पास्टर अगुवाज्यूहरू तथा सम्पूर्ण ख्रीष्टियजनहरू,
मुलुकमा शान्ति सुव्यवस्था कायम रहोस र गणतान्त्रिक नेपालको नयाँ संविधान निर्माणका लागि सबै राजनीतिक दलहरूबीच समझदारी र सहमति हुन सकोस भनी आउँदो माघ ३ गते शनिवार आराधना संगतिको समयमा आआफ्नो मण्डलीमा कमसेकम आधा घण्टा विशेष अर्जबिन्ति प्रार्थना गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।
नेपाल ख्रीष्टिय समाजका संयोजकहरूको एक आकस्मिक बैठकले विद्यमान परिस्थितिमा हाम्रो देशको लागि एकसाथ प्रार्थना गर्नु अति नै महत्वपूर्ण अवस्था आएको ठहर गरेको छ । त्यसर्थ नेपाल देशभरि नै सम्पूर्ण मण्डलीहरूले यस िवषयलाई निरन्तर प्रार्थनामा राखौं भनी सम्पूर्ण पाष्टर अगुवाज्यू तथा ख्रीष्टियजनहरूमा विनम्र निवेदन गर्दछौं | धन्यवाद ।
डा तीर्थ थापा
केन्द्रिय संयोजक
नेपाल ख्रीष्टिय समाज
If you would like to get updates from NCS please like the NCS Facebook page.
Discussion about this post