श्रीमती मरियम लामा, मणिपुर
येशूले परमेश्वरको स्वरुपमा भएता पनि उहाँले परमेश्वरको बराबरी हुँने कुरालाई एउटा पक्रिराखने वस्तु जस्तो ठान्नु भएन तर उहाँ आफैलाई रित्याईकन र कमारो रुप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो । स्वरुपमा मानिस जस्तो भएर आफैलाई होच्याउँनु भयो र मृत्युसम्म, अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो । (फिलिप्पी २:६-८) असलमा यस प्रकारका जीवन बिताउनको लागि, येशू आउनु भएको होइन । उहाँमा सम्पुर्ण गूणहरु भएता पनि, उहाँ एक साधारण मानिसको रुपमा आउनुभयो र आफ्ना सबै थोक दिएर, एक आज्ञाकारी कमाराको रुपमा आउँनुभएको थियो ।
येशूले कहाँसम्म उहाँको सारा धार्मिकता र प्रशंसनीय जीवनशैली हाम्रो निम्ति त्याग गरिदिनु भो? हामी पनि आफ्नो अधिकार र हकहरु त्यागनुपर्दा कहाँ सम्म जान्छौं? येशूले आफ्नै प्रतिरुपको विषयमा दृष्टान्त दिंदै हामीलाई प्रोत्साहित गर्नु हुन्छ । हामी येशू जस्तै हुन पर्दछ -उहाँको प्रतिलिपि । येशूले हामीलाई उहाँको सम्पुर्ण गुणहरु दिनुभो भन्ने विश्वास राख्छौं भने हामी पनि हाम्रा सारा थोकहरु उहाँलाई दिन पर्दछ । यदि हामी प्रभुलाई साक्षी राखि नयाँ जन्म लिन्छौं भने, उहाँले अवश्यै नै हामीलाई उपहार दिनुहुन्छ, उपहार चाहिँ पवित्र आत्माले हाम्रो हृदयमा राज गर्नु हो । यहि पवित्र आत्माका शक्तिलाई अपनाउँनु हो र दिनमा कहिले पनि नथाकिनु हो । सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँबिना बनिएन । (यूहन्ना १:३)
येशूले आफ्नो वासस्थान येरुशेलेमको मन्दिरबाट हाम्रा शरीरको मन्दिरमा परिवर्तन गर्नुभयो । नयाँ जन्म लिएका विश्वासीहरुले बुझ्नु पर्दछकि प्रभु हाम्रा हृदयमा प्रवेश गरिसक्नु भएको छ । उहाँको पवित्र आत्मा संग हाम्रो आत्मालाई गाँस्नु हो ताकि उहाँ हामीबाट निस्किएर दरिद्रताले भरिएका संसार तर्फ बहानुहुनेछ । येशूले हाम्रो शरीरद्वारानै भन्नु पर्ने प्रेमपुर्ण बचनहरु सुनाउँनु हुन्छ ।
हामी आफूलाई ख्रीष्टको दुल्ही पनि भन्न सक्छौ कारण उहाँको सुन्दरता अविश्वासीहरुलाई प्रचार प्रसार गर्न सक्छौ । पवित्र आत्माले जस्तै कमजोर व्यक्तिको कठिन कार्यहरु पनि सरल बनाइदिनु हुन्छ । हामी निश्चित भई भन्न सक्छौ कि पवित्र आत्माले कुनै पनि विश्वासीलाई शक्ति दिनु हुन्छ, जसले प्रभुको भवन (चर्च) लाई बलियो बनाउन चाहनुहुन्छ ।
हामीलाई चाहिने प्रभुको फल चाहिँ, यी दिएका शब्दहरुमा पाउन सक्छौं । ‘ तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, धैर्य, दया, भलाई, विश्वस्ता, नम्रता, संयम हुन् । यस्ता कुराहरुका विरुद्घमा कुनै व्यवस्था छैन ।’ (गलाती ५:२२-२३) उहाँले हामीलाई “उब्जाउने” पुरुस्कार पनि दिनु हुन्छ, जसद्वारा हामी आत्मिक फलहरु फलाउन सक्दछौं । गलातीको ५ अध्यायमा, पावलले शरीरको कामलाई आत्माको फलसंग तुलना गर्नु भएको छ । कामलाई फलसंग तुलना गर्नु असल हुन्छ । यदि तपाई पनि काम र फलको महत्व जान्न चाहनु भने सिकर्मी (काठ मिस्त्री)को कामलाई किसानको फल संग तुलना गर्नुहोस् । किसानको कामको परिणामलाई फल भन्दछौ । किसानले त्यो असल उब्जन्नीका लागि राम्रा खाद्य, पानी सही समयमा उपयोग गरेर, राम्रो बिऊ, इत्यादि गर्नु पर्दछ । सिकर्मीले आफ्ना निपुर्णताबाट आफूले चाहिएको या मन पर्ने समाग्री बनाउन सक्छ ।
एउटा विश्वासीको जीवनमा हामीलाई फल फलाउन भनेर आदेश दिनु हुन्छ तर फल बनाउन भनेर होइन। आत्मिक फल फलाउन भनेको चाहिँ चाहिने पदार्थहरु र ठिक समयमा प्रयोग गर्नु पर्छ । यसो गरामा आत्माले अवश्यै काम गर्नु थाल्नु हुनेछ । र यदि कुनै पनि किसानले असल कटनीको आशा राख्छ भने खेतीबारीलाई जोत्न पर्दछ । त्यसरी नै यदि हामीलाई पवित्र आत्माको फल चाहिएको छ भने हामीले आफ्नो हृदयको ढोका खोली राख्नु पर्दछ। त्यस पछि प्रभुको बचनका बिउहरु र्छनु पर्दछ र अन्तमा पाप र अनाज्ञाकारीताले भरिएको सामाहरु उखालि फ्याक्नु पर्दछ ।
हिजआजका अनगन्ती विश्वासीहरु, पवित्रात्माको शक्तिको चाहनै गर्दैनन् । यस्ता व्यक्तिहरुले प्रभावशाली साक्षी दिने वा परमेश्वरको मण्डली निर्माणमा रतिभर रुचि राख्दैनन् । मलाई विश्वास छ तपाईचाहिँ तिनीहरु जस्ता हुनुहुन्न होला । यदि तपाई पनि त्यस्तै हुनुहुन्छ भने, अहिल्यै परिवर्तन भई हाल्नोस भनी म चाहन्छु । प्रार्थना गर्नोस ताकि तपाईले परित्राकालाई दूखिक न तुल्याएर उहाँको नियन्त्रणमा आफूलाई सुम्पिदिई जीवनको डुङ्गालाई पार लगाईदिनु हुनेछ ।
परमेश्वर पिताले आफैलाई भरिएर पोखिने जीवनको इनार र प्रेमको रुपमा दिनुहुन्छ । येशू, पुत्र परमेश्वरले चाहिँ आफ्नो अनमोल जीवन र आफ्नो उच्च जीवनशैली त्यागिकन हामीलाई त्यो बगिरहने जीवनको नदी संग जोडेर यो संसारको बंजर माटोलाई प्रेमद्वारा भिजाउन पठाउनु हुन्छ ।
यसकारण, प्रिय पाठक मित्रगण, उहाँको सन्तान हुनुको अर्थ चाहिँ हाम्रो जीवनबाट उहाँको प्रेम र जीवनको नदी बगीनै रहोस भनी आफ्नो हृदयको ढोका खोलीराख्नु हो । हाम्रो सम्पुरण जीवनको उदेश्य चाहिँ हामीले कति थुपारयौ वा थन्क्यायौं नभएर हाम्रो जीवनबाट मन्थनद्वारा (मार्फत) परमेश्वरको वचन र सुसमाचार चाहिँ कति बग्यो भनी याद गर्नुपर्ने हो।
आमिन।
Discussion about this post