• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, May 17, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मानिसहरूलाई हृदयमा राख्दा हामीलाई प्रार्थना गर्न हतार लाग्छ – खुशी बहादुर भाग १

by N D Lama
February 9, 2014
in Bible Study & Teaching

khushi_bahdurमानिसहरूलाई हृदयमा राख्दा हामीलाई प्रार्थना गर्न हतार लाग्छ र प्रार्थना गर्नेहरूले असल सम्बन्ध स्थापना गर्छ अनि असल सम्बन्धमा जिउनेहरू खुशी भएर जिउँछन्। तपाई असारको हिलोमा गाउँदै रम्न सक्नुहुन्छ या सिरकको तातो भित्र सुतेर रुन पनि सक्नुहुन्छ। कति धेरै धनी श्रीमान, श्रीमतिहरू बेखुशी भेटिन्छ साथै धुप्रै मुनामदनहरू पनि भेटिन्छ। किनकि खुशीको जग असल सम्बन्ध होः नाम, दाम होइन। प्रेरित पावलले यो पत्र लेख्दै गर्दा उनी रोमको जेलमा मृत्यू दण्ड पर्खि रहेका थिए तापनि उनले सबैभन्दा खुशीको पत्र लेखेको पाउँछौँ। किन पावल यस्तो कठीन घडीमा पनि खुशी थिए? कसरी उनले यस्तो खुशीको पत्र लेख्न सके होला? फिलिप्पी १:१-११लाई अध्ययन गरौँ।

१ ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, ख्रीष्‍ट येशूमा फिलिप्‍पीमा भएका बिशपहरू र डिकनहरूसाथै सबै सन्‍तहरूलाई: २ परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।

३ तिमीहरूप्रतिका मेरा सबै सम्‍झनामा म मेरा परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु। ४ तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्‍येक प्रार्थनामा म आनन्‍दसाथ प्रार्थना गर्दछु, ५ कि प्रथम दिनदेखि अहिलेसम्‍म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्‍ति म धन्‍यवादी छु। ६ मलाई यो दृढ़ विश्‍वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्‍टको दिनमा त्‍यो पूरा गर्नुहुनेछ।

७ तिमीहरू सबैका निम्‍ति मैले यसो ठान्‍नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्‍तछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ। ८ किनकि परमेश्‍वर मेरा साक्षी हुनुहुन्‍छ, कि कसरी ख्रीष्‍ट येशूको प्रेमले म तिमीहरू सबैका निम्‍ति तृष्‍णा गर्दछु।    

९ मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्‍तर्दृष्‍टिमा तिमीहरूको प्रेम झन्‌-झन्‌ प्रशस्‍त हुँदैजाओस्‌, १० यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्‍टको दिनको निम्‍ति शुद्ध र दोषरहित रहन सक। ११ परमेश्‍वरका महिमा र प्रशंसाको निम्‍ति येशू ख्रीष्‍टद्वारा आउने

धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ।” फिलिप्पी १:१-११ बाट अरू पनि धेरै कुरा सिक्न सकिन्छ तर मैले यो खण्डबाट निम्न बुदाहरू जोड दिने कोशिष गरेका छु। ती बुदाहरूलाई नियाल्नुहोस् खुशी बहादुरहरू बन्नुहोस्।

१. पावल जस्तै खुशी हुन मैले मेरो जीवनमा भएका मानिसहरूकालागि धन्यवादी हुनुपर्छ! (पद ३,५)। यदि तपाईले धन्यवादी हृदय विकास गर्नुभयो भने तपाई धेरै खुशी र तपाईका सम्बन्धहरू धेरै नै रमणीय बन्नेछन्। यसकोलागि उत्तम कुराको स्मरण गर्नुपर्छ र बाँकी कुरालाई विर्षनु पर्छ। यो बानीको विकास गरेमा तपाईको जीवन धेरै सुखमय बन्नेछ।

२. पावल जस्तै खुशी हुन मैले मेरो जीवनमा भएका मानिसहरूकोलागि आनन्दसाथ प्रार्थना गर्नु हुनुपर्छ! (पद ४, ९, १०)। परमेश्वरले हाम्रो जीवनमा राखी दिनुभएका मानिसहरूको विषयमा कि हामीले प्रार्थना गर्न सक्छौ कि गनगन गर्न सक्छौँ। गनगन गरे तपाई गलिनुहुन्छ तर प्रार्थना गरे तपाई आनन्दित बन्नुहुन्छ। विशेष गरी तपाईको नजिकमा भएका मानिसहरूकालगि निम्न बुदामा प्रार्थना गर्न सक्नुहुनेछ। १. मानिसहरू प्रेममा बढेको होस् (पद ९), २. असल छनौट गर्न सकेको होस् (पद ९-१०), ३. इमानदारी जीवन जिउँन सकेको होस् (पद १०)।

३. पावल जस्तै खुशी हुन मैले मेरो जीवनमा भएका मानिसहरूबाट उत्तम कुराको आशा गर्नु हुनुपर्छ! (पद ६, ७)। हामीले मानिसहरूको आलोचना गर्नुको सट्टा विश्वास र भरोसा गर्न सिक्नु राम्रो हुन्छ। मानिसहहरूले कति धेरै सुधारको यात्रा पार गर्नु पर्ने रहेछ भनी हेर्नुको सट्टा उनीहरूले पार गरेको यात्राको उत्सव मनाउँन सिक्नुपर्छ, यो आदतले तपाईले खुशी बनाउँछ। पावलले मानिसहरू माथि दृढ विश्वास (पद ६) गरेको पाउँछौँ र ती मानिसहरूलाई उनको आफ्नो हृदयमा राखेको पाउँछौ (पद ७)। वास्तवमै मानिसहरूलाई कि तपाईले आफ्नो हृदयमा राख्न मिल्छ कि उनीहरू आएर तपाईको कन्सीरीमा बस्छ। ती मानिसहरू  तपाईको हृदयमा भए माया लाग्छ र तिनीहरू तपाईको कन्सिरीमा बसेको छ भने तिनीहरूलाई देखेपछि तपाईको कन्सिरी तातेर आउँछ।

४. पावल जस्तै खुशी हुन मैले मेरो जीवनमा भएका मानिसहरूलाई येशूले झै प्रेम गर्नु हुनुपर्छ! (पद ८, १ यूहन्ना ३:१६)। पावल भन्छ फिलिप्पीका मण्डलीको विषयमा “परमेश्‍वर मेरा साक्षी हुनुहुन्‍छ, कि कसरी ख्रीष्‍ट येशूको प्रेमले म तिमीहरू सबैका निम्‍ति तृष्‍णा गर्दछु।” (पद ८) फिलिप्पीको मण्डली पावलले सुरू गरेका थिए। उनी जेलमा हुँदा पावलले आफ्नो दुःखको गुणासो होइन तर ती मण्डलीलाई कति धेरै प्रेम गरेको प्रेम भावनाले  ओतप्रोत पत्र लेख्छन्। १ यूहन्ना ३:१६ ले भन्छ “यसैबाट प्रेम के हो हामी थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्‍ति आफ्‍नो प्राण दिनुभयो। हामीले पनि आफ्‍ना दाजुभाइहरूका निम्‍ति आफ्‍नो प्राण दिनुपर्छ।” वास्तवमा ख्रीष्टियनहरू प्रेमले चिनिनुपर्छ। किनकि हाम्रो परमेश्वर पिता प्रेम हुनुहुन्छ। घृणा गर्नेहरू बेखुशी भएर घस्रिन्छ। प्रेम गर्नेहरू खुशीमा सप्रिन्छ।

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

Recent Posts

  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In