योसेफ सत्र वर्षो हुँदा सपना देखे र दाज्यूहरुलाई भने, “मैले देखेको सपना सुन्नुहोस्। हामीहरु खेतमा अन्नका बिटा बाँधिरहेका थियौं। मेरो बिटाचाँही ठाडो भयो, र तपाईहरुका बिटाहरु त्यसका चारैतिर जम्मा भएर मेरो विटालाई दण्डवत् गरे।” (उत्पत्ति ३७: ६-७)
बिचरो ! केटोलाई के थाह यसको अर्थ दाज्यूहरुले कसरी बुझे भनेर। यस कुराले दाज्यूहरु भन्दा आफुलाई ठूलो देखाउनलाई थिएन तर निष्कपट आफुले देखेको कुरामात्र दाज्यूहलाई भनेको थियो। तर दाज्यूहरुले यसलाई अर्कै अर्थमा लिए र भोली यसलाई हामीले ढोग्नु पर्ने हो कि भनेर यसबाट बँच्नलाई मार्न खोजे तर त्यहाँ कोही दाज्यू थिए उसलाई बचाउँन चाहने, उसले मार्नबाट त बँचायो तर उसलाई बाबुकोमा फिर्ता पुर्या्उन सकेन, बिचैमा दाज्यूहरुले मिद्यानी व्यपारीहरुको हातमा बेचिदिए। मानिसको हृदयमा खराब कुराले स्थान लिएको छ भने सँधै खराबी तिर नै हुनेछ। “त्यो स्वप्न-दर्शी आउँदैछ। लौ, अब हामी त्यसलाई मारेर एउटा खाडलमा फलिदिऔं। जङ्गली पशुले त्यसलाई खाएछ क्यारे भनी हामी भनौं, र त्यसका सपनाहरु के हुँदोरहेछन्, हेरौला”। (उत्पत्ति ३७:१८-२०) हामी अधैर्य भएर क्षणिक सुरक्षाको अनेक उपयाहरु गर्दछौं। तर यदि परमेश्वरको निर्णयलाई कसैले टार्न सक्छ र? पहिले यो परमेश्वरबाट हो कि होइन जाँच गर्नु पर्यो यदि हल्लाको कुरा हो भने त्यसै हराउने छ तर परमेश्वरबाट के हो भने पहरासँग कुहिनाले ठोकेर केहि फायदा हुन्छ र? तर बिचरो ! योसेफ, दशैको खसी बोका झै व्यपारीको हातमा भयो। पोतिपरको घरमा भएको घटनामा दोष विना नै झ्यलखानामा पुग्यो, (उसको गोहार सुनिदिने अर्काको देशमा कोही थिएनन्) यी बर्षहरुमा थुप्रै दुःख कष्ट सहनु पर्यो उसले, तरमा धैर्य धारण गर्ने शक्ति परमेश्वरले दिनु भएको थियो, किनकी यसबाट सपनाको अर्थ बुझाउनु थियो दाज्यूहरुलाई र कनानमा भएका याकुबका सन्तानलाई अनिकालबाट बचाउँनु थियो। “यसकारण योसेफका दाज्यूहरुले (जसले बेचेका थिए) आएर भूइसम्म निहुरेर तिनलाई ढोग गरे”।(उत्पत्ति ४२:६) के दाज्यूहरुले योसेफलाई बेचेर उनले देखेको सपनाबाट उम्कनच्न सके त? निश्चय सकेनने यो क्षणिक आनन्द थियो। योसेफ सोफो मानिस थियो, उ प्रेमिलो थियो जब दाज्यूहरु आपसमा कुरा गरेको सुनेर उनी रोए। (उत्पत्ति ४२:२४) दुःखमा न आत्तिनु सुखमा नमात्तिनु भनेको उखान यथार्तमा सत्य नै हुन्छ। बोल्नमा हामी होशियार हुनुपर्दछ, भन्ने कुरा पनि हामीले सोच्नु पर्दछ। किनकी बोली र गोलि निस्केपपछि फिर्ता गर्न सकिदैन। केवल पछुतो मात्र गर्नु हुनेछ।
यस्तै अर्को व्यक्ति परिवार थियो नयाँ करारको योसेफ र मरियम सहारा विहिन भएर मिश्र देशमा भाग्नु पर्यो। यो परमेश्वरको आव्हान थियो र योसेफले पालन गरे। अर्को मुख्य व्यक्ति त येशू नै हो, विलकुल एक्लो। आफुले सिकाएको शिष्यहरु १२ जना नै उहाँलाई छोडेर भागे। एक्लाको सहारा परमेश्वर हुनुहुन्छ तर प्राय धर्ैय धारण गर्नु नै पर्छ यसको परिणाम थाह पाउनको लागि। एलिया अगमवक्ताले बाल र अशेरा देविका पूजाहारीहरुलाई मारे पछिर्,र् इजबेलको धम्किले भागेको हामी देख्छौं तर परमेश्वरले उसलाई छोड्नु हुन्न (आफ्नो योजना परमेश्वरले पूरा गर्नु हुनेछ) किनकी उसको काम अझै बाँकि थियो। यसकारण एक्लो छु भनेर नीराश नहुनु होस् कहिले काँही मैले अनुभव गरेको छु एक्लो पनको। संसारमा नै कोहि नभए जस्तो लाग्छ। परिवारबाट पनि एक्लो र साथीसँगिहरुबाट पनि एक्लो र पेसा सेवकाईमा पनि एक्लो भएको छु। तर म विस्वास्त छु मलाई सृष्टि गर्नु हुने छ मलाई कहिले पनि त्याग्नु हुन्न जबसम्म म उहाँको आज्ञा, वचन विरुद्ध हुन्न। धन्यवाद।।
टेक भण्डारी
कुपण्डोल, ललितपुर
Discussion about this post