येशू यस संसारमा मानवजातिको उद्धारको लागि आउनु भयो मारिनु भयो र तेस्रो दिनमा बौरी उठ्नु भयो वा उहाँको पुनरुत्थान भयो। यो घटना आज भन्दा २००० बर्षपूरानो हो। तर यसको चर्चा हुनु आज पनि यो उत्तिकै आवश्यक छ किनकी आजसम्म पनि धेरै मानिसहरुलाई उहाँ (येशू) को बारे अझै बताई रहनु परेको छ। मोशाले आज्ञाकारी हुनलाई दिएको अर्ती यस्तो थियो। “मैले आज तिमीहरुलाई सुनाएका आज्ञाहरु आफ्ना मनमा राख।
ती तिमीहरुले आफ्नो छोराछोरीहरुलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर (व्यवस्था ६:६,७)।” यसरी नै येशूको पुनरुत्थानको बारेमा पनि चर्चा भईरहनु पर्छ। यो बाटोमा भएको चर्चाको बारेमा हामी हेरौं। येशूका दुइजना चेलाहरु शंङ्का र भएमा बातचित गरेका छन्। येशू उनीहरुकोसाथ लाग्नु भयो। आज हामीमा डर, त्रास र अन्योल छ येशूको बारेमा सोचौं कुरा गरौं उहाँले हामीलाईसाथ दिनु हुन्छ भन्ने यो बलियो र भरोसा योग्य उदाहरण हो। येशूले आफ्नो बारेमा आफ्ना चेलाहरुलाई प्रष्टसंग भन्नुभएको थियो । मानिसको पुत्र पापी मानिसहरुको हातमा पर्नेछ, मारिनेछ, गाडिनेछ तर उ तेस्रो दिनमा मृत्युबाट तेस्रो दिनमा बौरी उठ्ने छ। उनीहरुले विश्वास गरेनन्। केहि स्त्रीहरु मृत शरिरमा यहुदीहरुको रित अनुसार मलहम घस्नलाई चिहानमा गएका छन् तर उनीहरुले उत्तर पाए जिउँदालाई मृतहरुसंग किन खोज्छौ? उहाँले भने अनुसार उहाँ बौरी उठ्नु भएको छ र उहाँ तिमीहरु भन्दा पहिले गालिलमा जानु हुनेछ। अब गएर उहाँका चेलाहरुलाई भनी देओ। ती स्त्रीहरु गएर चेलाहरुलाई भने तर उनीहरुले पनि विश्वास गरेनन् अझ उनीहरु पनि चिहानमा गए तर उहाँको मृत शरिर भेटेनन्। यिनीहरु मध्येका यी दुइ जनाचाहीँ उहाँको बारेमा कुरा गरेका हुन्। उहाँका चेलाहरु मध्ये कतिले उहाँको हातमा ठोकिएका किलामा र कोखामा घोचेका प्वालमा औंला नराखेसम्म विश्वार गर्दिन भन्ने पनि थिए र येशू आफै उपस्थित भई उनलाई भन्नुभयो आउ मेरा शरिरमा पारेका प्वालमा औंला राख र विश्वास गर भन्दा हे मेरा प्रभु हे मेरा परमेश्वर भनेका थिए । यस्ता चर्चा चल्दा चल्दै पनि प्रमुख चेलाहरु आजको भाषामा (पाष्टर, अगुवाहरु) नै भन्नलागे म त माछा मार्न जान्छु अरुहरुले पनि भने हामी पनि तिमीसंगै आउँछौं। आज हामी पाष्टर, अगुवा र पुराना विश्वासीहरुले उहाँलाई विश्वास नगरी आफ्नै पाखुराको पछि लागेमा कुनै सफलता प्राप्त हुँदैन जस्तो तिनीहरुलाई भएको थियो। माछा मार्न खप्पिस मछुवाहरु, कुन समय कहाँ माछा हुन्छ भन्ने जानेका चेलाहरुले येशूलाई छोडेर जाँदा रातभरी कोशिष गरे केही पाउन सकेनन्। कारण उनीहरुले जीवनको कर्तालाई छोडेका थिए तर उहाँले छोड्नु भएको थिएन। अझै उनीहरुलाई भन्नुहुन्छ। यस ठाउँमा जाल हान पाउने छौ। उहाँका आज्ञा मानेर जाल हाने प्रशस्त माछा पाए र अचम्भित र कसैले भन्यो उहाँ प्रभु हुनुहुन्छ। उनीहरुले बिर्से म तिमीहरुलाई माछा होइन मानिस समाउने (पक्रने) बनाउँछु भनेको कुरा। यसकारण उहाँले भनेका कुराहरुको चर्चा घरमा बस्दा, बाटोमा हिड्दा, कुनै काम गरिरहँदा पनि होशियारीसाथ यसको चर्चा हुनुपर्छ। आज हामी येशूमा विश्वास गर्नेहरुलाई यसको ठूलो महत्व छ। यो बाटो साँगुरो हो अप्ठ्यारो छ हिड्न तर यसले जीवनमा पुर्याउँछ। उहाँलाई छोडेर गई प्रशस्त पैसा कमाउनु होला, मान इज्जत बढाउनु होला र ढुक्क भएर भन्नुहोला अब त म मेरा छिमेकीहरुको सामु को भन्दा के कम वा मसंग प्रशस्त धन छ, आफैलाई भन्नु होला, लामो समयसम्मलाई पुग्ने सम्पत्ति छ अब बस खा मोज गर। तर येशू आइ भन्नुहुन्छ, हे मुख तेरा प्राण आजै फिर्ता चाहिएको छ अव यो तेरा सम्पत्ती कसले खाने? सिमोन पत्रुसलाई येशूले भन्नुभएको कुरा याद गरौं। मेरा पाठाहरुलाई खुवाऊ, मेरा भेडाहरुको हेरचाहा गर र मेरा भेडाहरुलाई खुवाऊ। अब माछा मार्ने होइन मैले तिमीलाई अर्कै काम दिई सकें यदि तिमीले यसको वास्ता गरेनौं भने त्रि्रो जीवनमा सफलता पाउने छैनौ। मेरा आफन्त, छरछिमेकी सारा देशवासीहरु र संसारको कुनै पनि ठाउँमा बस्ने मानव दाजु भाइ दिदी बहिनी मेरो भाषा बुझ्नेहरु जसले आजसम्म येशूमा विश्वास गर्नु भएको छैन भने अझै मौका छ भोली यो मौका नहुन सक्छ। आजै येशूमा विश्वास गरी उद्धार प्राप्त गर्नोस्। संसारको अन्तका चिन्हहरु जो येशूले चेलाहरुलाई भन्नु भएको थियो विस्तारै पुरा हुँदैनन्। धन्यवाद।
टेक भण्डारी
ललितपूर कुपण्डोल
Discussion about this post