इस्टरको सन्दर्भमा
ख्रीष्टिय मतका संस्थापक येशू ख्रीष्टका हड्डीहरू फेला पारिए भन्ने खबर आयो भने उहाँ तेस्रो दिनमा पुनरुत्थान हुनुभएको थियो भनी विश्वास गर्ने करडौँ ख्रीष्टियानहरूको विश्वासमा कति रेक्टर स्केलको भूकम्प जाला? त्यस्तै भयो। ख्रीष्टाब्द २००७ को इस्टर अगाडि देखाइएको अभिलेखमा आधारित टेलिभिजन र त्यसपछि प्रकाशित लोकप्रिय पुस्तकले उहाँको पुनरुत्थानमाथिको सन्देहवादलाई बढावा दिए। यसको दाबीअनुसार इस्राएली निर्माण दलद्वारा ख्रीष्टाब्द १९८० मा येशू र उहाँको परिवारको चिहान स्थल अकस्मात् फेला पारियो। यस फिल्मअनुसार “योसेफका पुत्र येशू”, मरियम, योसेफ र मरियम मग्दलिनीका अस्थिबाकसहरू तालपियोट चिहानमा फेला पारिए। येशू साँच्चै शारीरिक रूपमा बौरी उठ्नुभयो वा भएन भन्ने विषयमा यस खोजले शङ्काको इंटलाई निर्माणाधीन घरमा जोड्ने प्रयास गरेको छ। निःसन्देह यस्ता खबरहरूले रक्षाशास्त्रीहरूको आवश्यकतालाई तीव्र रूपमा महसुस गर्न बाध्य पारेको छ।
येशूको पुनरुत्थानमाथिको आक्रमणको अग्र पंक्तिमा मुस्लिमहरू छन्। पुनरुत्थानमाथि अविश्वास पैदा गर्नु भनेको ख्रीष्टियमतको सत्यतालाई अप्रमाणित गर्नु हो भनी तिनीहरू स्पष्टतः बुझदछन्। कुरानअनुसार येशू वास्तवमा क्रुसमा मर्नु पनि भएन, मृतकहरूबाट बौरी उठ्नु त धेरै परको कुरो हो। (एक प्रमुख मुस्लिम रक्षाशाँस्त्री -अपोलोजिस्ट) ले भनेका छन् कि “मसीहलाई विजेताको रूपमा अपेक्षा गरिएको थियो। तर्सथ, क्रुसमा झुण्डयाइएको मसीह वर्गाकार वृत्त, चारओटा कोण भएको त्रिभुज र विवाहित कुमारजस्तै आफैलाई पराजित गर्नेजस्तो छ।” (ख्रीष्टाब्द २००६ मा निकालिएको एउटा भिडियो टेपमा अलकायदाका उपप्रमुख -हाल प्रमुख) आइम्यान अलजवाहरीले सबै ख्रीष्टियानहरूलाई मुस्लिममा परिवर्तन हुन आव्हान गर्दै जर्ज डब्लू. बुस र पोप बेनेडिक्ट सोर्हौँलाई तीव्र आलोचना गरेका छन्। तिनले यो पनि उल्लेख गरेका छन् कि येशू कहिल्यै मारिनुभएन, मृतकहरूबाट बौरी उठ्नुभएन र उहाँ परमेश्वर हुनुहुन्थेन भन्ने मुस्लिम विश्वास सोर्है आना सही छ।३
पुनरुत्थानमाथिको आक्रमणमा सहभागी मुस्लिमहरू मात्रै छैनन्। ख्रीष्टाब्द २००७ को एउटा भाषणमा भारतका हिन्दू सङ्घका राष्ट्रवादी अगुवा के. एस. सुदर्शनले येशू क्रुसमा कहिल्यै मर्नुभएन भनी बताए। तिनले थपे, “उहाँलाई चोट लागेको थियो। तर, उपचारपछि उहाँ भारतमा जानुभयो जहाँ वास्तवमा उहाँको मृत्यु भयो।”४ मिखाएल मार्टिन र रिचार्ड करियरजस्ता सन्देहवादीहरूले इस्टरको घटनाको लागि वैकल्पिक बाटाहरूको खोजी गरेका छन्।
ख्रीष्टियमतको कुनेढुङ्गोको रूपमा चिनिने येशूको पुनरुत्थानलाई काल्पनिक कथाको रूपमा पुष्टि गर्न हालैका दिनमा चौतर्फी आक्रमणहरू तीव्र पारिएका छन्। तर, साक्षीविनाको निष्कर्ष बौद्धिक वृत्तमा बालुवाबाट निर्माण भएका घरसरह हुन्। यी माथिका निष्कर्षहरू पनि यही सूचीमा पर्छन्।
ऐतिहासिक विषयमाथिको अनुसन्धानमा साक्षीविनाको निष्कर्षले अशिक्षित, गँवार, अनपढ, अबौद्धिक व्यक्तिहरूको विचारमा मलजल गर्न सक्ला तर तर्क गर्ने, शिक्षित, प्रश्न गर्ने र साक्षी खोज्नेहरूको बिचमा ती साक्षीविहीन दाबीहरू काटेर फाल्नलायक फलविहीन बिरुवाजस्तै हुन्। इतिहासमा भएका घटनाहरूमध्ये ख्रीष्टको पुनरुत्थानको लागि सबैभन्दा बढी पर्याप्त र दृढ प्रमाणहरू छन्।
बाइबललाई मैले “यहाँ” त्रुटिरहितर्,र् इश्वरीय प्रेरणाबाट आएको वा कुनै प्रकारको धर्मशास्त्रको रूपमा लिएको छैन। संसारले (ख्रीष्टियान र गैरख्रीष्टियान दुवै) ले स्वीकार गरेजस्तै बाइबल प्राचीन प्रलेखहरूको एउटा संग्रह हो जसलाई प्रँचीन समयका अन्य कुनै दस्तावेजलाई जस्तै गरी जाँचपडताल गर्न सकिन्छ। अर्को शब्दमा भन्नुपर्दा मेरो व्यक्तिगत विश्वास जे जस्तो भए तापनि मेरो अनुसन्धानमा बाइबल अन्य पुस्तकभन्दा माथिल्लो श्रेणीमा छैन। हेरोदोतस र थुसाइदिबेसका कृतिहरूलाई मैले जुन ऐतिहासिक मापदण्डको प्रयोग गर्छु यही मापदण्ड बाइबलको लागि लागू हुनेछ।
१. क्रुसारोहणबाट येशू मारिनुभयो।
क्रोसानजस्ता लिवरल व्यक्तिले स्वीकारेका छन्, “येशूलाई क्रुसमा झुण्डयाइयो भन्ने भनाइ कुनै पनि ऐतिहासिक सत्यता जतिकै निश्चित छ।”६ सन्देहवादी जेम्स टाबोर बताउँछन्, “मेरो विचारमा रोमी क्रुसारोहणबाट भएको येशूको मृत्युदण्डमा उहाँ साँच्चै मर्नुभएको थियो भन्ने कुरामा हामीले शङ्का गर्नु पर्दैन।”७ नयाँ करारका आलोचक नास्तिक गर्ड लुडम्यान र अज्ञेयतावादी बार्ट इरम्यान दुवैले क्रुसारोहणलाई “अखण्डनीय सत्यता” भनेका छन्। किन आलोचकहरूले क्रुसारोहणबाट येशूको मृत्युलाई इन्कार गर्न सकेनन्? किनकि चार ओटै सुसमाचारले यस विषयमा अभिलिखित गरेका छन्।
येशूको क्रुसारोहणको निम्ति हामीसँग चार ओटा सुसमाचारीय श्रोतका अतिरिक्त थुप्रै गैरख्रीष्टियान श्रोतहरू पनि छन्। उदाहरणको लागि रोमी इतिहासकार टासिटसले बताए कि येशूले “तिबेरिअसको शासनकालमा चरम दण्ड भोग्नुभयो।” यहूदी इतिहासकार योसिफसले अभिलिखित गरेका छन् कि पिलातसले “उहाँ येशू लाई क्रुसारोहणको निम्ति सुम्पिदिनुभयो।” सामोसाटाका ग्रीक व्यङ्ग्यकार लुसियनले क्रुसारोहणलाई उल्लेख गरेका छन्। मारा बार सेरापियोनले येशूलाई मृत्युदण्ड दिइयो भनी बताएका छन्। यहूदी ताल्मुडले पनि अभिलिखित गरेको छ, “येशू झुण्डयाइनुभयो।”
एक पटक एउटा अखबारमा छापिएको थियो।
प्रश्नः क्रुसमा येशू केवल मुर्छा पर्नुभएको थियो र चेलाहरूले उहाँको उपचार गरी उहाँलाई निको पारे भनी हाम्रा शिक्षकले बताए। तपाईं के सोच्नुहुन्छ?
उत्तरः धातु र सिसाका टुक्राहरू जडित कोर्रा तपाईंको शिक्षकलाई ३९ पटक हिर्काउनुस्। काँटी ठोकी उहाँलाई क्रुसमा घाम लागेको समयमा झुण्डयाउनुस्। उहाँको मुटुमा भालाले घोच्नुस्। उहाँको देहमा सुगन्धित अत्तरहरू दल्नुस्। उहाँको शिर र देहलाई कपडाले बेर्नुस् अनि हावा नभएको चिहानमा धेरै घण्टासम्म राख्नुस्। अनि के हुन्छ हेर्नुस्।
तर्सथ, साक्षीरूपी संसारमा येशू क्रुसमा झुण्डयाइनुभयो र परिणामतः उहाँ मर्नुभयो भन्ने पहिलो सत्यता अखण्डनीय छ। क्रुसारोहणबाट येशू मर्नुभएन भनी बताउने आँट गर्नु बौद्धिक वृत्तमा हाँस्यास्पद हुन जान्छ।
२. येशू बौरी उठ्नुभयो र चेलाहरूकहा“ देखा पर्नुभयो भनी तिनीहरूले विश्वास गरे ।
प्रेरितको पुस्तक पढ्दा हामी प्रष्ट रूपमा थाहा पाउन सक्छौं कि येशू मृतकहरूबाट बौरी उठ्नुभयो भन्ने विश्वासका निम्ति चेलाहरू दुःख भोग्न इच्छुक भए। मण्डलीका पिता भनेर चिनिने क्लेमेन्ट, पोलिकार्प, इग्नेसिएस, तर्तुलियन र ओरिगेनले पनि यसलाई पुष्टि गरेका छन्। चेलाहरू आफ्नो विश्वासको निम्ति मर्न पनि इच्छुक थिए भनी बताउने कम से कम सात ओटा श्रोतहरू हामीसँग छन्।
कहिलेकाहीँ प्रश्न उठ्ने गर्छ, “इतिहासभरि अन्य विश्वासका मानिसहरू पनि मर्न इच्छुक भएका छन्। चेलाहरूको आत्माबलिदानले वास्तवमा केलाई प्रमाणित गर्छ र? ” र्सवप्रथम, तिनीहरूको विश्वास सा“चो थियो भनी तिनीहरूले सा“च्चै विश्वास गरे। यस बारेमा तिनीहरूले जानाजानी झुट बोलेनन्। दोस्रोमा, येशू मृतकहरूबाट बौरी उठ्नुभयो भनी चेलाहरूले विश्वास मात्र गरेनन् तर यो सत्य हो भनी तिनीहरूलाई थाहा पनि थियो। तर्सथ, पुनरुत्थानको सत्यताको लागि तिनीहरू मर्न इच्छुक भए।
आफ्नो विश्वासको लागि मर्न चाहने आधुनिक इस्लामी आतङ्कवादी वा अन्य व्यक्तिभन्दा यो पुर्णतः पृथक छ। यी मानिसहरूको विश्वास सा“चो छ भनी यिनीहरूसँग विश्वास मात्र छन्, तर यो साँचो हो भनी निश्चित रूपमा थाहा पाउने ओहोदामा यिनीहरू छैनन्। यसको विपरीत पुनरुत्थान घटयो कि घटेन भनी चेलाहरूलाई निश्चित रूपमा थाहा थियो।
नास्तिकवादी लुडम्यानले पनि स्वीकार गरे, “पत्रुस र चेलाहरूले येशूको मृत्युपछि यस्तो अनुभव गरे जसमा येशू तिनीहरूकहा“ पुनरुत्थान हुनुभएका ख्रीष्टको रूपमा प्रकट हुनुभयो भनी ऐतिहासिक रूपमा निश्चित हुन सकिन्छ।”८
३. मण्डलीलाई सताउने शाऊलको परिवर्तन भयो ।
पहिले शाऊल भनी चिनिएका पावल मण्डलीका शत्रु थिए र विश्वासीहरूलाई सताउनलाई तिनले आफ्नो जीवन र्समर्पण गरेका थिए भनी तिनको विषयमा बताउने हामीसँग विविध श्रोतहरू छन्। तर पुनरुत्थान हुनुभएका येशूसँग तिनको व्यक्तिगत जम्काभेट भएकोले तिनी येशूका अनुयायीमा परिणत भए भनी तिनी आफैले साक्षी दिएका छन्। साख र बैरी दुवैद्वारा येशूको पुनत्थानको साक्षी दिइएको विवरण हामीसँग छ। यो ज्यादै र्सार्थक कुरो हो।
पावलको विषयमा बताउने तिनको आफ्नै साक्षीबाहेक हामीसँग अन्य ६ प्राचीन श्रोतहरू छन्, लूका, रोमका क्लेमेन्ट, पोलिकार्प, तर्तुलियन, कोरिन्थका डायनोसियस र ओरिगेन। पावल निरन्तर रूपमा दुःख भोग्न इच्छुक थिए र तिनी आफ्नो विश्वासको निम्ति मर्न पनि तयार भए भनी यी श्रोतहरूले बताउ“दछन्। पावलले पुनरुत्थान हुनुभएका येशूलाई देखेका दाबी मात्र गरेनन् तर सा“चो तवरले यसमा विश्वास पनि गरे भनी हामी निश्चित हुन सक्छौं। पावलको परिवर्तन दोस्रो साक्षीहरूमा आधारित नभई प्रँथमिक साक्षी (येशू प्रत्यक्ष रूपमा तिनीकहाँ देखा पर्नुभयो) मा आधारित थियो भनी जान्नु तिनको परिवर्तनको उल्लेखनीय पाटो हो।
४. येशूका भाइ सन्देहवादी याकूबको परिवर्तन भयो ।
येशूका याकूब, योसेफ, सिमोन र यहूदा नाम गरेका चार भाइहरू र नाम उल्लेख नभएका बहिनीहरू थिए भनी बाइबलले हामीलाई बताउँछ (मत्ती १३:५५, मर्कूस ६:३)। प्रामाणिक श्रोत मानिने यहूदी इतिहासकार योसिफसले पनि ख्रीष्ट भनिने येशूका याकूब नाम गरेका भाइ थिए भनी उल्लेख गरेका छन्।
येशूको जीवनकालमा याकूब उहाँका अनुयायी थिएनन्। वास्तवमा येशूका एउटै पनि भाइले उहाँमा विश्वास गरेका थिएनन् भनी मर्कूस र यूहन्ना दुवैले अभिलिखित गरेका छन् (मर्कूस ३:२१, ३१, यूहन्ना ७:३-५)।
तर, याकूबको जीवनमा एउटा निर्ण्ाायक मोड आयो। प्राचीन विश्वासको सार सम्मिलित १ कोरिन्थी १५ मा हामीलाई बताइएको छ कि पुनरुत्थान हुनुभएका येशू याकूबकहा“ देखा पर्नुभयो। उहाँसित भएको जम्काभेटको परिणाम स्वरूप तिनी एक ख्रीष्टियान मात्र भएनन्, तर पछि यरूशलेम मण्डलीका अगुवासमेत भए -प्रेरित १५:१२-२१, गलाती १:१९)। पुनरुत्थानको कारणले येशू मसीह हुनुहुन्छ भनी तिनी यति विश्वस्त भए कि तिनी सहिद बनी प्रभुमा सुते भनी ख्रीष्टियान र गैरख्रीष्टियान दुवै श्रोतहरूले बताउ“दछन्।ढ सन्देहवादी याकूबको परिवर्तन र मृत्युलाई व्याख्या गर्ने एउटै तत्त्व हो – येशूको पुनरुत्थान। वास्तवमा समालोचक रेजिनाल्ड फुलरले त यहा“सम्म भनेका छन् कि यदि हामीसँग १ कोरिन्थी १५ को विवरण नभइदिएको भए पनि याकूबको परिवर्तनको लागि पुनरुत्थान हुनुभएका येशूको प्रकटीकरणको हामीले आविष्कार गर्नुपथ्र्यो।ज्ञण्
५. येशूको चिहान रित्तो थियो।
पुनरुत्थानको विषयमा छलफल गर्दा करिब ७५५ विद्वान्हरूले रित्तो चिहानलाई एउटा ऐतिहासिक सत्यताको रूपमा लिन्छन्। यो अधिकतम सङ्ख्या हो। पुर्वाग्रही नभईकन ऐतिहासिक विवरणहरूलाई जा“चपडताल गर्ने हो भने येशूको चिहान रित्तो थियो भनी सजिलैसित पुष्टि गर्न सकिन्छ भनी म व्यक्तिगत रूपमा विश्वास गर्दछु। येशूको रित्तो चिहानको लागि आधारभूत रूपमा तिन ओटा दरिला साक्षीहरू छन्।
(क) यरूशलेमको तत्त्व
येशूलाई र्सार्वजनिक रूपमा मृत्युदण्ड दिइयो र उहाँलाई यरूशलेममा गाडियो, त्यसपछि उही सहरमा उहाँको पुनरुत्थानको घोषणा गरियो भन्ने तथ्यलाई यहाँ यरूशलेमको तत्त्व भनिएको हो। वास्तवमा क्रुसारोहणको केही हप्तापछि यरूशलेममा जम्मा भएको भीडलाई पत्रुस बताउ“छन्, “यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो” (प्रेरित २:३२)। इमान्दारसाथ भन्नुपर्दा यदि येशूको शरीर अझै चिहानमा पडिरहेको थियो भने यरूशलेममा नै ख्रीष्टियमतले जन्म लिनु असम्भव छ। रोमी वा यहूदी अधिकारीहरू सजिलैसित चिहानमा जान सक्थे र शवलाई र्सार्वजनिक गर्न सक्थे। तर यस्तो भएको थियो भन्ने जानकारी कुनै ऐतिहासिक श्रोतहरूमा छैन।
(ख) शत्रुहरूको प्रमाणीकरण
चेलाहरूले देह चोरे भनी शत्रुहरूले आरोप लगाउँदैथे। यस विवरणलाई मत्तीले मात्र प्रस्तुत गरेका छैनन् तर जस्टिन मार्टर र तर्तुलियनले पनि। यसबाट प्रष्ट छ कि शत्रुहरूले पनि चिहान रित्तो थियो भनी अप्रत्यक्ष रूपमा स्वीकार गरे। इतिहासकारहरूको दृष्टिमा शत्रुको प्रमाणीकरण ज्यादै बलियो साक्षी हो। चिहान रित्तो थिएन भने शत्रुहरूले कुनै पनि हालतमा यसलाई स्वीकार गर्ने थिएनन्। चेलाहरूले देह चोरे भन्ने विचार चित्त नबुझदो व्याख्या हो। चेलाहरूले षड्यन्त्रपर्ूवक देह चोरे, त्यही झूटको लागि तिनीहरूले निरन्तर सतावट भोगे र अन्त्यमा तिनीहरू मर्न पनि इच्छुक भए भनी विश्वास गर्न सकिन्छ र? विनालाभ झूटको लागि मर्न को तयार हुन्छ? यो एउटा यस्तो अनुपयुक्त सिद्धान्त हो जसलाई अहिले विद्वान्हरू विश्वव्यापी रूपमा इन्कार गर्छन्।
(ग) स्त्रीहरूका गवाही
चिहान रित्तो थियो भनी पत्ता लगाउनमा स्त्रीहरू पहिला मात्र थिएनन् तर चारवटै सुसमाचारमा तिनीहरू उल्लिखित छन्। पुरुष गवाहहरू त पछि आएका हुन्। स्त्रीहरूका गवाही यस अर्थमा महत्त्वपुर्ण छ कि पहिलो र दोस्रो शताब्दी यहूदीसाथै रोमी संस्कृतिमा स्त्रीहरूलाई कम आदर गरिन्थ्यो। तिनीहरूको गवाहीमाथि प्रश्न गरिन्थ्यो। पुरुषहरूको साक्षीको तुलनामा तिनीहरूको साक्षीलाई कमजोर मानिन्थ्यो। यहूदी ताल्मुडले बताउँछ, “स्त्रीहरूलाई व्यवस्थाका वचनहरू सुम्पनुभन्दा बरु ती जलाइओस्।” र, “स्त्रीले दिने कुनै पनि गवाही वैध हु“दैन।” योसिफसले लेखे, “स्त्रीहरूको चन्चलपनाको कारणले तिनीहरूको गवाहीलाई स्वीकार नगरिओस्।”
यी विचारहरूलाई ल्याउनुको मेरो तार्त्पर्य यो हो कि अरूलाई मुर्ख बनाउने प्रयासमा तपाईंले एउटा काल्पनिक कथाको रचना गर्न खोज्नुभएको छ भने ती दिनमा स्त्रीहरूले रित्तो चिहान पत्ता लगाए भनी तपाईंले कहिल्यै बताउनुहुन्नथ्यो। सुसमचारका लेखकहरूले यस्तो कथा बुने भनी कल्पना गर्नु ज्यादै असम्भव छ किनकि यसबाट तिनीहरूलाई कुनै लाभ हुँदैनथ्यो। यसले तिनीहरू आफैलाई चोट पुर्याउँदथ्यो। घटना नभई यदि तिनीहरूले कथा नै बुन्न चाहेका थिए भने लेखकहरूले पत्रुस, यूहन्ना वा अरिमाथियाका योसेफले पहिलो पटक रित्तो चिहान देखे भनी बताउँथे। स्त्रीहरूले पहिलो पटक रित्तो चिहान पत्ता लगाए भनी बताउने यस्तो लज्जास्पद विवरणलाई तिनीहरूले समावेश गर्नुको एउटै कारण हो यो वास्तवमा घटेकै थियो।
यी तिन ओटै पक्षहरूलाई विचार गर्दा येशूको चिहान रित्तो थियो भनी निष्कर्ष निकाल्नको लागि दृढ ऐतिहासिक कारणहरू छन्। अक्सफोर्ड विश्वविद्यालयका विलियम वार्डले यसरी उल्लेख गरे, “हामीसँग भएका सबै मजबुत ऐतिहासिक साक्षीहरू रित्तो चिहानको पक्षमा छन् र यसलाई इन्कार गर्ने विद्वान्हरूले महसुस गर्नैपर्छ कि तिनीहरूले वैज्ञानिक इतिहासको आधारबाट बाहिर गएर यस्तो निष्कर्ष निकाल्दैछन्।“११
यसरी येशूका मित्रहरू, ख्रीष्टियमतका शत्रुहरू र सन्देहवादीहरूबाट हामीसँग पुनरुत्थानबारे बाध्य पार्ने साक्षीहरू छन्। अन्त्यमा येशूको चिहान रित्तो थियो भनी पुष्टि गर्ने हामीसँग दृढ ऐतिहासिक साक्षीहरू छन्। वास्तवमा चिहान रित्तो थियो भनी ख्रीष्टियमतका शत्रुहरूले पनि स्वीकार गरे। देह कहाँ गयो? यदि तपाईंले चेलाहरूलाई सोध्न पाउने हो भने मृतकहरूबाट बौरी उठ्नुभएको येशूलाई तिनीहरूले व्यक्तिगत रूपमा भेटे भनी तिनीहरूले भन्नेथ्ये।
हामीले सम्बन्धित श्रोतहरूलाई हेरेका छौं र हामीले जवाफदेही ऐतिहासिक विधिलाई प्रयोग गरेका छौं। अब हामीलाई चाहिएको कुरो उचित परिणाम हो। हामीले आफैलाई सोध्नर्पर्छ, यी साक्षीहरूको लागि सर्वोत्कृष्ट व्याख्या के हो? साक्षीमा आधारित यस पुर्वाग्रहरहित अनुसन्धानकर्ताको निष्कर्ष यही हो कि येशू वास्तवमै मृतकहरूबाट बौरी उठ्नुभयो।
सन्दर्भ श्रोतहरूः
1. सुराह ४:१५७-१५८
2. “Who Is the True Jesus?” videotape, available at: www.facultyline.com (Oct. 1, 2006).
3. Hassan M. Fattah, “In Qaeda Video, Zawahri Condemns Bush and Pope Benedict”, New Work Times (Sept. 30, 2006).
4. Lamuel Lall, “Jesus Christ Lived in India, was buried in Kashmir: RSS Chief”, www.hindustantimes.com (Jan. 28, 2007).
5. N.T. Wright, The Resurrection of the son of God (Minneapolis: Fortress, 2003), 718.
6. John Dominic Crossan, Jesus: A Revolutionary Biography (San Francisco: Harper Collins, 1991), 145.
7. Tabor, Jesus Dynasty, 230.
8. Gerd Ludemann, What Really Happened to Jesus? trans. John Bowden (Louisville: Westminster John Knox, 1995), 80.
9. Josephus (Ant. 20:200); Hegesippus (quoted by Eusebius in EH 2:23); Clement of Alexandria (quoted by Eusebius in EH 2:1, 23).
10. Reginald Fuller, The Formation of the Resurrection Narratives (New York: Macmillan, 1971), 37.
11. William Ward, Christianity: A Historical Religion? (Valley Forge, Pa: Judson, 1972), 93-94.
Discussion about this post