• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 16, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

वरपर, तलमाथि

by Loknath Manaen
July 2, 2014
in Special
Loknath Manaen
Loknath Manaen

कनफिउज । जीवन तलमाथि, तलमाथि । चर्च हलमा प्रवेश । छेउकी टिन एजर नानीको अभिवादन र मुस्कान । धन्यवाद । तलमाथि भइराको जीवनमा राहत । सत्यको र शान्तिको खोजीमा फनफनी । ए बाबा रिङ्गाटो लागिसको फनफनीले । खानुकै कुरा । जागिर खाने, तलब खाने, डलर खाने, गउत खाने, पचाङ्ग खाने, तुङ्गबा खाने, खाँदै नखाने, अलिअलि खाने, पाए खाने नपाए दोष्याउने । बोका मार्ने, कोही कीरा पनि नमार्ने, हरे, गाई समेत खाइदिने । बन्द गर । गाई त पुज्ने हो । गो माता – (तर दूध दिन छोडेछि नो माता, इन्डिया बेच्नी) । हाम्लाई भनेर के हुन्छ विश्वाभरिको मेकडनललाई भन्नू न । हामी त बफमै खुशी ।

डिएसपीले थुन्दिनी, होम मिनिस्टीले छोड्दिनी । भजन प्रयकटिस । भारतमा गभमेन चेन्ज, नेपालमा भजन चेन्ज । नेपाल देश हिन्दू देश हुनुपर्छ । देशै हिन्दू ???? चरा, कुखरा, हिमाल, पर्वत ?, बाटो, डाँडो, रूख, विरुवा, हात्ती, सर्प, कछुवा, परेवा, टोयोटा, मारूती, ह्यूनडे, टाटा, नोकिया, सोकिया, सब हिन्दू ? देशैलाई बनाउनी भनेको कि कागजमा कोर्नी भनेको ? बुझिएन । अलि इस्पट्ट गर्दिनु परो ।

देशभित्र मान्छे मान्छे हुन्छ । मान्छे कोही आस्तिक हुन्छ, कोही नास्तिक । मान्ने हुन्छ, नमान्ने हुन्छ, । कमनिस, कमनिस भाको देशलाई हिन्दू भन्नु न के फरक पर्छ ? मन, विचार र कर्मले हो मान्ने त । देशलाई भनेको होइन होला, सरकार हिन्दू बनाउनी भनेको होला । ब्राह्मणै, ब्राह्मण जताततै तल भन्दा पनि माथि, माथि, ऊ माथिसम्मै भएछि किन डराको ? पार्टीमा, निजामतीमा, अख्तियारमा, विद्यूतमा, पानीमा, अर्थमा, अर्थनबर्थमा सबै ठाउँमा उनै छन् । सबले मुस्लिम र इसाईलाई घृणा देखाइरहेकै छन् नि त्यो हिन्दू नेपाल शब्द कागजमा कोर्दा नकोर्दा के फरक पर्छ ?

कोरे कोर्नू । कोरे हुन्छ । पैले नि कोरेकै हो । माओले भनेर सबले हो मा हो भने थ्यो । संविधान पढेर जिजसमा लागेको होइन बाइबल हेरेर हो । बाइबलमा तिमारू पपुलर हुन्छौ भनेकै छैन । तिमारूलाई जोखिम हुन्छ, जेलमा खाँद्छन्, पिटछन् अनि खेदछन् भन्ने उइ जिजस हुन् क्यारे । उनको नाममा खातिर हुन्छ कि यातना हुन्छ भन्नुभा थ्यो । उनको कुरो बद्ली भा छैन । देशको कुरो दशचोटी बद्ली भा छ । भने भन्नु ब्लाइन्ड फेथ । आफ्नो, आफ्नो शास्त्र र आस्थाको काम गर्नी हो । परलोभनको कुरा गर्नी नै हो भने पैले आठ दश हजार घर धनी बिटिस लाउरे अनि बीस तीस हजार गल्फहरूमा कमाइ रा, खाइरा क्रिस्चेनहरूलाई सोध्नु । अमेरिका, यू के, अस्ट्रेलिया आदिमा चर्च खोली खोली मनग्गे कमाइरा, गिटार बजाइरा नेपाली क्रिस्चेनहरूलाई सोध्नू । तिमी पैसा खाइरन्छौ (खाने रहरमा बाँच्छौ) अनि अरूलाई नि पैसामा नै सबै कुरो गरेको भन्छौ । तिम्रो चरित्रको प्रतिबिम्ब म बन्न सक्दिनँ । परलोभन होइन प्रतिबद्धता हो भनेको दिन तिमीलाई आपद पर्छ । तिमी पनि तिम्रो धर्म परचार गरन बाबा । परलोभन हा हा हा ।

होइन भन्या, क्या हो यहाँका दृश्यहरू ? चर्चमा १३ बालक थुन्यो भन्ने १८ इन्चीको पोस्टर जत्रो निउज –(बालकहरू सफा सुथरा, मोटा घाटा, उज्याला ।) बोक्सी भनी जलायो, कामी भनी पिट्यो, स्वास्नी भनी तेल छर्की जलायो भन्ने प्रकृतिका निउजहरू किन ४ इन्चीको सानु कोठाको निउज ? नो फोटो । कुन धर्मको कुन शास्त्रको वाणी हो त्यो ? जान्ने अधिकार हाम्लाई छैन र ? चर्चभित्र बम ड्वाङ्ग । कुन धर्मको कति नम्बरको आज्ञा हो त्यो ?मान्छेको विचार कि शास्त्रको विचार ? चर्चभित्रकाहरूसँग पनि छ नि हाम्रो गुनासो । बाइबल समात्नी तर आफ्नै कुरा सिकाउनी अनि बीचबीचमा ‘आमेन ? आमेन ?’को माग राखेर धुरुक्कै । सानो जय मसिहीले पुगेन, घोक्रो खोलेर ठूलो भन्दिनुपर्छ ।

चर्चमा पस्छु अनेक आशा पालेर म सोध्छु, खोज्छु खै मसिही ? उनी खोज्छन् बढे साइजको जय मसिही । शिक्षा दरो हुनु परो दरो । बुरो दिन आउन लागो, दरो हुनु परो । बाइर जुत्ता गायब होला भन्दै धुकचुकमा प्रवेश । भित्र अलिकता भाको मनको शान्ति पनि गायब । के गरूँ ?ती टिनएजर नानीको पाकिटको मोबाइल हातैमा आइसक्यो । आँखा तल FB (मुसुक्क) । फेरि आँखा माथि पुलपिटतिर, मन्टो भन्छ हो, हो (गम्भीर) । तल औंला lol, hw r u ? ho ra ? dami, like :D, 😛 आँखा तलमाथि, तलमाथि । एस्तो छ हालत, मेरो जस्तै उसको पनि तलमाथि ।

Related Posts

Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025
क्रिसमसको शुभ कामना

Why we celebrate the Christmas?

December 11, 2023
मातृभाषाको चिन्ता

स्वीटजरल्याण्डभन्दा कम छैन काभ्रेपलाञ्‍चोक जिल्ला

January 30, 2023
मातृभाषाको चिन्ता

काम नलाग्‍ने मान्छे

January 12, 2021

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In