• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, December 6, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बाइबलको अविनाशिता

by Kamal Adhikari
June 19, 2014
in Articles

kamaladhikari-कमल अधिकारी,

यहाँ एउटा यस्तो मान्छे छ, जसले यस मानव धरतीमा लगभग दुइ हजार वर्ष बिताएको छ। उसको इतिहास आश्‍चार्यपूर्ण घटनाहरूले भरिएको छ। उसलाई पटक-पटक समुद्रमा फ्याँकियो, तरै पनि ऊ कहिल्यै डुबेन।उसलाई बारम्बार जङ्गली जनावरहरूको सामु लगियो, तथापि तिनीहरू उसलाई खान असक्षम भए। उसलाई धेरै पटक विषालु पदार्थ पिउन लगाइयो, तर ती विषालु पदार्थहरूले उसको शरीरमा कुनै हानि गरेनन्। अक्सर, उसलाई फलामे साङ्लाले बाँधेर झयालखानमा राखियो, तरै पनि ती सबै साङ्लालाई चुँडाली ऊ बाहिरन सफल भयो। उसलाई धेरै पटक रूखमा झुण्डयाइयो र मर्यो होला भनी छोडिदिँदा ऊ फेरि शत्रुहरूकै बीचमा हिँडेको देखा पर्यो। धेरै पटक उसलाई आगोको भट्टीमा फ्याँकियो र अब त खरानी भयो होला भनी आशा गरियो, तर पनि उसको त रौं पनि डढेन। यस्ता क्रूर यातनाहरूले पनि केही असर नगर्ने यस्तो मानव मानव होइन, ऊ त अति मानव हुनैपर्छ। यहाँ वर्णित मान्छे काल्पनिक भए तापनि बाइबलले भोगेको सतावट यस मान्छेले भोगेको सतावटभन्दा कम छैन। बाइबललाई वास्तवमै जलाइयो, डुबाइयो, बाँधियो र टुक्रा-टुक्रा पारियो तथापि यो नष्ट भएन।
मानव धरतीमा बाइबल एउटा यस्तो पुस्तक हो जसले सबै पुस्तकले भन्दा घातक आक्रमणको सामना गर्नुपरेको छ। यो पुस्तक वास्तवमै परमेश्वरको वचन होइन भने शताब्दीऔं भरि यसले भोगेको सतावटको बाबजुद पनि यसको बचावटको व्याख्या असम्भव छैन भने पनि निस्सन्देह ज्यादै कठिन छ। मान्छेजस्तै पुस्तकहरू नाशवान् हुन्छन्। केही पुस्तकहरूले मात्रै दुइ दशक कटाउन सक्छन्। ज्यादै कम्ती पुस्तकहरूले शताब्दी नघाउन सक्छन् भने सहस्राब्दी बिताउने पुस्तकहरूको सूची नगण्य छ। बाइबल सतावटको निरन्तर निशाना हुँदा पनि हाम्रो हातमा यसको उपस्थितिलाई आश्‍चार्यकर्म भन्दा अत्युक्ति नहोला। सारा संसारमा बाइबललाई सर्वाधिक प्रेम गरिएको मात्रै छैन, तर सर्वाधिक घृणा पनि गरिएको छ। अन्य कुनै पनि पुस्तकले भन्दा बाइबलले श्रद्धा र प्रशंसा मात्रै बटुलेको छैन, तर यो नै अन्य पुस्तकभन्दा बढी सतावट र विरोधको निशाना पनि भएको छ। दुइ हजार वर्षसम्म बाइबलप्रति भएको मानिसहरूको घृणा निष्ठुर, दृढ र घातक छ। बाइबलकोर् इश्वरीय प्रेरणा र अधिकारलाई निमिटयान्न पार्नको लागि हरेक सम्भाव्य प्रयास गरिएको छ। यसको निर्मूलनको लागि असङ्ख्य तत्परताहरू देखाइएका छन्।
बाइबल संसारमा नै सर्वोत्तम पुस्तक भए तापनि अन्य कुनै पुस्तकले भन्दा बढी यसले शत्रुता पनि कमाएको छ। यसको सामान्य कारण हो, यसले मानिसको पाप देखाइदिन्छ र त्यसबाट फर्कन अपिल गर्छ। बाइबलले सतावटका अनगिन्ती रूपहरू भोगी आज यो हाम्रो हातमा आइपुग्न सफल भएको छ। तीमध्ये यहाँ हामी चार ओटालाई ध्यान दिनेछौं।

१. समयले बाइबललाई नष्ट गर्न सकेन।
बाइबललाई सुरुमा नष्ट हुने सामग्रीहरूमा लेखिएको थियो। ती वचनहरूलाई जोगाइराख्न प्रँचीन समयमा पटक-पटक प्रतिलिपि गर्नुपर्थ्यो। वास्तवमा छापाखानाको उदयअगि लिखित दस्तावेजलाई जोगाउने उत्तम ज्ञात तरिका प्रतिलिपि नै थियो। बाइबलको पूर्णताबाट आजको दिनसम्म यसले झण्डै दुइ सहस्राब्दी बिताएको भए तापनि यसको शैली गुमेको छैन, न ता यसको सच्याइ नै। प्राचीन समयका अन्य पुस्तकहरूसित बाइबललाई तुलना गर्दा त्यस समयका दस उत्कृष्ट पुस्तकको योगभन्दा बाइबलको लागि पाण्डुलिपिसम्बन्धी बढी साक्षी छ। यहूदीहरूको बीचमा बाइबलका प्रतिहरूलाई जोगाइराख्नु भनेको एउटा महत्त्वपूर्ण उत्तरदायित्व थियो। तिनीहरूको बीचमा यस्ता मानिसहरू हुन्थे। अङ्ग्रेजी साहित्यमा नाटय सम्राटको रूपमा चिनिएका विलियम सेक्सपियर (ख्रीष्टाब्द १५६४-१६१६) का कृतिहरूसँग नयाँ करारका पुस्तकहरूलाई तुलना गरी जोन लीले निकालेको निष्कर्ष यस्तो छ, “सेक्सपिएरका सैंतीस नाटकमध्ये हरेकमा अझै पनि सयौंभन्दा बढी पाठयांश विवादमा छन् जसमध्ये अधिकांशले खण्डको अर्थमा नै असर गर्छ।”१ सेक्सपियरका कृतिहरूभन्दा त बाइबल कैयौं गुणा अगिको प्रलेख हो। पहिले लिखित बाइबलको पाठयांशमा अर्थलाई असर गर्ने भिन्नता नपाइनु तर पछि लिखित सेक्सपियरका कृतिहरूमा अर्थलाई नै असर गर्ने भिन्नता पाइनु निश्चय नै अनौठो कुरो हो। वास्तवमा नयाँ करारका विद्यमान पुस्तकहरूलाई शङ्का गर्नु भनेको सारा प्राचीन पुस्तकहरूलाई रद्दीको टोकरीमा फ्याँक्नु सरह हो किनभने नयाँ करारको प्रमाणीकरण अन्य कुनैको भन्दा बढी मजबुत छ। दुइ हजार वर्षको इतिहासमा कैयौं पुस्तक लोप भएर गएको छ, तर बाइबल जस्ताको तस्तै छ।

२. सतावटले बाइबललाई नष्ट गर्न सकेन।
बाइबलबारे क्याम्ब्रिज इतिहासका सम्पादकसाथै प्राध्यापक एस्.एल्. ग्रीनस्लेडले लेखे, “सम्राटको एउटा पत्र जताततै बाँडियो जसमा मण्डली भवनहरू भत्काइनुपर्ने, धर्मशास्त्रहरू नष्ट गरिनुपर्ने आज्ञा दिइएको थियो। साथै, ख्रीष्टियान धर्ममा लागिरहेका दाबी गर्नेहरू जो उपल्लो दर्जाका हुन्, तिनीहरूले सबै नागरिक अधिकार गुमाउनेछन् र तिनीहरू सबै स्वतन्त्रताबाट वञ्चित हुनेछन् भनी घोषणा गरियो।”२ बाइबलले भोगेको सतावटको कथा ज्यादै मार्मिक छ। यहूदाका राजा यहोयाकीमले परमेश्वरको वचनको मुठ्ठोलाई आगोमा हालेर जलाए (यर्मिया ३६), तर परमेश्वरको वचनलाई आगोले जलाउन सक्दैनथ्यो भनी तिनलाई थाहा नहुनु दुःखको कुरो हो। अन्तरिम कालमा एन्टिओकस एपिफानेसले यहूदीहरूको विरुद्धमा रक्तपातपूर्ण सतावट खन्याए। तिनको प्रतिशोधको एउटा पक्ष यहूदीहरूको धर्मशास्त्रहरूलाई नष्ट गर्नुथियो।३ यहूदी इतिहासकार योसिफसले पनि यसको उल्लेख गरेका छन् ।४ तर, सतावट गर्नेहरूले आशा गरेभन्दा विपरीत प्रतिफल देखिन आयो किनभने यी सतावटकै कारणले गर्दार् इश्वरीय रचनाहरूको प्रगाढ जाँचको उदय भयो। यी परिस्थितिहरूको उदयले समकालीन नक्कली दस्तावेजहरूबाट पुरानो करारको क्यानन्का पुस्तकहरूलाई औपचारिकरूपमा अलग गरायो ।५
मण्डलीको उदयपश्चात् जब यो बनको डडेलोझैं रोमी साम्राज्यमा फैलन थाल्यो, तब रोमी सम्राँट डायोक्लिसनले बाइबलको उन्मूलन गर्ने दुस्साहस गरे। थाहै नपाई तिनी पराजित भए। ग्रीक लेखक प्रोफाइरीले बाइबलको विश्वसनीयतालाई नष्ट गर्ने प्रयत्‍न गरे। ग्रीक व्यङ्ग्यकार लुसियनले बाइबलको खिल्ली उडाउँदै दुइ ओटा पुस्तक लेखे। तर, यी सबै प्रयासहरू हात्तीलाई कमिलाले टोकी मार्ने आँट मात्रै ठहरिए।
जोहानन सेलमर (ख्रीष्टाब्द १७२५-१७९१) ले मानवीय तर्क र अनुभवको आधारमा बाइबलका घटनाहरूलाई बुझनिुपर्छ भन्ने हेतुवादी धारणालाई अगि सारे। परिणामतः येशूका आश्‍चार्यकर्महरूमाथि प्रश्न तेसाइयो भने ख्रीष्टको इश्वरत्वलाई इन्कार गरियो। हेतुवादी प्रवृत्तिले जर्मनीका विश्वविद्यालयहरूमा निकै मलजल पायो र फ्रेडरिक स्ट्राउसको येशूको जीवनी (१८३५) नामक पुस्तकमा यो सम्भवतः पराकाष्ठामा पुग्यो। सुसमाचारीय विवरणहरू मिथ्या हुन् भनी लेखकले यस पुस्तकमा देखाउन खोजेका छन्।
फ्रान्समा हेतुवादको पक्षपोषकको रूपमा चिनिएका भोल्टेयर (१६९४-१७७८) ले बाइबलमाथि बौद्धिक बमवर्षा गरे। बाइबलमाथिको विश्वासलाई नष्ट गर्न युरोपमा भोल्टेयरले जस्तो कसैले गरेको छैन। उनका रचनाहरूको परिणामस्वरूप फ्रान्सले धर्मशास्त्रलाई घृणा गर्न थाल्यो। गधाको पुच्छरमा बाइबलको प्रतिलाई झुण्डयाइयो। बाइबललाई सहरका सडकहरूमा घिसार्दै फोहोरको थुप्रोमा पुर्‍याई विधिपूर्वक जलाइयो। तर, फ्रान्सले के पायो? बुर्र्टोन कोफम्यान लेख्छन्, “त्यस समयदेखि फ्रान्सको सरकार पैंतीस पटक ढलेको छ ।”६
थोमास पाइने र रोबर्ट इङ्गरसोलजस्ता मानिसहरूले अमेरिकामा बाइबलको विरुद्धमा युद्ध छेडे। पाइने (१७३७-१८०९) ले कारणको युग नामक पुस्तक लेखी बाइबलको विरुद्धमा उग्र आक्रमण गरे। तर, बुढेस्कालमा तिनले एकलो र कष्टदायक मृत्यु वरण गर्नुपर्‍यो। तिनको मामुली पुस्तकलाई आज प्रायः बिर्सिएको छ। रोबर्ट इङ्गरसोल (१८३३-१८९९) एक राजनीतिज्ञ थिए। तर अज्ञेयतावादी भाषणकर्ताको रूपमा तिनले वास्तविक ख्याति कमाएका थिए। “मोशाका भुलहरू” तिनको लोकप्रिय प्रस्तुतीकरण थियो। तर, रोबर्ट इङ्गरसोलजस्ता मानिसहरूलाई ख्रीष्टविरोधीको रूपमा हेरिनुपर्छ भनी चिकागो विश्वविद्यालयका इश्वरशाँस्त्रीय विभागका डिन शालर मत्तीले केही दशकअगि बताए।7 बाइबलका शत्रुहरू आउँछन् र जान्छन् तर बाइबल सधैं स्थिर रहिरहन्छ।

३. रोमक क्याथोलिक आक्रमणले बाइबललाई नष्ट गर्न सकेन।
शत्रुहरूको सतावटको मात्र बाइबलले सामना गर्नु परेको छैन, तर यसका कथित “साखहरू” को पनि यसले सामना गर्नुपर्‍यो। रोमी सम्राटहरूद्वारा गरिएको सतावटको शताब्दीऔं पछि जब रोमन क्याथोलिक मण्डलीले रोम सहरबाट आज्ञा पायो तब पोप र उसका पादरीहरूले पुरानो झगडालाई बिउँताए। सर्वसाधारणको हातबाट बाइबल खोसियो। बाइबलका प्रतिहरू किन्न निषेध गरियो। बाइबललाई मातृभाषामा अनुवाद गर्नेलाई धर्म विरोधी ठहराइयो। बाइबल हुने व्यक्तिलाई यातना दिइयो र जलाइयो। शताब्दीऔं सम्म क्याथोलिक मण्डलीले बाइबलको खेदो गर्‍यो। केही ऐतिहासिक संशोधनवादीहरूले पवित्र धर्मशास्त्रहरू उन्मूलन गर्ने रोमन क्याथोलिक प्रणालीको प्रयासलाई निर्दोष ठहराउने प्रयत्‍न गरे तापनि इतिहासको सुस्पष्ट सत्यताहरूलाई इन्कार गर्न सकिँदैन। मातृभाषामा भएको धर्मशास्त्रको जथाभावी प्रचार-प्रसारले असलभन्दा खराब बढी गर्छ भनी ट्रेन्टको परिषद्को चौथो नियममा उल्लेख गरियो। तर्सथ, ती बाइबलहरू हुने मानिसहरूले ती नबुझाएसम्म पापमोचन पाउँदैनन् भनी बताइयो।८ विलियम टिण्डेलले नयाँ करारलाई अङ्ग्रेजी भाषामा छापेपछि त्यसको उन्मूलनको लागि क्याथोलिक मण्डलीले गरेको दुस्साहासलाई नेउम्यान बताउँछन्, “अङ्ग्रेजी बाइबललाई उन्मूलन गर्नको लागि रोमानार्इजर्सहरू (रोमीहरूको जस्तै चरित्र बनाउन खोज्नेहरूले) द्वारा कडा प्रयास गरिए। ख्रीष्टाब्द १५४३ मा राजकीय अनुमतिविना सभामा धर्मशास्त्र पढ्न नपाइने र टिण्डेलको संस्करणको प्रयोग पूर्णतः निषेध गर्नुपर्ने घोषणा गरियो।”९

४. आलोचनाले बाइबललाई नष्ट गर्न सकेन।
बाइबलमाथिको सतावटको रूपको परिवर्तन भए तापनि यसमाथिको आव|mमण अझै जारी छ । ख्रीष्टियान मण्डलीको दुइ हजार वर्षको इतिहासलाई सुक्ष्म तरिकाले केलाउने हो भने अघिल्ला शताब्दीहरूमा बाइबलमाथिको आक्रमण गैरख्रीष्टियानहरूबाट आएको छ। तर, विगत दुइ सय वर्षको इतिहासमा ख्रीष्टका अनुयायीको रूपमा आफैलाई चिनाउन लाज नमान्ने नामधारे ख्रीष्टियानहरू नै क्रूसका शत्रु बनेका छन्। तिनीहरूले नै बाइबलको अधिकारलाई नष्ट गर्ने प्रयास गरेका छन्। बाइबलको इश्वरीय प्रेरणा र अधिकारलाई नष्ट गर्न आधुनिक विद्वान्हरू लागि परेका छन्। उत्पत्तिको पुस्तक काल्पनिक हो, पञ्चग्रन्थका धेरैजसो शिक्षा अनैतिक छन्, पुरानो करारको ऐतिहासिक विवरणहरू भरोसा गर्नलायक छैनन् र पूरै बाइबल नै मानिसको उत्पादन हो, परमेश्वरको प्रकाश होइन भनी कतिपय तालिम केन्द्रहरूमा सिकाइन्छन्।
मोशाको समयमा लेखन कलाको विकास नभइसकेकोले मोशाले बाइबलका अघिल्ला पाँच ओटा पुस्तक लेखेको हुन सक्दैन भनी आलोचकहरूले बताउँदै आएका थिए। जीन अस्त्रुक (ख्रीष्टाब्द १६८४-१७६६) ले १७५३ मा पञ्चग्रन्थको मूलबारे “दस्तावेजी सिद्धान्त” (Documentary Hypothesis) प्रस्तुत गर्ने र्सवप्रथम प्रयत्‍न गरे। जुलियस वेलहाउसन (ख्रीष्टाब्द १८४४-१९१८) ले यस सिद्धान्तलाई (स्मरण रहोस्, यसलाई “जेइडीपी” सिद्धान्त भनेर पनि चिनिन्छ) सशक्त ढङ्गमा प्रस्तुत गरे। मोशाको समयमा लेखन कला विद्यमान नभएकोले पञ्चग्रन्थ मोशाको मृत्युको करिब एक हजार वर्षपश्चात् मात्र लेखिएको थियो भनी दस्तावेजी सिद्धान्तका समर्थकहरूले सिकाउँदै आएका थिए। तर “एब्ला पत्रहरू” ले तिनीहरूको शिक्षामाथि बज्रपात गरेका छन्। ख्रीष्टाब्द १९४७ देखि एब्ला राज्यमा १७,००० पत्रहरू (Tablets) पत्ता लगाइएका छन्। मोशाको समयमा मात्र नभई तिनीभन्दा झण्डै एक हजार वर्षअगि लेखन कला विद्यमान रहेछ भनी पुरातात्त्विक क्षेत्रमा भएको यस उदेकको खोजले देखाएको छ।
यसलाई दुःखको कुरो मान्नुपर्छ कि दस्तावेजी सिद्धान्तका मूल आधारहरू झुटो प्रमाणित भइसकेको भए तापनि यसलाई अझै सिकाइन्छ। पैंतीस भाषा र भाषकिामा धाराप्रवाह रूपमा बोल्न सक्ने र आफ्नो जीवनभरको समय पुरानो करारको अध्ययनमा खर्चेका सुपरिचित बाइबल विद्वान् रोबर्ट डिक विलसनले निष्कर्ष निकाले, “पैंतालीस वर्षसम्मको मेरो बाइबल अध्ययनको नतिजाले इस्राएल जातिको इतिहासको सम्बन्धमा पुरानो करारमा हामीसँग साँचो ऐतिहासिक विवरण छ भनी मलाई सधैं दृढतर विश्वासमा डोर्‍याएको छ भनी म थप्न चाहन्छु ।”१० बाइबलले जतिको आलोचना इतिहासमा अन्य कुनै पुस्तकले सहेको छैन। तर, कति गर्वको कुरो ! कुनै आलोचनाले यसका सत्यताहरूलाई बङ्ग्याउन सकेन।
अविनाशिताको सम्बन्धमा बाइबलको दाबी यस्तो छ, “तपाईंको वचन सनातन र अनन्त छ, आकाशमा त्यो स्थिर रहन्छ” (भजनसंग्रह ११९:८९) । परमेश्वरले आफ्नो वचन प्रकट गराउनु अगि ती स्वर्गमा स्थापित थिए। परमेश्वरको वचनको रूपमा बाइबलको दाबीको कारणले इतिहासमा अन्य कुनै पुस्तकले भन्दा बाइबलले बढी क्रूर आक्रमणको सामना गर्नुपर्यो। यसको प्रादुभावदेखि नै यसको विरुद्धमा भएको युद्ध कहिल्यै समाप्त भएको छैन। शैतानले त्यसका सारा दुष्ट युक्तिहरू वचनको विनाशको निम्ति खन्याएको छ। प्रारम्भिक रोमी सम्राटहरूको समयदेखि कम्युनिष्ट तानाशाह, आधुनिक नास्तिक र अज्ञेयतावदीहरूको घातक आक्रमणलाई सही यो आजको दिनसम्म संसारमा सबैभन्दा बढी ब्रिक्रीवितरण भएको पुस्तकको रूपमा उभिन सफल भएको छ। मानिसले यसको आलोचना गर्न सक्छ, यसको खिल्ली उडाउन सक्छ, यसका प्रतिहरूलाई जलाउन सक्छ तथापि यो अमर छ र रहनेछ, किनकि यसको सुरक्षाको निश्चयता परमेश्वर आफैले लिनुभएको छ, “स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्” (मत्ती २४:३५)। यशैया अगमवक्ताको वचनलाई पत्रुस उधृत गर्छन्, “घाँस ओइलाउँछ, र फूल झरिहाल्छ, तर प्रभुको वचन सदार्सवदा रहिरहन्छ” (१ पत्रुस १:२४-२५)। शताब्दीऔं भरि बाइबलको बचावटको निम्ति अन्य कुनै व्याख्या छैन। बाइबलको निरन्तर अस्तित्वको यथार्थताले यो अविनाशी छ भनी कुनै पनि व्यक्तिले सजिलैसित विश्वास गर्न सक्नुपर्छ।
आफ्नो राज्यमा भएका ख्रीष्टियानहरूको विरुद्धमा सतावटको नयाँ विधि अपनाउनुपर्छ भनी फ्रान्सेली राजाले एकपटक अदालतमा प्रस्ताव राख्यो। तर, बुद्धिमान् सल्लाहाकारसाथै सेनापतीले राजाको प्रस्तावप्रति जवाफ दिए, “महाशय, परमेश्वरको मण्डली एउटा लिही (फलामे अचानो) हो जसले धेरै हतौडाहरूलाई फटाएको छ।”11 मानवीय दर्शनशास्त्र, विज्ञानवाद, शक्ति, घृणाजस्ता हर सम्भाव्य उपायहरू बाइबलको विरुद्धमा खन्याइएको भए तापनि आज पनि यो सगरमाथा जत्तिकै उच्चस्थानमा शिर ठाडो गरी उभिएको छ। बाइबलको सुरक्षाको लागि कुनै सैनिक जत्थाको स्थापना गरिएन, न ता कुनै राजाले यसका शत्रुहरूलाई नष्ट गर्ने उर्दी नै निकाल्यो भन्ने तथ्यलाई विचार गर्दा हाम्रो आश्‍चार्यको जरा अझै फैलन्छ। बाइबलले यति धेरै सतावट भोग्नु सायद आश्‍चार्यपूर्ण होइन, तर यति धेरै र पृथक् सतावटको बाबजुद पनि आजसम्म यसको अस्तित्व निस्सन्देह एउटा गम्भीर अध्ययनकर्ताको लागि आश्‍चार्यपूर्ण हुनैपर्छ। वास्तवमा परमेश्वरको वचनको अधिकारलाई स्वीकार गर्न इन्कार गर्नेहरूले कहिल्यै पनि जीवन र मृत्युको यथार्थतालाई जान्ने छैनन्।
बाइबलको विरुद्धमा निरन्तर सतावटको खोलो बगाइए तापनि अन्धकार र निराशाको यस संसारमा मानिसलाई ठीक मार्गमा डोर्‍याउने चम्किलो ज्योतिको रूपमा यो बलिरहेको छ। मानिसको मार्गको लागि बाइबल मात्र एउटै ज्योति हो (भजनसंग्रह ११९:१०५)। बाइबल पृथ्वीमा मानिसहरूलाई परमेश्वरकहाँ लैजाने महानतम दीप्ति हो। बाइबलमा मानवीय हात मात्र समावेश हुँदो हो ता, निस्सन्देह आज तपाईं र मेरो हातमा बाइबल हुने थिएन। यो शताब्दीमा बाइबलको उपलब्धता यसमा भएको इश्वरीय हातको सङ्केत हो। तर्सथ, यसलाई नष्ट गर्न खोज्नेहरू अवश्य नष्ट हुन्छन्, तर यसलाई कसैले कहिल्यै नष्ट गर्न सक्दैन। यदि यो पुस्तक परमेश्वरको पुस्तक नहुँदो हो त, धेरै पहिले नै मानिसहरूले यसलाई नष्ट गरिसक्ने थिए भन्ने निष्कर्षमा खोटको कुनै गन्ध छैन। बर्नाड र्‍याम लेख्छन्, “बाइबललाई जस्तै अरू कुनै पुस्तकलाई टुक्रा-टुक्रा पारिएको छैन, चक्कू रोपिएको छैन, छानिएको छैन, जाँचपडताल गरिएको छैन, निन्दा गरिएको छैन। … तथापिे बाइबललाई अझै दसौं लाखले प्रेम गर्छन्, दसौं लाखले पढ्छन् र दसौं लाखले अध्ययन गर्छन् ।”१२

सन्दर्भ सामग्रीहरूः
1. John Lea, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p.10.
2. S.L. Gleenslade, quoted by Grant R. Jeffery, The Signature of God, p.21.
3. ckf]lqmkmf ! dSsfaL !M%^–%& .
4. Antiquities of the Jews 12.5.4.
5. John McClintock and James Strong, Cyclopedia of Biblical, Theological and Ecclesiastical Literature. Vol.2 (Grand Rapids, MI: Baker, 1968), p.76.
6. Burton Coffman, Commentary on the Gospel of Matthew (Austin, TX: Firm Foundation Publishing House, 1968), pp.343-344.
7. John Horsh, Modern Religious Liberalism (Chicago, IL: Bible Institute Colportage Association, 1938), p.7.
8. H.J. Schroeder, Canons and Decrees of the Council of Trent, p.274.
9. A.H. Newman, quoted by Henry Clarence Thiessen, Introductory Lectures in Systematic Theology, p.83.
10. Robert Dick Wilson, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p.12.
11. John Lea, quoted by Grant R. Jeffery, The Signature of God, p.23.
12. Bernard Ramm, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p.11.

 

नोटM प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरूबाट साभार

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In