिपल्ट हामी परमेश्वर भन्दा बाठो हुने कोशिस गरेर समस्यामा पर्न खोजेका हुन्छौं। हामी सबै कुरामा सिद्ध छैनौं। एक जना माझी सानैदेखि नदीमा डुङ्गा चलाएर गुजारा चलाउने काममा लागेको रहेछ। उसले धेरै मानिसहरुलाई जीवनमा उसको डुङ्गामा राखेर वारी र पारी तार्ने काम गरीसकेको थियो। एक दिन एक जना शिक्षित मानिस त्यस डुङ्गामा बसेर माझीसँग जादैगर्दा उसले माझीलाई प्रश्नं. सोधेछ, “ए भाई तिमीलाई हिसाब आउँछ? माझीले भनेछ, आउँदैन। थुइक्क तिमी त सार्है बुद्धु पो रहेछौ। फेरी उसले प्रश्नं. सोधेछ, तिमीलाई बिज्ञानको कुरा आउँछ? उसले भनेछ आउँदैन। तिमी त अति नै मूर्ख पो रहेछौं। यस्तै तरिकाले प्रश्न सोध्दै डुङ्गामा पारी तर्ने क्रममा आचनक ठूलो आँधी आएछ। अनि डुङ्गा पल्टन लागेछ। तब माझीले त्यो शिक्षित मान्छेलाई सोधेछ, के तपाईलाई पौडी खेल्न आउँछ? उसले भनेछ आउदैन। तिमी त महामूर्ख रहेछौ। लौ अव तिम्रो हिसाब, तिम्रो विज्ञान अनि तिमीसँग भएको सारा ज्ञानले आफैलाई बचाउनु भनेर माझी नदीमा हाम फालेर पौडेर निस्केछ। डुङ्गा पल्टेर त्यो ज्ञानी र बुद्धिमानी मान्छे त आँधी र छालसँगै कता हरायो कता? आज कुनै पनि मानिस सबै कुरामा सिद्द र जान्ने छ भन्नु केवल मूर्खता मात्रै हो। तर्सथ हरेक मानिस परमेश्वरमा भर पर्नु उहाँमा विश्वास गर्नु र उहाँमा आज्ञा पालन गर्नु अति नै महत्वपूर्ण छ। किनकि परमप्रभु परमेश्वर सबै कुरा जान्नुहुन्छ ।

इजकिएल ३७:७, ८ यसैले उहाँले आज्ञा गर्नुभए झैं मैले आगमवाणी कहे। जब मैले आगमवाणी कहादैथिएँ, तब त्यहाँ कर्याककुरुक आवाज भयो, र ती हाडहरु एक-अर्कोसित जोडिन लागे। अनि मैले हेर्दाहेर्दै तिनमा नसा र मासु भरिए र ती छालाले ढाकिए, तर तिनमा सासचाहिं थिएन।

आज्ञाकरिताले जागृति ल्याउन मद्धत गर्दछ। जब इजकिएलले आगमवाणी कहे। सुकेको हाडहरुलाई आदेश दिए। तब त्यहाँ ती सुकेको हाडहरुमा कर्याककुरुक आवाज आयो। हाडहरु एक अर्कामा जोडिन लागे। सुख्खा थियो। जीवन थिएन। मृत्युको अवस्था थियो। यद्यपि इजकिएलले यी सुकेका हाडहरुमाथि परमेश्वरको आज्ञा मानेर आदेश दिईरहेका छन्। जब ती सुकेका हाडहरुले परमेश्वरको वचन सुने, तिनीहरुमा आवाज आयो। अनि तिनीहरु एक आर्कासित जोडिन लागे। शायाद ती हाडहरु एक-अर्काबाट अलग भएका थिए। छरपष्टिएका थिए। अब फेरी जोडिने अनि यसमा कुनै रुप आउनु, त्यसमा जीवन आउने कुराको कुनै कल्पनासम्म पनि थिएन। जब परमेश्वरको वचन सुने, तब कर्याककुरुक आवाज निकालेर तिनीहरु एक-अर्कामा जोडिन लागे। परमेश्वरको अदभूत काम त्यहाँ हुन थाल्यो। शायाद इजकिएल अगमवक्ता यो कुरा देखेर छक्क माने होलान। अचम्ममा परे होलान्। जब हामी परमेश्वरले भनेको कुरामार् इमान्दारीसाथ लाग्दछौं भने त्यसमा परमेश्वरले आफ्नो अचम्मको काम गर्नुहुनेछ। त्यहाँ सुकेको हाडहरुमा शरीरचाहिं बनीसकेको तर सास नभएको अवस्था भयो। हेर्दाहेर्दै ती सुकेका हाडहरुमा नसा, मासुहरु भरिए। छालाले ढाकिए। तर अझै यसमा सासचाहिं आईसकेको थिएन। हामी जान्दछौं कि शरीरमा एकता मनमा एकता अनि सँगै आउनाले सुकेका बेंसीहरुमा जीवन र जागृति आउन सक्दछ। त्यहाँ आशा र जीवनले भरिन्छ ।

इजकिएल ३७:९, १० तब उहाँले मलाई भन्नुभयो। “हे मानिसको छोरो, सासलाई आगमवाणी गर्। आगमवाणी गर र त्यसलाई भन् “परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हे सास चारै दिशाबाट आईजा र यी मारिएकाहरुमाथि फुकी दे र ती जीवित भएर उठून्। तब उहाँले आज्ञा गर्नुभएझैं मैले आगमवाणी कहन लागे, र सास तिनमा पस्यो। तिनीहरु जीवित भएर आ-आफ्ना खुट्टामा उभिए, र त्यहाँ एक अत्यन्तै ठूलो सेना भयो।”

इजकिएललाई यहाँ सासलाई आगमवाणी गर्नु भनेर भनिएको थियो। यहाँ सास आईजा र मारिएकाहरुमाथि फुकीदे र यी सुकेका हाडहरु जीवित भएर उठुन् भनेर इजकिएललाई परमेश्वरले भन्नुभएको थियो। बेंसीका ती सुकेका हाडहरुमाथि परमेश्वरको सास फुकीदिन र सासद्धारा जीवित पारिनु आवश्यक थियो। जब परमेश्वरको भाँडाको रुपमा इजकिएलले काम गरे अनि परमेश्वरको सास फुकियो तब मरेका र सुख्खा बेंसीका हाडहरु जीवत भएर एक ठूलो सेनाको रुपमा खडा भए। परमेश्वरले इजकिएललाई आत्मामा ती सुकेको हाडहरु भएको बेसीहरुमा लगेर केही कुरा सिकाउनुभएको थियो। आज हामी हरेक विश्वासीहरुको लागि पनि यो इजकिएलको दर्शन उत्तिकै महत्वपूर्ण र समय सापेक्ष छ। हाम्रो जीवन, मण्डली, परिवार, अनि अवस्थाहरुमा समय सार्न्दभिक छ।

चुनौती : तपाई आज कतै यो सुकेको बेंसीको हाड जस्तै अथवा त्यस्तो अवस्थामा हुनुहुन्छ कि? तपाईलाई परमेश्वरको आत्माको जागृति र अभिषेकको खाँचो छ? आज तपाईको कुन कुरा सुकेको छ? तपाईको आत्मिक जीवन? तपाईको परिवारिक जीवन? तपाईको व्यापार व्यावसाय? तपाईको स्वस्थ्या र आर्थिक ? तपाईको योजना र दर्शन ? आज के कुरा तपाईको सुकेको हाड जस्तै बनेका छन् ? के कुरा तपाईको  जीवनमा आशारहित, निराशाजनक छन् ? विश्वासद्धारा परमेश्वरको बचन र प्रतिज्ञाको दाबी गर्नुहोस्। परमेश्वरले तपाईको निम्ति जीवन र आशा ल्याउन चाहनुहुन्छ। आत्माको आशिषको झरी खन्याउन चाहनुहुन्छ। आत्माको अभिषेक पठाउन चाहनुहुन्छ। तपाईले सोचेको र बिचार गरेको भन्दा उत्तम तरिकाले उहाँ तपाईको जीवनमा काम गर्न चाहनुहुन्छ। तपाई त्यागिएको, एक्लो, आशारहित अनि तपाईको सारा सपनाहरु सबै चकनाचुर भएको महसूस गर्नुभएको छ कि? मलाई सहायता गर्ने कोही छैन मेरो जीवन यति नै हो भनेर भन्दै हुनुहुन्छ कि? परमेश्वरमा हाम्रो निम्ति ठूलो आशा छ। उहाँ सुख्खा र खडेरी परेको अवस्थामा पवित्र आत्माको झरी वर्षाउनुहुन्छ। तपाईको जीवनको निम्ति सबै उत्तर परमेश्वरमा नै छ ।

रेशम कुमार सुनुवार,

पो व नं. १३९०२, काठमाडौं ।

Republished in new layout 15-May-2013

written by Birendra Rai , January 28, 2012

Thanks Awesome God. thank you Resham dai..Praise the Loard..Great Article. i feel here live yours Preaching in Church. god will give you so more bless.

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In